पोखरा महानगरपालिकामा ११ सय भन्दा बढी कर्मचारी छन । कतिपय कर्मचारी कहाँ के काम गर्छन भन्ने पनि थाहा छैन । तलब खातामा जान्छ बस यहि हो सफलता । राजस्व उठाउने काम नगर र वडाकोक मुख्य काम हो तर कर्मचारीको ब्यबस्थापन चुस्त छैन । राजस्व उठाउने सफ्टवेयर पनि नचलेर सेवा ग्राही लाइनमा दिन बिताउने र साझमा रित्तो हात घर जाने नियती जस्तै बनेको छ ।
वडामा राजस्वका कर्मचारी बिदा बसे भने सेवाग्राहीको कामै रोकिन्छ । रिजर्भ फोर्स राख्ने चलन पनि छैन । उहीँ भगवान भरोसा । सेवाग्राहीको गाली जनप्रतिनिधि र सचिबले खानुको बिकल्प छैन । कतिपय लेखाका कर्मचारी घाम तापेर जागिर पकाउछन तर राजस्वको कम्प्युटर छुन नखोज्ने लेखापाल हरु पनि रहेका छन । पदाधिकारी बैठकको भत्ता उनैलाई चाहिन्छ नत्र चेक काट्न दुनियाँ भाउतो निकालेर हैरान पार्ने गरेको सचिबहरुले नै गुनासो सुनाउछन । यी त भए कर्मचारीमा हुने तिता कुरा ।

राजस्वका कर्मचारी सेवाकालिन तालिममा गएका कारण पोखरा १२ न वडाको काम नै रोकिने छाट आयो । सेवाग्राहीको गुनासो सुन्नु भन्दा बरु आफै काम सिकेर गर्छु भन्ने सोच आएपछी पोखरा १२ का वडा अध्यक्ष सन्तोष बास्तोला आफै कस्सिएका छन । उनलाइ अहिले अध्यक्षको कुर्सिमा भेटिन्न , राजस्व शाखाको टेबलमा आफैले सेवाग्राहिको काम फुकाइरहेका हुन्छन । महानगरको राजस्व शाखाका कर्मचारी दिपेन्द्र पन्डित सहितका कर्मचारीले वडा कार्यालयमै आएर सिस्टम सिकाएपछी आफैले काम गर्न थालेपछी सहज भएको अध्यक्ष बास्तोला बताउछन । राजस्व उठाउने कर्मचारी सेवा कालिन तालिम बिदामा छन , महानगरले पठाएका कर्मचारी काम गर्न जान्दिन भन्दै टकटकिन्छन बरु आफैले सिकेर काम गर्नुको उपाय रहेन उनले भने ।
प्रबिधिको बिकास सङ्गै कर्मचारीमा पनि बिकास हुन जरुरी छ । महानगरले पठाएका कर्मचारी काम गर्न नजान्दा वडा अध्यक्ष आफैले काम गर्नुभएपछी सेवाग्राहीको काम फुकेको कारण गुनासो सुन्न नपरेको वडा सचिब सारदा सापकोटा बताउछिन । कर्मचारी बिदामा बसेको बेला नागरिकको सबै सेवामा जुट्न जनप्रतिनिधि तयार भएर लागे भने नागरिक सन्तुस्ट हुन्छन भन्ने पोखरा महानगरपालिका १२ नम्बर वडाका अध्यक्ष सन्तोष बास्तोला एक नमुना उदाहरण बनेकाछन ।

प्रतिक्रिया दिनुहोस्