२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

कुश्मा १२ ठुलीपोखरिमा रास्वपा गठन

४ बर्ष अगाडी स्थापित राष्ट्रिय स्वतन्त्र पार्टिले आफ्नो सङ्गठन बिस्तारलाइ देशभर तिब्रता दिएको छ । विभिन्न दल त्याग गरेर रास्वपा प्रबेश गर्नेहरुको लहर चलेपछी आउदो चुनाबमा पहिलो दल हुने तयारिमा रहेको दाबी गरेका छन । यसै क्रममा कुस्मा नगरपालिका वार्ड नं १२ ठुलीपोखरी मा मिति हालै राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छ। स्थानिय युवा बिक्रम लामिछानेको अध्यक्षतामा कमिटी गठन गरिएको कुश्मा १३ का वडा कमिटी अध्यक्ष मनोज सुबेदिले बताए ।
कुस्मा नगरका नगर सभापति रमेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कुस्मानगरका नगर सचिव गंगालाल रिमालले गर्नुभएको थियो। उक्त कार्यक्रममा अतिथिको रुपमा जिल्ला सभापति रुद्रप्रसाद तिमल्सिना रहेका थिए । साथै उक्त पार्टी प्रवेश एवं वडा कमिटी गठन कार्यक्रममा कुस्मा नगरपालिकाका विभिन्न वडाका वडा सभापतिहरू विभिन्न पालिकाका प्रतिनिधिहरू समेत उपस्थिति रहेको थियो ।
यो भन्दा अगाडि नै कुस्मा नगरपालिका वार्ड नं १३ खौला लाकुरीमा करिब २.५वर्ष पहिला पर्वत जिल्ला साथै धौलागिरी मा पहिलोपटक पार्टी गठन भएको थियो। साथै खौलालाकुरीमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन भइसके पछाडि विभिन्न भ्रष्टाचार विरोधी विकृति विसङ्गति एवं आर्थिक अनियमितता विरुद्धमा खरो रूपमा आवाज उठाउँदै आइरहेको छ। स्थानिय तहमा बर्षौ देखि गाडिएर रहेका भ्रस्टाचारको समुल नस्ट गर्दै नयाँ र बैकल्पिक शक्तिको रुपमा अगाडि बढ्दै गएको वडा कमिटिका अध्यक्षले बताए ।

प्रतिक्रिया दिनुहोस्