पुस १ गते -धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राज कुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ ।
१ गते -नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ , मङ्गलबारको मतदान स्थगित भएको छ ।
१ गते -प्रहरीले वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ५२ लाख रुपैयाँ ठग्नेलाई पक्राउ गरेको छ ।पोखरा महानगरपालिका -१५ स्थायी घर भई हाल लण्डन बस्ने ५० वर्षीय लालबहादुर बराइली काठमाडौंबाट पक्राउ ।
१ गते -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक विनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले उनीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
२ गते -नेकपा (एमाले) भक्तपुरका एक दर्जन नेता-कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
२ गते – नेपाल ट्रस्टको जग्गामा तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा ठगी मुद्दा दायर ।
३ गते -नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि पूर्वमाओवादी नेता ठम्मर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।
३ गते -अमेरिकाले अवैध रुपमा बस्दै आएका तथा कानुनको परिपालन नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ । बिहीबार दिउँसो उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाएको हो ।
४ गते -नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन् । शुक्रबार रुपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् ।
४ गते -सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पुन: पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बिहीबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो।
४गते -नेपाली कांग्रेसले अनुशासनको कारबाही गरेका पूर्वमन्त्री कुमार खड्का पुस १९ गते राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन् ।
४ गते – मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो सदनबाट विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनलाई सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले विश्वासको मत दिएका हुन् ।
५ गते -मधेस प्रदेशको सभामुखमा रामआशिष यादवको नाम टुंगो लागेको छ । मधेस प्रदेशका सत्तारुढ दलको बैठकले सभामुखमा यादवको नाममा सहमति जुटाएकाे हो ।
६ गते -मधेस प्रदेशसभाको सभामुखमा रामआशिष यादव विजयी भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन भएको थियो ।
७ गते -मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने ।
७ गते -व्यवसायी युवराज खतिवडाले फेवा सिमसार पुर्न र अवैध उत्खननमा प्रोयोग गरेका सबै ट्रिपर र डोजर प्रहरीले नियन्त्रणमा लिएको छ भने खतिवडालाई प्रहरी दुर्व्यवहारको मुद्दा चल्ने प्रहरिले बताएको छ ।
७ गते -राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच भेटवार्ता भएको छ । सोमबार कमलपोखरी स्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरूबिच भेटवार्ता ।

प्रतिक्रिया दिनुहोस्