२०८२ फाल्गुन १९
०६१४४५०००, ९८५६०३३३९१

प्रेस काउन्सिलको अध्यक्षमा डाक्टर आचार्य नियुक्त

लामो समयदेखी थाती रहेको प्रेस काउन्सिल नेपालको अध्यक्षको नियुक्ति सोमबारको मन्त्री परिषदले गरेको छ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा कुमार शर्मा आचार्यलाई नियुक्त गरेको हो ।सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यलाई उक्त पदमा नियुक्त गर्ने निर्णय भएको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त निर्णयबारे जानकारी दिएका हुन्। प्रेस काउन्सिलको अध्यक्षको लागि पटकपटक बैठक बसेको थियो । पात्र चयनको बिषयमा राजनीतिक दलमा विशेष चासो राखेका थिए । ओलि देउवा गठबन्धन सरकारले बाला अधिकारीलाई नियुक्त गर्न अन्तिम तयारी थियो तर परराष्ट्र मन्त्री आरजुले नमानेका कारण बालाको हातबाट अध्यक्ष पद चिप्लिएको थियो । कार्की सरकारले यश अघि नियुक्त गर्न खोजेका अर्का एक पात्र पनि मन्त्री परिषदका सदस्यकै बिरोधका कारण रोकिएको थियो ।
डाक्टर आचार्य बरिस्ठ अधिबक्ता हुन । उनी कानुनमा स्नातकोत्तर हुन भने कर्पोरेट कानुनका ज्ञाता हुन । उनको नियुक्तिपछि काउन्सिलमा राजनिती कम व्यावसायिकता बढी हुने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्