अनुशासन आयोगमा जाने मुख्य पात्र नै भ्रष्टाचारको आरोपमा डामिएका छन भने त्यो सस्था जहाँ उनै आरोपिले नेतृत्व गर्छन भने कस्तो रहला अनुशासन ? यस्तै तथ्य बहिरिएको छ नेकपा एमालेको ११ औ महाधिवेशनमा । हो भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका पोखराका प्रा.डा. भरतराज पहारी नेकपा एमालेको अनुशासन आयोगको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन्।
काठमाडौंमा जारी नेकपा (एमाले) को ११औँ महाधिवेशन मा भएको नेतृत्व चयनका लागि भएका निर्वाचन प्रक्रियामा केन्द्रीय अनुशासन आयोगको अध्यक्ष पदमा प्रा.डा. भरतराज पहारी निर्विरोध निर्वाचित भएका हुन्। महाधिवेशन निर्वाचन प्रक्रियाअनुसार अध्यक्ष पदमा अरू कुनै उम्मेदवारी नपरेपछि पहारी स्वतः निर्वाचित भएको घोषणा गरिएको हो। यसले एमाले भित्र स्वच्छ छबिको मान्छे अनुशासन आयोगमा पाउन खडेरी नै परेको हो त भन्ने प्रश्न उब्जाएको छ ।
प्रा.डा. पहारी यसअघि भ्रष्टाचार सम्बन्धी मुद्दामा अख्तियारले अनुसन्धान गरेर विशेष अदालतमा मुदा दायर गरेका व्यक्ति हुन् , उनी माथी गैरकानुनी सम्पती थुपारेको आरोप छ । गैरकानुनी सम्पती आर्जन गर्नु , थुपार्नुलाइ भ्रस्टाचार गरेको मानिन्छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका डिनका रूपमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। विशेष अदालतले २०७५ सालमा उक्त मुद्दामा दोषी ठहर गर्दै १० महिना कैद र ९८ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। हाल पहारी पोखरामा होटल व्यवसायमा संलग्न छन्।
केपि ओली प्रधानमन्त्री भएका बेला मापदण्ड बिपरित होटेल भवन निर्माण गरि उद्घाटनका लागि बोलाएका थिए । व्यापक बिरोध भएपछी प्रधानमन्त्री ओलीले भवन उद्घाटन गरेनन । आरोपी पहारीले श्रीमतिको नाममा सम्पती थुपारेको अनुसन्धानमा खुलेको थियो ।
एमालेबाट सर्बसम्मत निर्बाचित भएका पहारी तिब्र आलोचनामा मुछिएका छन । उनको सर्बसम्मती एमाले पार्टिलाइ महङ्गो पर्ने भएको छ । पछिल्लो समय भ्रस्टाचारको आरोप र भ्रस्टाचारिको सरक्षणमा रहेको भन्दै तीखो आलोचना खेपिरहेको एमालेको पछिल्ला दिनहरु थप चुनौतीपूर्ण बन्दै गएका छन । भ्रष्टको आरोपका कारण एमाले भित्रका कतिपय इमान्दार नेता कार्यकर्तालाई टाउको उठाउन गारो परेको कुरा पार्टिभित्रै गुनासाका पुलिन्दाहरु खुल्न थालेका छन ।
यस्तै, सोमबार भएको मनोनयनमा केन्द्रीय अनुशासन आयोगकै उपाध्यक्ष पदमा चक्रबहादुर पराजुली र सचिव पदमा डा. राजेन्द्र घिमिरे पनि निर्विरोध चयन भएका छन्। यसैगरी, एमालेको केन्द्रीय लेखा आयोगको अध्यक्ष पदमा डा. पुष्पराज कँडेल पनि एकल उम्मेदवारका रूपमा निर्विरोध भएका छन्। मङ्गल्बार निर्बाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्