युवाहरुले बिदेश नै ताक्नुपर्छ भन्ने ट्रेन नै बनिसकेको अबस्थालाइ चिर्न तीन जना नव युवा उध्यमिहरु राज कुमार थापा , प्रबेश भन्डारी र अनिश बानिया मिलेर नयाँ ब्यबसाय सुरु गरेका छन । पोखरा १६ लामाचौरको मध्यमपथमा करोमा क्याफे एन्ड कार वासको कम्बो ब्यबसाय सुरु गरेका छन ।

सोमबार एक जमघटका बीच अग्रज साहित्यकार (कवि ) तिर्थ श्रेष्ठ र पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमल्सिनाले क्याफेको उद्घाटन गर्दै नव युवा उद्धमी त्रयलाइ हौसला सहित शुभकामना ब्यक्त गरेका थिए । अग्रज कवि तिर्थ श्रेस्ठले युवा शक्तिलाइ स्वदेशमै अढ्याउन राज्यले स्पष्ट नीति ल्याउन सुझाव दिएका थिए । वडा अध्यक्ष अमृत शर्मा तिमल्सिनाले युवाहरुले सुरु गरेको ब्यबसायले आत्मनिर्भरता अपनाउनुका साथै रोजगारिको सृजनामा टेवा थप्ने बताए ।
पछिल्लो समय लामाचौर व्यावसायिक हब बन्दै गएको छ । कार वास र क्याफे सङ्गै करोमाले खेलकुद प्रेमिहरुको लागि मल्टिमिडिया प्रोजेक्टर राखेर थप आकर्षणको केन्द्र बनाएको छ । मिल्किरहेको जग्गालाइ युवाको सोच र भिजनले एक आकर्षक गन्तब्य बनाएको छ । करिब पौने करोडको लगानिले स्वरोजगार सङ्गै सृजनालाइ जोडेको छ । सन्चालक राज कुमार थापा भन्छन “हामी जुटेर केही गर्छौ ” भन्ने अठोटलाई सार्थकता दिएर समाजलाइ सकारात्मक सन्देश दिन चाहन्छौ ।


प्रतिक्रिया दिनुहोस्