२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

कार्किलाइ आइजी बन्न नदिन प्रहरी भित्रै खुफिया खेल

यदुनाथ बन्जारा/पोखरा 

एउटा इमान्दार र सक्षम प्रहरीलाई नेतृत्वमा पुग्नबाट रोक्ने पात्र अर्को त्यही तहको प्रहरी अफिसर हुन्छ भन्ने कुरा इतिहासले पनि बेलाबेलामा पुष्टि गर्दै आएको छ खासगरी दलिय सरकारमा यो समस्या क्यान्सर बनेर रहेको पाइन्छ । अहिले नागरिक सरकार भएको अबस्थामा किनबेच र तेरो मेरो कार्यशैली हुने सम्भावना न्यून रहेको छ जसलाइ नागरिक तहबाट सुक्ष्म निगरानी भैरहेको हुन्छ जुन अहिले समयको माग पनि हो ।

यहाँ एउटा सन्दर्भ प्रस्तुत गरौ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ कार्तिक २७ गते अवकाश भै घर जाँदैछन् । उनी घर फर्किने दिन नजिकिँदै गर्दा संगठनभित्र नयाँ आइजिपी बन्ने दौडमा विभिन्न खेल सुरु भएको छ । दलिय सरकार थियो भने मन्त्री र प्रधानमन्त्रीको घरमै बृफ केसको तौल बोलकबोल सुरु भैसक्ने थियो तर अहिलेको अबस्था र परिस्थिति फरक भएकोले बृफकेस र हात मोलाइको सट्टा हिरा काट्न हिरा नै प्रयोग हुन थालेको चर्चा भुस भित्रको आगो जस्तै धुवाउन थालेको छ । बहालरत वरिष्ठ प्रहरी अधिकारीहरूबीच चलेको आरोप–प्रत्यारोप र उजुर-बाजुर त्यसको एउटा सङ्केत हो ।

सङ्गठनमा वरिष्ठ भएकाले भावी आईजीपीमा दानबहादुर कार्कीलाई प्रमुख दाबेदार मानिएको छ । उनी एक नम्बर सूचीमा रहेका बलिया र निर्बिकल्प दाबेदार हुन । तर बिडम्बना बढुवाकै मुखमा उनलाई विभिन्न विवादमा तान्न खोजेको पाइएको छ । सहकारी ठगी मुद्दामा नख्खु कारागार पुर्पक्षमा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई भदौ २४ गतेको विध्वंशमा जेलबाट निकाल्न कार्कीले भूमिका खेलेको आरोप एआइजी कार्की माथी थोपरिएर उनको खुट्टा तान्न सङ्गठनका अफिसर र स्वार्थ समूह सकृय भएको छ । तत्कालीन विषम परिस्थितिको अबमुल्यन गरि ए आइ जि कार्किको टाउकोमा थोपरेर केही प्रतिष्पर्धिहरुले आफ्नो रेस बढाउन खोजेका छन । रेसमा सहभागिहरुले किर्ते उजुरीको पुलिन्दा बनाएर गौरिबहादुर कार्किको आयोगमा पुर्याएका छन । उजुरी प्रहरीबाटै गएको कुरा प्रहरी कोड ,पास वर्ड प्रयोग गरिएबाट पनि अर्काको टाउको काटेर आफू अल्को हुन प्रहरी भित्रैबाट खोजेको कुराको भेद खुलेको छ

रविलाई भाद्र २४ गतेको विध्वंशमा जेलबाट निकाल्न मुख्यसचिव एकनारायण अर्याल,गृहसचिव गोकर्णमणि दवाडी र एआईजी कार्कीको भूमिका रहेको कथित दाबीसहित गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमा ६ पेज लामो उजुरी दर्ता गराइएको छ  ।

सुरक्षा सम्बद्ध स्रोतका अनुसार उक्त उजुरी संगठनभित्रकै अर्को समूहले कार्कीलाई आईजीपी बन्नबाट रोक्ने उद्देश्यले तयार पारेको हो । गृह मन्त्रालय भित्र यो प्रवृत्तिलाई सकारात्मक रुपमा हेरिएको छैन । संगठनभित्रैको खेल हो,कार्कीलाई आइजीपी बन्न नदिनका लागि । देश संकटपूर्ण अवस्थामा छ, सबै मिलेर काम गर्नुपर्ने बेला उल्टै अनेक खेल भइरहेको तर्फ सङ्केत गर्दै पुरानो सोच र हचुवा नियोजित उजुरीले स्वार्थ समुहको इच्छा पूरा नहुने बहस चलेको छ ।

छानबिन आयोगमा परेको बेतुकको छ पृष्ठ लामो उजुरीमा ‘किलो फोर’, ‘अपरेसन अफिसर’, ‘पुलिस कमाण्डर’ जस्ता शब्दहरू प्रयोग गरिएका छन् । जुन मुलत प्रहरीले प्रयोग गर्ने कोड शब्द हुन् । उजुरीमा ‘कल डिटेल रिपोर्ट (सिडिआर)’ को कुरा पनि छ, तर त्यो कसको अनुमति र स्रोतबाट निकालियो भन्ने खुलाइएको देखिँदैन । यसमा प्रहरि अफिसरले विधि मिचेको ठहर हुन सक्छ ।यसले पनि कार्की बिरुद्द योजना बद्द षडयन्त्र भएको जानकारहरुको ठम्म्याइ रहेको छ । छानबिन र कारबाही ब्याक फायर हुन सक्ने महशुस गरि उजुरीकर्ता किर्ते पात्र खडा गरिएको छ ।

ए आइ जि कार्की १ नम्बर सुचिमा छन । डिआजीबाट बढुवा हुदा लिइएको मुल्यांकन र कार्यसम्पादन प्रमुख आधार रहन्छ । असल पुलिसिङ र बृति बिकासका लागि शक्तिकेन्द्र धाउन पर्दैन भन्ने सोच राखेका दान बहादुर कार्की कास्की प्रहरी प्रमुख रहदा नेता र मन्त्रीहरूलाई गरिने प्रहरी स्कटिङको आलोचक थिए । अपराध नियन्त्रण , छानबिन र देश र जनताको शान्ती सुरक्षामा खटिनु पर्ने प्रहरीलाई स्कटिङमा खटाउन उनले रोकेका थिए । सम्मानिय पद बाहेकलाइ कास्की प्रहरीले स्कटिङ दिन रोकेका कार्किले धेरै मन्त्रीको गाली खाएका थिए । फिल्ड , योजना र टेबल वर्क सबै क्षेत्रमा सकृय कार्किले नेपाल प्रहरी सङ्गठ्नको नेतृत्व पाए बर्तमान सरकारको मिसन सफल हुने आम नागरिकको अपेक्षा रहेको छ । कार्की सङ्गै बढुवा भएका राजन अधिकारी २ नम्बरमा र मनोज केसि ३ नम्बरमा छन । सुशीला कार्की सरकारले प्रहरी सङ्गठनलाइ बिबाद रहित ढङ्गले जिम्मेवारी दिनेमा आम नागरिकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्