२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

एमालेको ११ औ महाधिवेशन ओलि -पोख्रेल आमनेसामने भिड्ने

देशकै ठूलो पार्टी दाबी गर्दै आएको नेकपा एमालेको मंसिर २७ देखि २९ गतेसम्म हुने ११औं महाधिवेशनमा अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमनेसामने हुने भएका छन् । केपि ओलि बिधान परिवर्तन गरेर तेस्रो पटकको लागि अध्यक्ष बन्ने बिषयमा ठूलो बिरोधको आवाज उठेको छ ।

महाधिवेशनको तयारीका लागि विभिन्न समितिहरु गठन गर्न बिहीबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल दुवैले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने आन्तरिक घोषणा गरेसँगै दुई नेताबिच प्रतिस्पर्धा हुने निश्चित भएको हो । दुबै समुह बीच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ ।

बैठकमा अध्यक्ष ओलीले पार्टीमाथि चौतर्फी हमला भइरहेको अवस्थामा आफ्नै नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने प्रस्ताव गरेका थिए । ओलीको उक्त प्रस्तावमा नेता पोखरेलले ओलीलाई चुनौती दिँदै कार्यकारी भूमिकाबाट बिदा हुन सुझाव दिएका थिए । बैठकमा पोखरेलले अध्यक्ष पदमा आफू प्रतिस्पर्धा गर्नबाट पछि नहट्ने घोषणा समेत गरेका थिए । त्यसक्रममा अध्यक्ष ओलीले चेतावनीपूर्ण शैलीमा भीम रावल र माधव नेपालको उदाहरण दिएर पोखरेललाई पछि हटाउने प्रयास गरेका थिए । ओलिको दवाबमुलक प्रस्ताव पोखरेलले लत्याइदिएका छन ।


प्रतिस्पर्धाबाट पछि नहट्ने पोखरेलको अडानपछि ओलीले जोकसैलाई स्वस्थ प्रतिस्पर्धा गर्ने छुट रहेको भन्दै त्यसमा आफूलाई कुनै आपत्ति नरहेको संकेत गर्नुपरेको बैठकमा सहभागी एक नेताले बताए । नत्र चिसै पानीले नुहाउछु भन्ने ओलिको धारणा आएको छ । मानिसिक रुपमा ओलि कमजोर भैसकेका देखिन्छ ।

‘सचिवालय बैठकमा ओलीजी अध्यक्ष छाड्न नचाहने, ईश्वरजी प्रतिस्पर्धा गर्न पछि नपर्ने भनेर घोषणा गरिसक्नुभएको छ’, एक सचिवालय सदस्यले भने, ‘अव अध्यक्ष पदमा औपचारिक रुपमै दुई नेताबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।’ ओलिका बिश्वास पात्र हरुले समेत ओलिलाइ छोडेर इश्वर पोख्रेल कित्तामा गएपछी अबस्था टकराबमा परिवर्तन हुन पुगेको छ ।

ओली एमालेको नवौ र दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीसँग नवौं महाधिवेशनमा माधव नेपाल र दशौंमा भीम रावलले प्रतिस्पर्धा गरेका थिए । नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका पोखरेल दशौं महाधिवेशनमा विशेष पद सिर्जना गरेर वरिष्ठ उपाध्यक्ष बनेका थिए । यश अघि ओलि सङ्ग लड्नेहरु पार्टी छोड्न बाध्य भएका थिए तर ११ औ महाधिबेसन उल्टै ओलिलाइ चुनौतीपूर्ण देखिन्छ ।

‘अहिलेको आवश्यकता पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो,  तर कोही कसैले महाधिवेशनमा प्रतिस्पर्धा गर्छु भन्छ या गर्छ भने त्यस्तो प्रतिस्पर्धा गर्न पनि सकिन्छ भन्ने कुरा सचिवालय बैठकमा छलफल भएको हो,’ ज्ञवालीले भने ।  ज्ञवालिको मध्यमार्गी सोचले अर्थ नराख्ने स्रोतले बतायो ।

