नेपालको पुरानो लोकतान्त्रिक पार्टी काङ्ग्रेस दुई खेमामा बिभक्त हुन पुगेको छ । सस्थापन मानिने शेरबहादुर देउवा पक्ष नेतृत्व परिवर्तन र रुपान्तरणको माग सम्बोधन गर्न तयार नभएपछि नेपाली कांग्रेस विभक्त भएको छ । देउवा समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमामन्त्री फर्मुल्ला मन्सुरलाई ५ बर्षको लागि कारबाही गरेपछी काङ्ग्रेस फुट्ने निश्चित भएको छ । फुट्ने र फुटाउने को को हुन त्यसको हिस्सा र जिम्मेवारीको हिसाबकिताबको तथ्यपुर्ण डाटा आउन बाकी नै छ ।
विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको एकल उम्मेदवारी परेको थियो । उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल र फरमुल्लाह मन्सुरको दाबी छ भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्बाचित भएका छन् । कारबाहिको निर्णय सार्बजनिक भएपछी विशेष महाधिवेशन पक्षधरमा उम्मेदवारको पर्याप्त आबेदन नपरेपछी पटकपटक म्याद थप गर्दै उम्मेदवारी मागिएको थियो । त्यही भएर मतदान गर्नुपरेन । हतारमा सर्बसम्मत गरियो ।
देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक पटक माग गरेका थिए । तर उनी पद छोड्न तयार नभएपछि पार्टी फुटेको हो । कांग्रेसभित्र रुपान्तरण चाहने र नचाहनेबीचको संघर्ष विभाजनको तहमा पुगेको एक केन्द्रिय सदस्यले बताए ।
देउवा काङ्रेसको समिती बिघटन भएको र गगन थापा पक्षले सस्थापनको कुरा नसुन्ने छनक देखाएपछी बुधारबार कांग्रेस केन्द्रीय समितिले थापा लगायतका नेतालाई अनुशासन उल्लंघन गरेको अभियोगमा कारबाही गरेको छ । पार्टीले निष्कासनको घोषणा गरेपछि थापाले कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको बताएका थिए । कारबाहिको जवाफमा थापाले ‘मैले इतिहास बनाएको पार्टी हो आन्दोलन हाँकेको पार्टी हो,’ उनले भनेका थिए ।
यता देउवा पक्षले पार्टी चुनावमा जानुपर्ने अवस्थामा अहिले विशेष महाधिवेशन गर्न नसक्ने अडान राख्दै आएको थियो । नियमित महाधिवेशनका लागि वैशाखको अन्तिम साता मिति पनि केन्द्रीय कार्यसमितिले तय गरेको थियो । तर कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहले यसअघि नै विशेष महाधिवेशनको माग गरेका थिए ।
नियमित महाधिवेशनको मिति तय भएपछि विशेष महाधिवेशन हुन नसक्ने भन्दै संस्थापन पक्षले अडान लिएको थियो । विशेष महाधिवेशन पक्षधरले भने विधानको दफा १७(२) मा व्यवस्था भएकाले यसलाई नजरअन्दाज गर्न नहुने अडान राखेका थिए । विशेष महाधिवेशन पक्षधरहरूले पुस २८ भित्र महाधिवेशन बोलाउनका लागि दिएको निवेदनको समयसीमा सकिने भएकाले जसरी पनि महाधिवेशन गरेरै छाड्ने अडान लिएका थिए ।
त्यो अडान अनुसार महाधिवेशनको प्रक्रिया अघि बढ्यो । महाधिवेशन चलिरहँदा पनि पार्टीलाई विभाजनबाट जोगाउनका लागि भन्दै पटक पटक वार्ताका प्रयास भए । दुवै पक्षले वार्ता टोली बनाएर आफ्ना सन्देश आदानप्रदान गरे । तर दुवै पक्ष अडान नछोड्दा पार्टी विभाजनमा पुग्यो ।
८ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । २०१० सालमा कांग्रेस विभाजन हुँदा बिपी कोइराला र मातृका कोइरालाको टकराव थियो । २०५९ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टकराव थियो । अहिलेको टकरावमा पनि शेरबहादुर देउवा नै जोडिएका छन् । दुइपटकको टुक्राइमा शेरबहादुर देउवाको थाप्लोमा दोष थोपरिएको छ ।
महाधिवेशन प्रतिनिधिको बलमा भएको विशेष महाधिवेशनले नेतृत्वको सेट नै परिवर्तन गरेको छ । विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तनलाई देउवा पक्षले अस्वीकार गरेको छ । अब यो विभाजनले कांग्रेसलाई दुई चिरा पारेको छ । सस्थापन पक्षमा पुर्ण बहादुर खड्का , प्रकाश शरण महत , मिनेन्द्र रिजाल , मीन बिश्वकर्मा , कृष्ण सिटौला लगायतका नेता छन ।
विवाद निर्वाचन आयोगमा
कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोग पुगेको छ । आयोगले देउवाको कार्यसमितिलाई आधिकारिकता दिन्छ कि विशेष महाधिवेशनको नयाँ नेतृत्वबाट आउने कार्यसमितिलाई आधिकारिकता दिन्छ भन्नेमा धेरैको चासो छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको मिति तोकेर काम सुरू भइसकेपछि सार्वजनिक बिदाको दिन पनि आयोग खुला रहेको र दलको आन्तरिक बिबादले चुनावलाइ असर नपार्ने बताएको छ यसले एउटा खेमा सङ्कटमा पर्ने निस्चित छ । विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगमा आफ्नो पत्र बुझाइसकेको दावी गरेका छन् । उनीहरूले विशेष महाधिवेनबाट नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको पत्र आयोगमा बुझाएका हुन् ।
यता सस्थापन काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पक्षधरको केन्द्रीय कार्यसमिति बैठकले बुधबार महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको पत्र पनि बुधबार आयोगमा पठाएको छ । आयोगले कांग्रेसका यी दुवै पक्षबाट पत्र प्राप्त भएको पुष्टि गरेको छ ।
बिशेष अधिबेशनबाट बिजयीहरु यी हुन –
१, सभापति: गगन कुमार थापा
२, उपसभापति दुई (२) विश्व प्रकाश शर्मा, पुष्पा भुषाल
३, महामन्त्री दुई (२) प्रदिप पौडेल, गुरु राज घिमिरे
४ केन्द्रीय सह-महामन्त्री (महिला) पदका लागि एक (१) डा. डिला संग्रौला पन्त
५ केन्द्रीय सह-महामन्त्री (दलित) (१) प्रकाश रसाईली स्नेही
६ केन्द्रीय सह-महामन्त्री (आदिवासी जनजाती) (१) बहादुर सिंह लामा
७ केन्द्रीय सह-महामन्त्री (खसआर्य) (१) उदय शम्शेर राणा
८ केन्द्रीय सह-महामन्त्री (मधेशी) (१) मुक्ता कुमारी यादव
९ केन्द्रीय सह-महामन्त्री (मुस्लिम) (१) फर्मुल्ला मन्सुर
१० केन्द्रीय सह-महामन्त्री (थारु) (१) योगेन्द्र चौधरी
११ केन्द्रीय सह-महामन्त्री (पिछडीएको) (१) कर्ण बहादुर बुढा
१२ केन्द्रीय सदस्य खुल्ला पदका लागि पैतिस (३५)
गोपालमान श्रेष्ठ
ओमकार प्रसाद श्रेष्ठ
अर्जुन नरसिंह के.सी
राजेन्द्र कुमार के.सी.
अर्जुन प्रसाद जोशी
सुरेश कुमार योङ्या
चिनकाजी श्रेष्ठ
सुधिर सिवाकोटी
भरत शाह
मधु आचार्य
अमृत अर्याल
धुर्व वाग्ले
देवराज चालिसे
विनोद चौधरी
मोहन आचार्य
उज्वल बराल
जनक गिरी
देव प्रसाद तिमिल्सिना
अजय बाबु सिवाकोटी
प्रेम बहादुर खड्का
जयराम लामिछाने
बसन्त भट्टराई
प्रदिप शर्मा
जगत जोशी
प्रमोदहरी गुरागाई
डा. केदार नरसिंह के.सी.
