बिध्यार्थिहरुको अतिरिक्त ज्ञान केन्द्रित अभियानलाइ देशकै उत्कृष्ट बिध्यालय बिन्द्यबासिनी माध्यमिक बिध्यालयले अघि बढाएको छ । यसै क्रममा विन्ध्यवासिनी मावि बाटुलेचौरले पोखरा १६ र १९ का बिध्यार्थिलाइ समेटेर हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । हाजिरी जवाफ प्रतियोगितामा गायत्री आधारभुत विद्यालय, घार्मी प्रथम भएको छ ।
पोखराका वडा नं १६ र १९ भित्रका सामुदायिक विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा विन्ध्यवासिनी मावि द्वितीय,धारा आधारभुत विद्यालय तृतीय र भारतिभवन माविले सान्त्वना स्थान प्राप्त गरेको विद्यालयका सुचना अधिकारी नविन अधिकारीले जानकारी दिए ।विजयी विद्यार्थीलाई पोखरा शिक्षा महाशाखा का अधिकृत जीवनप्रसाद रेग्मी र विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
त्यसअघि कार्यकैमको उद्घाटन गर्दै शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले यस्ता कार्यक्रमले विद्यार्थीको बौद्धीक ज्ञानको विकासमा सहयोग पुर्याउने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, आधारभुत तह इन्चार्ज गोविन्द शर्मा पौडेल, शिक्षक सपना रेग्मी लगायतले बोलेका थिए ।
कार्यक्रमको संचालन शिक्षक बिष्णुमाया गौतमले गरेकी थिईन् । कार्यक्रममा त्यस वडाका एक दर्जन बढी विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्