गएको भाद्र २३-२४ गते भएको जेनजी बिरोहका बेला यातायात ब्यबस्था कार्यालय कास्की पनि आगजनिको सिकार बन्न पुग्यो । आगजनीका कारण कार्यालय भवन र ढड्डा र फाइलहरु ध्वस्त हुन पुगेको छ । आगो जेनजी र जेनजिका नाउमा लगाइयो तर त्यसको असर आम सेवाग्राहीले भोग्नु परेको छ ।
यातायात कार्यालयको काम ढिलो गरि सुरु भयो । सवारीसाधनको नामसारि गर्ने काम सरकारले ढड्डाको ब्यबस्थापन गर्न नसक्दा ढिलाइ हुन पुगेको थियो । सवारीसाधनको नामसारी गर्न सेवाग्राही आफैले ढड्डा किन्न परेको छ । कर राजस्व , जरिवाना तिर्न बाध्य भएका सेवाग्राहीहरु सरकारी अभिलेख राख्ने ढड्डा किन्न बाध्य पारिएकाछन । तस्वीरमा देखिएका ढड्डाहरु अधिकास सेवाग्राहीले खरिद गरेकाहुन ।
टाढा घर भएका र बिदेशबाट छोटो छुट्टिमा आएकाहरु कि त ढड्डा किन्न बाध्य छन कि सेवा अनिश्चित समयका लागि लिन नपाउने भएकाछन । एउटा ढ्ड्डा किन्दा २ हजार देखि ३५ सय सम्म पर्ने सेवाग्राहीहरु बताउछन । लेखनाथबाट गाडी पास गर्न ग.१ च २४५० का सवारी धनी लेखराज पोखरेल आफुले ३५ सयको धड्डा किनेर बल्ल सेवा लिन पाएको बताए । उनले सवारी जाच प्रक्रिया पनि झन्झटिलो र वर्कसपलाई पोसाउने खालको रहेको गुनासो गरे ।वर्कसप लगेर इन्जिन नम्बरको फोटो खिचेर ल्याएपछी मात्र जाचपास हुने गरेको सेवाग्राही पोखरेलले बताए । यसले बाहिर गएका गाडिहरुको पनि जाचपास र नामसारी हुने सम्भावना रहेको तर्फ राज्यको ध्यान जानुपर्ने उनको सुझाब रहेको छ ।

यातायातमा अभिलेखका लागि प्रयोग हुने ढड्डा सरकारले कहिले किन्ला र सवारीसाधन पास गरौला भन्ने नागरिकको आशा गन्डकी प्रदेश सरकारले कहिले पूरा गर्ला ? भौतिक पुर्बाधार बिकास तथा यातायात मन्त्रालयका यातायात महाशाखा प्रमुख (प्रबक्ता ) मुना अधिकारी सङ्ग प्रतिक्रिया लिदा बजेटको सहमतिको लागि आर्थिक मामिला मन्त्रालय फाइल स्वीकृत हुन बाकी रहेको बताइन । उनले भनिन मन्त्रालयबाट बजेट स्वीकृत भै आए पछि छिट्टै खरिद हुन्छ । ४ महिना सम्म अभिलेख ढड्डा किनेर राहत दिन नसक्नु टिठलाग्दो बिषय हो । प्रदेशमा सबै भन्दा बढी राजस्व उठ्ने यातायात कार्यालय हो तर पनि प्रदेश सरकारले कहिले बुझ्ला नागरिकको समस्या ?

प्रतिक्रिया दिनुहोस्