२०८२ फाल्गुन १९
०६१४४५०००, ९८५६०३३३९१

मङ्सिर २६ गते पोखराको महेन्द्र गुफामा मौरी तथा मह मेला हुने

पोखरा मेला महोत्सवका लागि कहलिएको नगर हो । उध्योगी , व्यापारी , साहित्य , सडक महोत्स बर्सेनि हुँदै आएको बिषय हो । यो बर्ष पोखरामा नयाँ महोत्सब हुने भएको छ र्यो पनि मह कृषकको लागि ।
हो पोखराको महेन्द्र गुफामा यहि मङ्सिर २६ गते मौरी तथा मह महोत्सब हुने भएको छ । पोखरा महानगरपालिका आर्थिक बिकास महाशाखा समन्वय र पोखरा १६ नम्बर वडा स्तरिय कृषि सन्जालको आयोजनामा एक दिवसीय मह मेला हुने भएको हो । मौरी कृषकलाइ लक्षित गरि मेला आयोजना गर्न लागिएको वडा स्तरीय कृषि सन्जाल पोखरा १६ का अध्यक्ष जित बहादुर बस्नेतले बताए । महोत्सवमा पोखराका ३३ वटै वडाबाट मौरी पालक कृषकहरुको सहभागिता रहने बताइएको छ ।
महानगरले महोत्सबमा उत्कृष्ट मौरी पालक किसानलाइ सम्मान गरिने छ । मह काढ्ने प्रतियोगिता , मौरी पालन कृषक स्तरिय बक्तृत्वकला प्रतियोगिता , कृषि सवाल कार्यक्रम , मौरी पालन सम्बन्धि जानकारी दिनुका साथै स्थानीयले उत्पादन गरेको मह बिक्रि गर्ने कार्यक्रम रहेको अध्यक्ष बस्नेतले बताए । १६ नम्बर वडा स्तरीय सन्जालले पनि आफ्नो वडाका २ जना उत्कृष्ट र प्राबिधिकलाई र सफल कृषकलाई सम्मान गरिने योजना रहेको अध्यक्ष बस्नेतले बताए ।
पोखराको १६ नम्बर वडालाइ पनि मौरी पकेट क्षेत्र घोषणा गरिएको छ । १६ नम्बर वडामा मात्र ५ सय मौरी कृषक रहेका छन । ती मध्य पोखरा महानगरपालिका र १६ नम्बर वडाले २४५ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मौरी र घार उपलब्ध गराइएको छ । एउटा घारको १० हजार रुपैया पर्ने पोखरा महानगरपालिकाकी कृषी प्राबिधिक पुष्पा हमालले बताइन । अनुदान प्राप्त किसानले मौरी किसानलाइ राहत दिएको पोखरा १६ हरिपाउका मह किसान नवीन आचार्यले बताए । उनले एउटा घारबाट सुरु गरेको मौरी पालन अहिले १३ वटा घार बिस्तार गरिसकेका छन । उनले आउदो एक बर्षमा दोब्बर बनाउने लक्ष लिएको बताए । पोखरामा सेराना जातको रैथाने मौरी पाल्ने गरिएको पुस्पा हमाल बताउछिन । यो मौरिको मह अरु भन्दा बढी गुणकारी हुने महका जानकारहरु बताउँछन् । पोखराको पर्यटकीय गन्तव्य महेन्द्र गुफामा आयोजना गरिने मह महोत्सबले स्थानिय कृषकका रैथाने उत्पादन खरिद बिक्री ले उत्पादक र उपभोक्ता दुबै लाभान्वित हुने अपेक्षा गरिएको छ ।


पोखरा महानगरपालिकाले कृषकका लागि छुट्टै चासो दिदै आएको छ । वास्तविक कृषकलाइ प्रोत्साहन गर्नु , विभिन्न अनुदान दिनु , कृषकका उत्पादनलाइ बजारिकरणमा सहयोग गर्नु , समर्थन मूल्य तोकेर लगानिको सुरक्षामा टेवा दिदै आएको कृषि महाशाखाका प्रमुख मनोहर कडरिया बताउछन । मौरी पालनबाट आयात न्यूनीकरण , आर्थिक चलायमान बनाउन सफलता मिल्दै कृषिमा आत्मनिर्भर बनाउने योजनामा महानगर अगाडि बढिरहेको कडरिया बताउछन ।

प्रतिक्रिया दिनुहोस्