मोफसलकै चर्चित मानिएको सहारा क्लबले आयोजना गर्ने अहा रारा गोल्ड कप पछिल्ला बर्षमा बिबादित बन्दै गएको छ । गत बर्ष क्लबकै सदस्यले दाता सङ्ग सहयोग रकम उठाएर आफै मासेर क्लबलाइ बाउन्स चेक दिएर बिबाद प्रहरी सम्म पुगेको थियो । यस्तै सहारा क्लबले पछिल्लो बर्षमा भएको आहा रारा गोल्ड कपको आय- ब्ययको हिसाबकिताब सार्बजनिक गर्न नसक्दा थप आलोचित बन्न पुगेको छ ।
२०८१ माघ २२ देखि फागुन ३ गते सम्म भएको २४ औ अहा रारा गोल्ड कप सकिएको झन्डै ८ महिना हुन लाग्दा पनि क्लबले आय ब्यय सार्बजनिक गरिएको छैन । अघिल्ला बर्षहरुमा क्लबले पत्रकार सम्मेलन गर्दै आय ब्यय सार्बजनिक गर्ने गरेको थियो तर गत बर्षको प्रतियोगिताको हिसाब किताब सार्बजनिक गरिएको छैन ।पोखरा महानगरपालिका लगायतको बक्यौता उठ्न बाकी रहेको कारण सार्बजनिक गर्न ढिलाइ भएको बरिस्ठ उपाध्यक्ष पुर्ण गुरुङले बताए । तर खेल प्रेमिहरु यसलाइ अपारदर्शी कार्यशैली बताउछन । कति उठ्यो ? कति उठ्न बाकी छ ? त्यो खुलाएर सार्बजनिक गर्नुपर्ने खेलका जानकारहरु बताउछन ।
चुनाबको चटारो – अध्यक्षमा दुई जनाको भिडन्त हुने
खेलको आय ब्यय सार्बजनिक नभएपनी सहारा क्लबको २७ औ साधारणसभा तथा १४ औ अधिबेशन यहि असोज १० गते हुने भएको छ । क्लबले दिएको सुचना अनुसार अधिबेशन ( चुनाब ) हुने निस्चित देखिएको छ तर आय ब्यय सार्बजनिक अनिस्चित रहेको छ । यो कार्यसमितिले गरेको कार्यक्रमको हिसाबकिताब सार्बजनिक नगरी गरिने साधारणसभा र अधिबेशन प्रती कानुनी प्रश्न उब्जिने र साधारण / आजिवन सदस्यले त्यसलाइ कसरी स्वीकार र समर्थन गर्नेहुन भन्ने बिषयमा बहस सुरु भएको छ ।
बिबादका बीच सहारा क्लबले गर्न लागेको १४ औ अधिबेशनमा अध्यक्षका लागि २ जना उम्मेदवार लड्ने भएका छन । बरिस्ट उपाध्यक्ष पुर्ण गुरुङले आफुलाइ नियमानुसार दाबेदार मानेका छन भने पुर्ब अध्यक्ष केशब बहादुर थापाले सामाजिक सन्जाल मार्फत आफू कम ब्याक हुने घोषणा गरेका छन । उनले आफ्नो उम्मेदवारीलाई “समयको माग ” भनेका छन । अघिल्लो कार्यकालमा सफल मानिएका थापाले दोश्रो पटक अध्यक्ष पदमा बाजि मार्न सक्ने क्लबका सदस्यहरुले आङ्कलन गरेका छन । खेलकुदमा भिजन भएको र क्लबलाइ समय दिन सक्ने उम्मेदवारको रुपमा थापालाइ बुझ्ने गरिएको एक सदस्यले दाबी गरे , साहारा क्लबमा १५१ सदस्य मतदाता रहेकाछन । अर्का नियमित प्रतिष्पर्धी हालका बरिस्ट उपाध्यक्ष पुर्ण गुरुङ नेपाल सरकारका स्थायी शिक्षक पदमा कार्यरत छन । उनले आफू अध्यक्ष भएपछी शिक्षकबाट अबकास लिने बताएका छन । धेरै पछि सहारा क्लबको नेतृत्वको लागि चुनाब हुने अबस्था आएको छ कसले बाजि मार्छ त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्