२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

नेका सभापति माथि मनोमानि आरोप , क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ द्वारा खेद व्यक्त

आम चुनाब नजिकिदै गर्दा नेपाली काङ्ग्रेस भित्र अन्तरबिरोध चुलिनु सामान्न्य मानिन्छ । एउटै सिद्धान्त बोकेर राजनितिमा होमिएकाहरु बीच आरोप प्रत्यारोप सुरु भएको छ । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ कास्कीले नेका कास्कीका सभापति किशोरदत्त वरालको अवैध र मनोमानि कार्य गरेको भन्दै खेद व्यक्त गरेको छ । समितिले सोहि यस सन्दर्भमा नेका गण्डकीका सभापति शुक्रराज शर्माको ध्याकर्ष गराएको छ ।
मंसिर २१ गतेदेखि निरन्तर उम्मेदवार छनौटका लागि भेला र छलफल जारी रहेको बेलामा वरालले मनोमानि तवरले माथिल्लो निकायमा नामावली पेश गरेको भन्दै त्यसको खेद व्यक्त गरेको सभापति राजेन्द्रमणी लामिछानेले जारी गरेको प्रेस सुचनामा लेखिएको छ ।
आईतबार मंसिर २८ गते पनि उम्मेदवार र क्षेत्रीय कार्य समितिबीच छलफल चलिरहेको अवस्थामा वरालले कास्की क्षेत्र नं १ को उम्मेदवारको नामावली मनोमानी रुपमा पेश गरेको बुझिएको छ ।
क्षेत्र नं १ ले नाम सिफारिस नगरिकन वरालद्वारा माथिल्लो निकायमा मनोमानि तरिकाले नामावली पेश गरेकोले नेकाको विधानले समितिलाई नै नाम संकलन र सिफारिस गर्ने अधिकार भएको हुँदा जिल्ला सभापतिको सिरफारिस अवैध भएको उल्लेख आरोप लगाएको छ ।
सभापति लामिछानेले लेखेका छन्, केन्द्रको पछिल्लो स्पष्ट परिपत्रले उम्मेदवार छनौट संख्यामा सहमति, सहकार्य गरेर निष्कर्ष निकाल्ने वातावरण बनाउन छलफल चलिरहेको छ ।
यसरी छलफल चलिरहेको बेलामा अकस्मात जिल्ला सभापति वरालको क्रियाकलापले पार्टीलाई अपुरणीय क्षेती र तमाम कार्यकर्ताको मनोबल गिरेको जनाईएको छ ।
लामिछानेले यस्ता गतिविधि र व्यक्तिगत लहडमा नलाग्न खबरदारी गरेका छन् । उनले क्षेत्रबाट सिफारिसका लागि संकलन गरेको नामावली उल्लेख गरेका छन् भने अन्य प्रक्रिया बाँकी रहेको जनाएका छन् ।
लामिछानेले आईतबार नै नेका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मालाई ध्यनाकर्षण पत्र लेख्दै नेका कास्कीका सभापति वरालको मनोमानि क्रियाकलापले पार्टीलाई अपुरणीय क्षेती हुने बताएका छन् ।
फागुन २१ गते हुने आम चुनाबका लागि उम्मेदवार छनोटको कार्य भइरहेको अबस्था बाटै काङ्ग्रेसमा घात अन्तरघात हुन सक्ने बुझिएको छ । नेतृत्वमा बस्ने पात्रहरुले योगदानको कदर गरेर निस्पक्षता देखाउन नसक्ने हो भने पार्टिले देश भरिबाट क्षती ब्यहोर्न नपर्ला भन्न नसकिने भन्दै नेताहरु बीचमा चिन्ता ब्यक्त गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्