सरकारले करोडौ बजेट खर्च गरेर निर्माण र स्तरोन्नति गरेको सडकमा हिड्ने र दौडने सङ्ग रकम असुल गर्न लिखित निर्देशन दिने पोखरा महानगरपालिका २० नम्बर वडा कार्यालय भलाम बिरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौले पोखरा महानगरपालिका कार्यालय मार्फत रकम असुली प्रकरणका सम्बन्धमा सत्यतथ्य बिबरण माग गरेको छ । महानगरले वडा नम्बर २० कार्यालय सङ्ग अख्तियारले उठाएको अनुसन्धानको फाइल सम्बन्धमा एकिन बिबरण माग गरेको महानगर स्रोतले सराङ्कोटलाइ बताएको छ ।
घटना बिबरण अनुसार पोखराको २० नम्बर वडा कार्यालयले कालिखोला भलाम देखि डाडागाउ सम्मको सडकमा डोको दौड गर्ने केटाहरु सङ्ग ७ लाख ८० हजार रुपैयाँ रकम प्रती बर्ष असुल गर्नु भनी वडा कार्यालयमा पदाधिकारी बैठक बसि लिखित माइन्युट गरि निर्देशन दिएका थिए । २०८१ भाद्र १७ गते वडा अध्यक्ष गङ्गा बहादुर खत्रीको अध्यक्षतामा बैठक बसि भलाम -डाडागाउ सडकमा डोको रेस गर्ने गराउने २ वटा सस्था बाट बार्षिक ७ लाख ८० हजार रकम असुल गर्न निर्णय गरेका थिए , त्यही निर्णय बमोजिम शृङ्खला युवा क्लब भलामले र डाडागाउ टोल बिकास सस्थाले ३ लाख ८५ हजार का दरले रकम उठाउने अनुमती पाएका थिए ।
ल
सरकारले बनाएको सार्वजनिक सडकमा दौडने युवाहरुसङ्ग लाखौ रकम असुल गरेको बारेमा सराङ्कोट साप्ताहिकले मङ्सिर ८ गते प्रमुखताको साथ सप्रमाण एक रिपोर्ट प्रकाशन गरेको थियो । समाचारको प्रभाव स्वरुप अख्तियारको ध्यानाकर्षण भइ अनुसन्धान अगाडि बढाएको बुझिन आएको छ । छानबिन अगाडि बढाएपछि यता २० नम्बर वडा कार्यालयले असुली प्रकरणबाट जोगिन विभिन्न बैठक र भेला बोलाउदै छलफल अगाडि बढाएको छ ।
सार्बजनिक सडकमा रकम असुल गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा नियमन गर्ने निकाय वडा कार्यालय आफैले माइन्युट गरेर असुल गर्न अनुमती प्रदान गरेको बिषय कानुन बिपरित कार्य हुने कानुनका जानकारहरु बताउछन । यो असुली प्रकरण संबैधानिक निकाय अख्तियारको अनुसन्धानको दायरामा आइसकेको छ । त्यसबाट के कस्तो कारबाहिको निर्णय निष्कर्ष हुन्छ त्यो भने भविष्यले बताउनेनै छ ।

प्रतिक्रिया दिनुहोस्