२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

विभिन्न बिधाका ९ जनालाइ पोखरा नवरत्न सम्मान , सर्बोत्कृस्ट कर्मचारीमा हेम आचार्य , १२ नम्बर वडालाइ उत्कृष्ट वडा सम्मान

२३ बर्ष पछि पोखरा महानगरपालिकाले नवरत्न सम्मान प्रदान गरेको छ । पोखरा महानगरपालिकाले ६७औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट काम गर्ने ९ जनालाई नवरत्न सम्मान गरेको छ । उनीहरुलाई २ लाख २ हजार २ सय दुई रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, तक्माले सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा नेपथ्य ब्याण्डका गायक तथा संगीतकार अमृत गुरुङ, पुम्दीकोटमा विशाल महादेव मूर्ति बनाउने परिकल्पनाकार उद्योगी चन्द्रकान्त बराल, उद्योगी चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तीलकमान गुभाजु, प्राडा बुद्धिबहादुर थापालाई स्वास्थ्य क्षेत्रबाट सम्मान गरिएको छ भने खेलकुद क्षेत्रबाट वीरेन्द्रसिंह गुरुङ , उद्यमशीलताबाट रामकली खड्का र उद्योगी हरि पाण्डे रहेका छन ।

महानगरले २०५५ र २०५९ सालमा नवरत्न सम्मान गरिएको  थियो । पोखरा महानगरमा स्थायी ठेगाना भएका र महानगरभित्र मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई मात्रै सम्मान गर्ने कार्यविधिमा व्यवस्था छ।

कर्यबिधिमा फौजदारी अभियोगमा कसुरदार नठहरिएको, उच्च नैतिक चरित्र भएको, पोखरामा बसोबास गरी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिभा प्रदर्शन गरेर पोखराको पहिचान अभिवृद्धि गरेको व्यक्तिलाई रत्न सम्मानका लागि छनोट गरिएको छनोट समितिका सदस्या दिपेन्द्र श्रेस्ठ्ले बताए ।
पोखरा महानगरपालिकाले ढिलै भएपनी श्रस्ठाको सम्मान गरेको छ । अबका हरेक ५-५ बर्षमा नवरत्न सम्मान प्रदान गरिने बताइएको छ ।

तीन बिधामा कर्मचारी सम्मान 

यस्तै महानगरले कार्यबिधी बनाएर कर्मचारिलाइ सम्मान गरेको छ ।तीन बिधा बनाएर सम्मान गरेको छ । सम्मानित हुनेहरुमा कर्तब्य निस्ट कर्मचारी मा ५ नम्बर वडाका प्राबिधिक सुमन पराजुली रहेका छन । यस्तै अर्का कर्तब्यनिस्ट कर्मचारीमा नगर प्रहरी जवान देउकी कार्की , आर्थिक प्रशासन शाखाका गोबिन्द राई र चालक टीका प्रसाद रिमाल रहेका छन । सम्मानित कर्तब्यनिस्ट कर्मचारीलाई  दोशल्ला , प्रमाणपत्र , र नगद २५ हजार प्रदान गरिएको छ ।
उत्कृष्ट कर्मचारीमा राजस्वका दिपेन्द्र पन्डित , २३ नम्बरका सचिब कृश्न प्रसाद गौतम , ३२ नम्बर वडाका सहायक प्रशासकीय अधिकृत सत्यदेवी पहारी , २६ नम्बर वडाका सहायक प्रशासकीय अधिकृत नबराज सापकोटा , वडा न २२ का बिनोद रेग्मी रहेका छन । उत्कृष्ट कर्मचारीलाई नगद ३५ हजार , दोशल्ला र प्रमाण पत्र प्रदान गरिएको छ ।
यस्तै महानगर  सर्बोत्कृस्ट कर्मचारी सम्मान पाउनेमा शिक्षा महाशाखा प्रमुख (उपसचिव )हेम प्रसाद आचार्य रहेकाछन । उनले ५० हजार नगद , दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ ।

उत्कृष्ट एबम सरसफाइ वडामा प्रथम १२ नम्बर वडालाइ पुरस्कृत गरिएको छ , यस्तै दोस्रोमा १३ नम्बर , तेस्रोमा ७ नम्बर र सान्त्वनामा १५ नम्बर वडालाइ सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्