२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

एमाले समानुपातिक सुचिमा पुरानैको बर्चस्व !

एमालेले बिधान ससोधन गरेर उमेर हद र पद तेहर्याउने नीति पुनस्थापित गरेपछी यो पटकको ससदिए चुनाबमा पुरानैको बर्चस्व हाबी हुने देखिएको छ । पटकपटक माननीय भएर लाभ लिएकाहरुको बल मिचाइका कारण नयाँले अबसरबाट मुक्त हुनुपर्ने भएको छ । नेकपा एमालेले समानुपातिक निर्वाचन क्षेत्रको बन्द सूचीमा पुरानै अबस्था दोहोरिएपछी यो तथ्य पुष्टि भएको छ । पार्टी सचिव तथा पुर्ब माननीय पद्मा यसपटक समानुपातिकको एक नम्बर सुचिमा परेकिछिन । उनी २०७९ को आम चुनाबमा स्याङ्जा २ बाट चुनाब लडेकिथिइन । काङ्ग्रेस उपसभापति धनराज गुरुङ सङ्ग चुनाब हारेकी थिइन । त्यस अघि अर्याल भुमिसुधार मन्त्री बनेकिथिइन ।
केन्द्रीय सचिवालयको बैठकमा पूर्व उपाध्यक्ष गुरु बराल, सचिव पद्मा अर्याल,अखिल नेपाल महिला संघकी अध्यक्ष टुका हमाल, युवा संघकी पूर्व .अध्यक्ष निरु पाल, पूर्व प्रमुख सचेतक शान्ता चौधरी र पूर्वसहरी विकास मन्त्री मन्जु चौधरीको नाम पेश भएको एक नेताले बताएका छन ।

त्यस्तै जेनजी पुस्ताबाट नवनिर्वाचित केन्द्रीय सदस्य निता घतानीको पनि नाम पेश भएको छ । प्रस्तुत नाममाथि छलफल भए पछि अध्यक्षले टुंगो लगाएपछि निर्वाचन आयोगमा पेश गर्ने बताइएको छ।

समानुपातिकमा सिफारिस भएका मध्य निता घतानीबाहेक अरु सबै यसअघि सांसद र संविधान सभा सदस्य भइसकेका छन् । एमालेमा लामो समयबाट राजनिती गर्दै आएकाहरु पाखा पारिएकाछन । भित्र भित्र असन्तुष्टि चुलिएपनी खुलेर धारणा राख्न एमाले नेताहरु डराउने गरेकाछन । अध्यक्षले जे गरे , जे बोले त्यही स्वीकार्ने प्रवृत्ति रहेसम्म इमान्दार र संघर्षसिल नेताहरु पछि परिरहने एक नेताले बताए ।

 

प्रतिक्रिया दिनुहोस्