पोखरालाइ केन्द्र बनाइ सन्चालनमा रहेको ट्याक्सी ब्यबसायीहरुको छाता सस्था एवन ग्रेटर नेपाल यातायात प्रालिको तेस्रो वार्षिक साधारणसभा मंसिर २३ गते सम्पन्न भएको छ। “सेवा, सुरक्षाको विश्वसनीय नाम” भन्ने मूल नाराका साथ स्थापना भएको संस्थाले छोटो अवधिमै यात्रुवर्गको मन जित्दै आफ्नो सेवा विस्तार गर्दै आएको जानकारी कार्यक्रमका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए
साधारणसभाको उद्घाटन गर्दै नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासङका केन्द्रिय अध्यक्ष बिजय बहादुर स्वारले यातायात व्यावसायिहरु सङ्कटमा रहेको बताउदै निजि लगानिको सुरक्षाको लागि सरकारले कानुनमै ब्यबस्था गर्नुपर्ने औल्याउँदै ब्यबसायीहरुलाइ पनि समय सापेक्ष सच्चिन जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा यातायात व्यावसायि संघ सस्थाका पदाधिकारी, शेयरधनी, कर्मचारी र विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले एवन ग्रेटर नेपाल यातायातले सार्वजनिक यातायात क्षेत्रमा पारदर्शिता, समयपालन, सुरक्षित यात्रा, र सेवा उत्कृष्टतामा देखाएको प्रतिबद्धता सहित शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा गत वर्षको आर्थिक, प्राविधिक, तथा सेवागत उपलब्धिहरू प्रस्तुत गरिनुका साथै आगामी योजनाहरू पनि सार्वजनिक गरिए। संस्थाले नयाँ रुटहरू थप्ने, सेवा स्तरीकरण गर्ने र प्रविधि मैत्री बनाउने लक्ष्य राखेको प्रक्षेपण गरिएको थियो ।
सभामा शेयरधनीहरूको सुझाव, टिप्पणी, र प्रशंसा समेत उल्लेखनीय थियो। अध्यक्षले आफ्नो मन्तव्यमा संस्थालाई अझै विश्वसनीय, व्यवस्थित र सर्वसुलभ सार्वजनिक सेवा प्रदायक बनाउने दृढता व्यक्त गर्दै व्यावसायिलाई सस्थागत आवद्धतामा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासङका केन्द्रिय बरिस्ट उपाध्यक्ष पुन्य प्रसाद ( सरोज )सिटौला , तथा पृथ्वी राजमार्ग बस सन्चालक कम्पनिका अध्यक्ष ऐन कुमार साइ , ट्याक्सीका केन्द्रिय बर्गिय सयोजक एबम पोखरेली ट्याल्सि सेवा प्रालिका पुर्ब अध्यक्ष प्रकासमणी तिवारी , महासङ गण्डकी सयोजक केदार पौडेल ,महासङका सचिब भानुभक्त बराल , ढुवानी तर्फका उपाध्यक्ष ज्ञानेन्द्र श्रेस्ठ , मजदुर सङ्गठनका तर्फबाट गन्डकी सयोजक बिष्णु बहादुर केसि लगायतले शुभकामना सन्देश मन्तव्य ब्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्