आम चुनाब नजिकिदै गर्दा पुषको जाडो मासमा राजनीतिको चहलपहलले तताएको छ । काङ्ग्रेस महाधिवेशन गर्न नसकेर तितरबितर हुने अबस्थामा पुगेको छ भने नेकपा एमालेमा भर्खर सकिएको महाधिवेशनले “झिकिदे गाड भन्दा थपिदे गाड” भने झै असन्तुष्ट पक्षले खैलाबैला मच्चाउन थालेका छन ।
पुराना दलको राजनीति आन्तरिक गतिबिधी सम्हाल्नमै ठिक्क भइरहेको बेला रास्वपा भने सङ्गठ्न बिस्तार गर्दै निर्बाचनको तयारीमा जुटेको छ। देशभरबाट विभिन्न पार्टिका स्थानीय देखि केन्द्रिय नेताहरु रास्वपामा प्रबेश गर्ने लहर नै चलेको छ । शनिबार गण्डकी प्रदेशको राजधानी सहर पोखरामा बृहद पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका पुर्ब केन्द्रिय आमन्त्रित सदस्य तथा पूर्वमन्त्री कुमार खड्का, एमाले कास्कीका नेता पुष्प अधिकारी र कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा लगाएत करिब २ हजार जना राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।

उनीहरूलाई रास्वपा उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, नेता समीक्षा बास्कोटा लगायतले पार्टीमा स्वागत गरेका थिए ।
कुमार खड्का इन्जिनियर पृष्ठभुमिका नेता हुन । उनि प्रचन्ड प्रधानमन्त्री भएको बेला अखण्ड नेपाल पार्टीबाट संघीय महिला बालबालिका मन्त्री र काँग्रेसमा समाहित भएपछि गण्डकीका समानुपातिक सांसद बन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भइसकेका अनुभवी नेता हुन् । कुमार गण्डकी प्रदेशको बिकासमा सफल र चर्चित पात्र हुन । २०७९ को चुनाबमा टिकट समेत नदिने खेल भएको थियो । उल्टो आरोप लगाइ उनलाई कांग्रेसले अन्तरघात गरेको आरोपमा कारबाही स्वरुप निलम्बन गरेपछि आज रास्वपा प्रवेश गरेका हुन् ।
खड्का केहि समयअघि नेपाली कांग्रेसको अनुशासन कारबाहीमा परेका थिए फुकुवा भएको थिएन । रास्वपामा जाने घोषणा भएपछी उनिमाथी लगाइएको कारबाही हतारहता फिर्ता गरेको थियो । २०७९ को निर्वाचनमा हालका प्रदेश मन्त्री विन्दुकुमार थापासँग हराउन लागेको भन्दै खड्का कारबाहीमा परेका थिए । बिकासबादी नेताको परिचय बनाएका कुमार खड्काले कास्केलिको मन जितेको पोखरा १६ का मोहन थापाले बताए । उनको रास्वपा पार्टी प्रबेश कार्यक्रममा एमाले काङ्रेस , राप्रपा , माओबादी सबैले ऐक्यबद्धता जनाएका थिए ।
शनिबार नै नेकपा एमाले कास्किका नेता पुस्प अधिकारी रास्वपा प्रवेश गरेका थिए । अधिकारी रुपाकोट रिसोर्टका सञ्चालक पनि हुन् । एमालेबाट अघिल्लो पटक पोखरा महानगरमा मेयरको आकांक्षी रहेका थिए । अधिकारी अघिल्लो पटक एमालेको गण्डकी प्रदेश कमिटी सदस्यसमेत थिए । अधिकारी एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पक्षधर मानिन्छन । एमालेका केन्द्रिय नेता , प्रधानमन्त्री आउदा आश्रय लिने चर्चित गन्तव्य रुपाकोट रिसोर्टका सन्चालक समेत हुन अधिकारी ।
यस्तै नेपाली काङ्ग्रेस कास्किकी सक्रिय नेता मिलन थापा पनि रास्वपा प्रबेश गरेकिछन । कांग्रेस महाधिवेशन प्रतिनिधि थापा अहिले गण्डकीका सामाजिक विकास मन्त्री रहेका विन्दुकुमारकै भाइबुहारी हुन् । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का पूर्वअध्यक्ष ध्रुव थापाकी पत्नी कांग्रेसकै पारिवारिक विरासत त्यागेर रास्वपा प्रवेश गरेकी हुन। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते मन्त्री थापाको निवास, व्यापारिक प्रतिष्ठान, बगैंचा रिसोर्टसहित धुर्व थापाको घर तथा व्यावसायिक प्रतिष्ठानमा पनि तोडफोड र आगजनी भएको थियो ।
मन्त्री परिवार भएकै कारण आफूहरूको व्यवसाय तथा घरमा आगलागी भएको उनीहरूको भनाइ थियो भने उनीहरूकै घरमा काम गर्ने एक जना महिलाको आगलागीमा जलेर मृत्युसमेत भएको थियो ।
यी तीन जना नेता मात्र होइन करिव २ हजार विभिन्न दलका कार्यकर्ता रास्वपा प्रबेश गरेको रास्वपा प्रदेश कमिटिले बताएको छ । पर्बत , बागलुङ , स्याङ्जाबाट पनि पार्टी प्रबेश गरेका थिए । पार्टीका उपसभापति डाक्टर स्वर्णिम वाग्लेले सम्बोधन गर्दै देशभरबाट रास्वपामा प्रबेश गर्नेहरुलो व्यापक लहर आएको बताउदै यो चुनाबमा १५१ सिट जित्ने दाबी पेश गरेका थिए । प्रबक्ता मनिष झा , महामन्त्री कबिन्द्र बुर्लाकोटी , लगायतले सम्बोधन गरेका थिए । कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रमको सन्चालन गन्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठिले सन्चालन गरेका थिए । कार्यक्रममा गन्डकी प्रदेश अध्यक्ष राजन गौतम , कोषाध्यक्ष बिना गुरुङ , सालेसप्रका प्रमुख गोकुल सापकोटा , उर्जा तथा जलश्रोत बिभागका श्रीराम न्येउपाने , पर्यटन बिज्ञ धनन्जय रेग्मी , केन्द्रिय नेता समीक्षा बास्कोटा , पुर्ब सासद शिव नेपाली लगायतले रास्वपाको योजना र गतिविधिको बारेमा मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्