चुनाब नजिकिदै गर्दा विभिन्न दल परित्याग गरि रास्वपामा प्रबेश गर्नेको लर्को जारी छ । यसै क्रममा नेकपा एमाले मोदीका पूर्व इन्चार्ज दाताराम चापागाई राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन मोदिलाई एमालाले गढ गर्दै आएको छ , गणेश तिमल्सिना मोदिकै हुन । रास्वपा प्रवेश गरेका चापागाईंलाई हालै बसेको रास्वपा मोदी गाउँ पालिकाको बैठकले चापागाईलाई सभापतिमा चयन गरेको हो ।
अघिल्लो स्थानीय निर्वाचनको समयमा चापागाईले नेकपा एमालेको तर्फबाट मोदी गाउँ पालिकाको इन्चार्जको समेत जिम्मेवारी सम्हाल्हेका थिए । उनि एमाले पर्वतको पूर्व जिल्ला कमिटी सदस्य तथा गण्डकी प्रदेश सदस्य समेत हुन । पञ्चायत काल देखि नै बामपन्थी राजनीतिमा सक्रिय चापागाईंले स्थानीय विभिन्न सामाजिक संघ संस्थाहरुको नेतृत्व गर्दै आएका थिए ।
त्यसैगरी सो पार्टीको उपसभापतिमा देवी लामिछाने चयन हुनु भएको रास्वपा पर्वतका सभापति रुद्र प्रसाद शर्माले जानकारी दिनुभयो । पूर्व माओबादी पृष्ठभूमिकी नेतृ लामिछाने नेपाल समाजवादी पार्टीको गण्डकी प्रदेश सदस्य पदमा रही काम गरेकिथिइन । पर्बत बागलुङमा रास्वपा प्रबेशको लहर चलेको रास्वपा जैमिनिका सभापति राजेन्द्र शर्मा बताउछन ।

प्रतिक्रिया दिनुहोस्