२०८२ फाल्गुन १९
०६१४४५०००, ९८५६०३३३९१

युनियन र ब्यबस्थापनको दोहोरो दवाबका कारण फिस्टेल हस्पिटलका नर्सहरु धर्मसङ्कटमा !

मंसिर १७ गते बुधबार श्रम तथा रोजगार कार्यालय पोखरामा अनौठो दृश्य देखियो । फिस्टेल हस्पिटल गैरापाटनका १०-११ जना नर्सिङ कर्मचारी श्रम तथा कार्यालय पोखराको गेटमा उभिएका थिए , उनिहरु कार्यालय प्रवेश गर्न खोजेका थिए तर फिस्टेल अस्पताल युनियन पक्षका कर्मचारी र मजदुर युनियन तर्फका नेताहरु नर्सहरुलाइ भित्र जानबाट रोक लगाइरहेका देखिन्थे ।
भित्र जान खोज्ने र रोक्नेहरु बीचको रस्साकस्सिको चुरो कुरो युनियनको नवीकरण गर्ने र खारेज गर्ने रहेछ । फिस्टेल अस्पतालमा दर्ता रहेको अखिल नेपाल स्वास्थ्यकर्मी संघ फिस्टेल इकाइ समिति आबद्द रहेका सदस्यहरु संघको सदस्यता त्याग गरेको सनाखत गर्न श्रम कार्यालय आएको बिषयमा फिस्टेल अस्पताल इकाइ संघका केही सदस्यहरु र जिल्ला अध्यक्ष महिमा साइ समेतले नबिकरण गर्ने बेलामा हस्पिटल ब्यबस्थापन र प्रशासनको दवाबमा सस्थालाई धोका नदिन अनुरोध गर्दै ढोकामा रोक्ने प्रयास गरेका थिए ।
मजदुर नेताहरुका अनुसार हस्पिटलले मजदुर संघ खारेज गर्न आबद्द सदस्यहरुलाइ दवाब दिएर सदस्यता फिर्ता लिइ नवीकरण असफल बनाउन हस्पिटलकै गाडिमा हालेर श्रम कार्यालय पठाएको आरोप लगाएका थिए । फिस्टेल हस्पिटलले स्वास्थ्यकर्मीहरुलाइ हस्पिटलकै भ्यानमा हालेर पठाएको थियो ।
फिस्टेल अस्पताल प्रशासनले मजदुर संघ नवीकरण नहोस र संघ खारेज होस भन्ने चाहान्छ भन्ने कुरा उसले आबद्द नर्सिङ स्टाफ (स्वास्थ्य कर्मी) लाई एकीकृत गरि आफ्नै गाडिमा पठाएकोबाट बुझ्न सकिन्छ । मजदुर संघको सदस्यता नवीकरण गर्ने वा नगर्ने अधिकार स्वयम् मजदुरको हुन्छ तर फिस्टेल अस्पतालले सदस्यता त्याग्न , आफ्ना नर्सिङ स्टाफलाइ दवाब र प्रभावमा पारेको , नाम फिर्ता नलिए बढेको तलब नदिने , देखि जागिरबाट निस्कासन समेत गर्न सक्ने बताएका छन तर सुरक्षाका कारण उनिहरु नाम पद खुलाउन चाहादैनन ।

यता मजदुर संघका नेताहरु संघ नवीकरण फेल गराउदै संघ खारेज हुने चिन्तामा छन । उनिहरु नर्सिङ स्टाफहरुलाइ नाम फिर्ता नलिन र नवीकरणमा साथ दिन अनुरोध गर्दै घेरामा पारेकाछन । नर्सिङ स्टाफहरु धर्मसङ्कटमा परेका छन । उनिहरुको आखामा धर्म सङ्कटको आँसु टिल्पिल देखिएको थियो । संघ छोड्नेकी जागिर धरापमा पार्ने भन्ने बिषयले मनमा सङ्कटको जरो गाडेको सहजै बुझिन्छ । अस्पताल प्रशासनले गाडिमै ल्याएर श्रम कार्यालय हुल्ने र मजदुर नेताहरुले भित्र छिर्नै नदिने दृश्य बिबादपुर्ण बिषय बनेको छ ।
फिस्टेल अस्पतालमा साबिक नेकपा माओबादी हाल नेपाली कम्युनिस्ट पार्टी निकट अखिल नेपाल स्वास्थ्यकर्मी संघ नामको ट्रेड युनियन दर्ता भै सन्चालमा छ । फिस्टेलका करिब २ सय स्वास्थ्य कर्मी , मजदुर कर्मचारी मध्य एक सय बढी उक्त संघमा आबद्द रहेको जिल्ला अध्यक्ष महिमा साइले बताइन ।
श्रम तथा रोजगार कार्यालय पोखराका कर्मचारीहरुपनी दोधारमा परेका देखिन्थे । युनियनमा रहने नरहने ब्यक्तिको अधिकार हुने तर फिस्टेल हस्पिटल ब्यबस्थापनले स्वास्थ्यकर्मी हरुलाइ एकीकृत गरेर गाडिमे पठाउनुले दवाबमा पारेको होकि भन्ने लागेकोले बुधबार सनाखत कार्य नगर्ने भन्दै फिस्टेलले गाडिमा पठाएका सबैलाइ फिर्ता पठाइदिएको थियो । श्रम कार्यालयका कर्मचारी श्रमिकहरु आफुखुसी आएर आबद्ध रहने वा त्याग्ने निर्णय गर्न सक्ने बताउछन ।

प्रतिक्रिया दिनुहोस्