जहाँ अड्चन त्यहीँ उपाए भने झै पोखराका व्यावसायिहरु राइड शेयरिङको अबैध कारोबारबाट आजित भएका थिए । पेशै छोडेर यातायात हड्ताल , धर्ना जुलुसमा जानू उनिहरुको बाध्यता थियो । आफ्नो व्यावसायमा सङ्कटको बादल मडारियो , ब्यबस्यीहरुमा नयाँ उपाय फुर्यो त्यो थियो प्रबिधिको उपयोग आफैबाट उपयोग गर्ने ।
हो यहि उपाय अबलम्बन गर्दै पोखराका ट्याक्सीहरु अब एप्सबाट चल्ने भएकाछन् । पोखराबाट नेपाली आईटी ईञ्जिनियरले स्वदेशी लगानीमा ‘मुभईन’ एप्स निर्माण गरेर सञ्चालनमा ल्याएपछि सोहि एप्सबाट पोखराका ट्याक्सीहरु सञ्चालनमा आउन लागेका हुन् । ‘मुभईन’ ट्याक्सी एप्स हो । यस एप्समा मुभईन नेपाल स्वयम, प्रमेश पराजुली, पोखरेली ट्याक्सी सेवा प्रालिलगायतको संयुक्त लगानीमा सञ्चालनमा आएको हो । अन्य राईड सेयरिङ ईनड्राईभ, पठाओ लगायतका एप्सहरु विदेशीले सञ्चालनमा ल्याएको तर ‘मुभईन’ एप्स नेपाली आफैले विकास गरेको सञ्चालकको दाबी छ । यो नेपाली सफ्टवेयर भएकोले कर छलीको समस्या यसमा हुन्न पोखरेली ट्याक्सी प्रालिका एक सन्चालकले भने ।
यो राईड सेयरिङकै एप्सजस्तो भएपनि राईड सेयरिङले चलाउने जस्तो भद्रगोल एप चाहिं होईन । यसमा भाडाका सार्वजनिक सवारी साधनमात्र जोडिन पाउनेछन् । राईड सेयरिङकोजस्तो नीजि कार र मोटरसाईकल भने यसमा जोडिन नपाउने ‘मुभईन’नेपालका प्रमुख कार्यकारी अधिकृत प्रमेश पराजुलीले बताए । उनले भने,‘यो नितान्त सार्वजनिक सवारी साधन, त्यसमा पनि ट्याक्सी एप्स हो । त्यसैले यसमा ट्याक्सी मात्र जोडिएर सेवा दिन पाउँछन् ।’
‘मुभईन’ एप्सलाई पोखरेली ट्याक्सी सेवा प्रालिले उपयोग गर्ने भएको छ । यसमा हालसम्म करिब एक हजार भन्दा बढी ट्याक्सी ‘मुभईन’ एप्समा आबद्द भइसकेको प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए । हिजो विदेशी एप्स भएकाले विरोध गरेका हौं,उनले भने,‘आज नेपाली एप्सको विकास भयो । यसलाई हामीले अपनत्व लिएर जोडिएका हौं ।’ उनले आफूहरुलाई प्रविधि विरोधीको रुपमा चित्रित गरिएको आपत्ति जनाए । हाउ मच प्रथा अब अन्त्य हुन्छ जुन प्रथा यात्रुहरुले ल्याएका थिए तर व्यावसायिलाई बदनाम बनाएका थिए । अब त्यो हुन्न । सिस्टममा चल्छ पौडेलले भने ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ट्याक्सी वर्गीय संयोजक प्रकाशमणी तिवारीले हाउमच अब सँधैको लागि अन्त्य हुने उद्घोष गरे । हिजो पनि हाउमच यात्रुले भनेका हुन्, हामीले भनेका होईनौं,उनले भने,‘सबैले अब ढुक्क हुनुहोस एप्सबाटै सञ्चालन हुने भएपछि त्यो अन्त्य भएको छ ।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज)ले सार्वजनिक यातायातले प्रविधिलाई स्वीकारेको प्रमाण पोखराले दिएको बताए । यो समयको माग थियो पोखराले अबलम्बन गर्यो ।
पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले विदेशी राईड सेयरिङ एपलाइ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जबरजस्ती चलाउन खोज्दा आफूहरु आन्दोलनमा उत्रिएको तर अहिले स्वदेशी एप्स आएकाले स्वीकारेर अगाडि बढेको बताए । मुख्यमन्त्रीले पनि कसैलाई वचन दिएकाले होला जबरजस्ती लाद्न खोज्नुभयो,उनले भने,‘तर विदेशी भएकाले त्यसबेला हामीले स्वीकारेनौं, आज स्वदेशी एप्स आएकाले हाँसीखुसी स्वीकारेका छौं । हामी अब एप्सबाटै सञ्चालन हुन्छौं ।’
महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले विदेशी एप्सले ब्रह्मलुट मच्चाईरहँदा गण्डकी सरकार मुकदर्शक बनेको आरोप लगाए । हिजो पनि हामीले नेपाली एप्स चाहियो भनेका थियौं,उनले भने,‘हिजो थिएन र मानेनौं, आज नेपाली एप्स आएकाले यसलाई प्रयोग गरेर जान्छौं ।’ एवन ग्रेटर नेपाल यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेलले आफूहरु प्रविधिमैत्री सेवाकै पक्षमा रहेको बताए । तर लगानी सुरक्षा पहिलो शर्त भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
नेपालको यातायात निजि क्षेत्रको भरमा चलेको छ तर राज्यले त्यसको ब्यबस्थापन र उपयोग गर्न सकेको छैन । राज्यले आफ्नै एप डेभलप गरेर सेवा दिने हो भने यात्रु र व्यावसायि दुबैको हित हुन्थ्यो तर जति सरकार फेरिएपनी त्यो हुन सकेन । पोखराबाट पोखरेली ट्याक्सी सेवा प्रालेले आरम्भ गरेको यो एप अरु व्यावसायिले पनि अनुकरण गर्न सके न्याय नै हुन्थ्यो कि !

प्रतिक्रिया दिनुहोस्