यो हप्ता पोखरा १६ बाटुलेचौरबासिले २ जना अभिभावक गुमाएकाछन । बडहरबोट निवासी साहित्यकार तथा समाजसेवी तारा प्रसाद तिमल्सिनाको कार्तिक २३गते आइतबार भएको असामयिक देहावसानको पिडाका आँसु सुक्न नपाउदै बाटुलेचौर मैदान महेन्द्रगुफा मार्ग निवासी चन्द्रकला भट्टराईको असामयिक देहावसानले बाटुलेचौर बासिहरुलाइ शोकमा डुबाएको छ । भट्टराई अर्बुद रोगबाट पिडित हुनुहुन्थ्यो । बुधबार राती साढे १ बजे बाटुलेचौर मैदानको आफ्नै निवासमा प्राण त्याग्नुभएको थियो । बिहिबार बिहान सेती गन्डकीको सति नर्बदा घाट गोस्तेमा हिन्दु परम्परा अनुसार सतगत गरिने पारिवारिक स्रोतले बताएको छ ।
कास्किको सल्यानमा २००८ साल पुस १ गते जन्मिएकी चल्द्रकला पौडेल भट्टराई एक असल समाजसेवी र सामाजिक अगुवा हुनुहुन्थ्यो । उहा नेपाली काङ्ग्रेसको राजनितिमा लामो समय सक्रिय रहि प्रजातन्त्रको पहरेदारको भुमिका निर्बाह गनुभएको थियो । नेपाली काङ्रेसको क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि रहि सक्षम भुमिका निर्बाह गर्नु भएकी भट्टराई लक्ष्मिनारायण आमा समूह अर्मला डि गाउँको पुर्ब अध्यक्ष हुनुहुन्थ्यो ।
स्वर्गीय भट्टराईको तीन छोरा कमल ,दीपक ,सन्दीप भट्टराई र तीन छोरी सारदा पौडेल , कल्पना पोखरेल र रीता पौडेल छन । स्वर्गीय चन्द्रकलाका श्रीमानको २०७७ पुस १० गते स्वर्गीय हुनुभएको थियो ।
एकै हप्ता भित्र दुई सामाजिक ब्यतित्व एबम अभिभावक तारा प्रसाद तिम्सिना र चन्द्रकला भट्टराई गुमाउन परेको बाटुलेचौर बासिहरुको लागि शोकपुर्ण हप्ता बनेको छ ।

स्वर्गीय तारा प्रसाद तिमिल्सीना एमालेका सङ्गठित सदस्य समेत रहेका तिमल्सिना हिमालय क्लवले प्रकाशन गर्ने ‘जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादकका साथै क्लवका पुर्व अध्यक्ष, शुक्ला साहित्य प्रतिष्ठान, भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चका पुर्व अध्यक्ष,वातावरण क्लवका र विन्ध्यवासिनी क्याम्पसका सल्लाहकार, स्व झलकमान गन्धर्व शालिक निर्माणका अगुवा रही महत्वपुर्ण योगदान पुर्याएका थिए । यी दुबै अभिभावकको अभाबले अपुरणिय क्षती महसुस गराउने वडा अध्यक्ष अमृत शर्मा तिमल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्