स्रोतका अनुसार ओली पोखरेल आमनेसामने हुने निश्चित भएपछि दुवै नेताले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्ने आन्तरिक तयारी गरेका छन् । पोखरेलको प्यानलमा अहिलेका पदाधिकारीमध्ये तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,सुरेन्द्र पाण्डे तथा सचिवहरु योगेश भट्टराई र गोकर्ण विष्ट लाग्ने सम्भावना रहेको नेताहरु बताउँछन् । उपाध्यक्ष विष्णु पौडेल तथा उपमहासचिव पृथ्वी सुव्वा गुरुङ भने अहिलेसम्म खुलेका छैनन । पौडेल र गुरुङ पोखरेलको समूहमा आउने पोखरेल निकट नेताहरु बताउँछन् । यद्यपि पौडेलले विगतमा पनि ओलीलाई नै साथ दिँदै आएकाले उनी यूटर्न हुने सम्भावना अत्यन्त कम छ ।

शंकर पोखरेललाई अध्यक्ष ओलीले च्यापेको खण्डमा पौडेल पोखरेल समूहमा आउने कतिपय नेताहरुको भनाइ छ । महाधिवेशनमा पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पक्षधरको पूर्ण साथ रहने बताइएको छ । भन्डारिले पनि पोखरेललाइ साथ दिने बताइन्छ ।

यता, ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा बादल र गुरु बराल प्रष्ट खुलेका छन् । महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि ओलीको पक्षमा खुलेका छन् । ओलीको पक्षमा सचिवहरु लेखराज भट्ट, पद्मा अर्याल, रघुवीर महासेठ रहे पनि सचिव छविलाल विश्वकर्मा भने अहिलेसम्म मौन देखिएका छन् ।

पदाधिकारी १९ बाट १५

एमालेको परिवर्तित विधान अनुसार अब बन्ने एमाले केन्द्रीय पदाधिकारी संख्या १५ मात्र हुनेछ । यसअघि १९ सदस्यीय पदाधिकारी रहेको एमालेमा गत विधान महाधिवेशनले गरेको विधानको व्यवस्था अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना निर्वाचित हुनेछन् । यस्तोमा अध्यक्ष ओलीले आफ्नो प्यानलबाट पदाधिकारीमा नयाँ अनुहारलाई समेट्ने प्रयास गर्नेछन् । त्यमध्ये महेश बस्नेत, हिक्मत ढकाल, सूर्य थापा र रामकुमारी झाँक्रीलाई सचिव बनाउने ओलीको तयारी रहेको बुझिएको छ । पोखरेल पक्षले भने कर्णबहादुर थापा, गोकुल बास्कोटालगायतलाई पदाधिकारीमा उठाउने सम्भावना रहेको बताइएको छ ।

ओली निकट एक पदाधिकारीका अनुसार अहिले दुवै पक्ष आ-आफ्नो शक्तिबारे हिसाबकिताब गरिरहेका छन् । ‘महाधिवेशनमा सबै समीकरण पनि मिलाउनुपर्ने हुन्छ र शक्तिको आँकलन पनि गर्नुपर्ने हुन्छ,’ ती पदाधिकारी भन्छन्, ‘पहिला महाधिवेशन प्रतिनिधिको टुंगो लागोस्, त्यसपछि मात्र ठोस हिसाबकिताबमा नेताहरु लाग्नेछन्

‘स्वस्थ प्रतिस्पर्धा एमालेको मूल मान्यता हो’, कर्ण थापाले पत्रकारलाइ भने, ‘११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व र नीतिका बारेमा खुला छलफल, बहस र प्रतिस्पर्धा पनि हुन्छ ।’ थापाले त्यसो भने पनि केपि ओलि तानाशाही सोचबाट प्रेरित छन । उनी कसैलाई बोल्न नदिने बताउदै आएका छन । महाधिवेशनमा नितिगत र योजनाको बारेमा बहस हुनुपर्ने ओलि इतरका नेताहरु बताउछन । जे हो यश पटकको एमाले महाधिवेशन कडा टकरावपुर्णा हुने निस्चित छ । ओलिलाइ ११औ अध्यक्ष बन्न त्यति सहज छैन ।

प्रतिक्रिया दिनुहोस्