धादिङ स्थायी घर भएका युवराज खतिवडा पोखरामा कर्म क्षेत्र बनाएर बसेका छन । उनको पछिल्ला बर्षहरु बिबादास्पद र कानुनको खिलापमा काम गर्दै बितेको छ । जोखिमपूर्ण र नमिल्ने काम ठेक्का लिने र सेटिङ मिलाएर धन्दा गर्ने उनको दैनिकी बनेको छ । यस्तो काम गर्दा दलको माथिल्लो तहका नेता र अदृश्य लाग्ने शक्तिको आड भरोसा लिने गरेको पाइन्छ ।
विगत केही वर्षदेखि धमाधम फेवातालको सिमसार क्षेत्रमा डोजर चलाएर पुर्ने र घडेरी प्लोटिङ कार्य गर्दै आएका व्यवसायी युवराज खतिवडालाई प्रहरीले सोमबार पक्राउ गरेको छ। उनी पामे स्थित सिमसार क्षेत्रमा पुर्दै गरेको अबस्थामा रङ्गे हात पक्राउ परेका हुन । पोखरा–१८ पामेमा जथाभावी भीर र डाँडामा डोजर लगाएर ढुङ्गो, माटो निकाल्ने र सिमसार पुरिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको कास्की प्रहरीले बताएको छ 
‘अनुमति पनि नलिइकन मनोमानी डाँडा कटान गरेर फेवातालको सिमसार पुरिरहेको विषयमा जानकारी आएपछि सोधपुछका क्रममा युवराज खतिवडाले प्रहरीलाई दुर्व्यवहार गरे,’ डिएसपी भट्टराईले भने, ‘हामीले उनलाई नियन्त्रणमा लिएका छौं र ४ वटा ट्रीपर र स्काभेटरको चाबी प्रहरिले राखेका छ । बैदामका डिएसपी भट्टराईले यस विषयमा विस्तृत अनुसन्धान गरिने पनि बताएका छन्।
बैदाम प्रहरीले सोधपुछ गर्दा खतिवडाले उल्टै प्रहरीलाई धम्क्याएका थिए। स्थानीय प्रत्यक्षदर्शीका अनुसार, प्रहरीलाई सरूवा गरिदिने धम्कि दिएका छन । हिजोसम्म पुर्दा केही नगर्ने आज किन रोक्ने भन्दै दादागिरी शैलिमा प्रस्तुत भएका थिए । खतिवडा प्रहरीको गाडीमा नजाने अडानसमेत राखेका थिए।
करिब आधा दर्जन गाडी र भ्याकु लोडर प्रयोग गरेर ‘सिमसार पुरिरहेका खतिवडाले प्रहरी प्रमुखलाई सरूवा गरिदिने धम्की दिदै उफृएका थिए । हिजोसम्म पुरिरहेको र भोलि पनि पुर्छु, के गर्छस् भनेर धम्की दिए,’ एक प्रत्यक्षदर्शीले भने, ‘सोधपुछमा गएका प्रहरीलाई उनले झाक्कल झुक्कल पनि पारेका थिए।’ उनको कार्यशैली अराजक र उच्छृङ्खल रहेको थियो ।
पोखराको लेकसाइड संबेदनसिल क्षेत्र हो । त्यस क्षेत्रका जग्गाहरु सिमसार बर्गमा छन । तर केही बर्ष देखि युबराजले विभिन्न ब्यक्तिको जग्गा पुर्ने ठेक्का लिएर पुर्ने काम गर्दै कमाउ धन्दा चलाएका छन । पटकपटक पक्राउ पर्दा पनि उनले विभिन्न पावर र पैसाको भरमा उन्मुक्ति पाउदै आएका छन । सोमबार साझ उनलाइ पक्राउ गरि हिरासतमा राखिएको छ । उनलाइ जोगाउन क कसले दवाब दिन्छन त्यो सार्बजनिक गर्ने प्रयास गर्ने छौ । अराजकताको अन्त्य गर्न प्रहरिले सकृयता पुर्ब सत्यतथ्य अनुसन्धान गर्नुपर्ने आम नागरिकले माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्