विदुर बस्नेत
तिर्थ जंग शाही
भरत खड्का
सुवास पोखरेल
शम्भु बुढाथोकी
धर्मराज गौतम
टेकराज पौडेल
तिलक रानाभाट
राजेन्द्र गोपाल सिंह
१३ केन्द्रीय सदस्य (महिला खुल्ला) पदका लागि नौ (९) चम्पा देवी खड्का
धना खतिवडा
नानु बास्तोला
चिनु पोखरेल
जानकी सिंह
प्रतिमा गौतम
गिता सत्याल
सन्तोषी साउद ऐरी
दिल कुमारी राई
१४ केन्द्रीय सदस्य (कोशी प्रदेश-महिला) पदका लागि १ (एक) सारदा देवी कोईराला
१५ केन्द्रीय सदस्य (कोशी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) हिमालय कर्माचार्य
अग्नी पौडेल
१६ केन्द्रीय सदस्य (मधेश प्रदेश-महिला) पदका लागि १ (एक) मधु शाही
१७ केन्द्रीय सदस्य (मधेश प्रदेश-खुल्ला) पदका लागि २ (दुई) रामानन्द यादव
बजरंग नेपाली
१८ केन्द्रीय सदस्य (बागमती प्रदेश-महिला) पदका लागि १ (एक) उमा दाहाल
१९ केन्द्रीय सदस्य (बागमती प्रदेश-खुल्ला) पदका लागि २ (दुई) जितनारायण श्रेष्ठ
रमेश धमाला
२० केन्दीय सदस्य (गण्डकी प्रदेश-महिला) पदका लागि १ (एक) विष्णु देवी पाण्डे
२१ केन्द्रीय सदस्य (गण्डकी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) रेशम बानिया
कृष्ण के.सी.
२२ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-महिला) पदका लागि १(एक) पवित्रा कुमारी अर्याल
२३ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) केशव आचार्य
राम बहादुर कार्की
२४ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-महिला) पदका लागि १ (एक) रााम देबि खड्का
२५ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-खुल्ला) पदका लागि २ (दुई) दिक्पाल शाही
नारायण भट्टराई
२६ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-महिला) पदका लागि १ (एक) निपा चोख्याल
२७ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-खुल्ला) पदका लागि २(दुई) हिम बहादुर रावल
नरेन्द्र प्रसाद भट्ट
२८ केन्द्रीय सदस्य (अपाङ्गता भएका खुल्ला) पदका लागि १(एक) प्रकाश पन्थ
२९ केन्द्रीय सदस्य (अल्पसंख्यक खुल्ला) पदका लागि १(एक) शिवनारायाण सिं गनगाई
३० केन्द्रीय सदस्य (दलित-महिला) पदका लागि ४ (चार) सिता मिजार
छायाँ सुनार
गंगा सुनार
लिला नेपाली
३१ केन्द्रीय सदस्य (दलित-खुल्ला) पदका लागि ५(पाँच) मैकुलाल बाल्मिकी
शिव बहादुर सुनार
धर्म नेपाली दर्जी
सुर्य बि.क.
दिनेश सुनार
३२ केन्द्रीय सदस्य (आदिवासी जनजाती महिला) पदका लागि ७ (सात) सपनाराज भण्डारी
प्रमिला राई
मन कुमारी गुरुङ्ग
कुशुमदेवी थापामगर
लिलादेवी बोखिम लिम्बु
डा. अमिता प्रधान
छीन्दुल्होमु शेर्पा
३३ केन्द्रीय सदस्य (आदिवासी जनजाती-खुल्ला) पदका लागि ८ (आठ) तारामान गुरुङ्ग
अस्टकुमार कबे
छन्द बहादुर पहराइ मगर
नगेन्द्र कुमाल
शम्भुलाल श्रेष्ठ
भिम श्रिष
नरेन्द्र केरुङ
दिपन श्रेष्ठ
३४ केन्द्रीय सदस्य (खसआर्य-महिला) पदका लागि ६ (छ) उमा सिवाकोटी
बाला अधीकारी
मुना भुषाल
इन्दिरा कार्की
विनिता खड्का
सम्झना खत्री
३५ केन्द्रीय सदस्य (खसआर्य-खुल्ला) पदका लागि ७ (सात) विजय स्वार
मथुरा घिमिरे
जगदिश चन्द्र उपाध्याय
विष्णु कुमार कार्की
विश्वनाथ रिजाल
केशव भेटुवाल
कमल भुषाल
३६ केन्द्रीय सदस्य (मधेशी-महिला) पदका लागि ४ (चार) अञ्जु झा
चन्द्रकला कुमारी यादव
गोमा अन्सारी
निलम साह
३७ केन्द्रीय सदस्य (मधेशी-खुल्ला) पदका लागि ५(पाँच)
राम पल्टन शाह
नागेन्द्र शाह
राधेश्याम पाठक
सनिल कुमार यादव
रामरुप प्रसाद
केन्द्रीय सदस्य (मुस्लिम-महिला) पदका लागि १ (एक) सनम वेगम
३९ केन्द्रीय सदस्य (मुस्लिम-खुल्ला) पदका लागि २ (दुई) अब्दुल रज्जाक गद्दी
अब्दुल सत्तार
४० केन्द्रीय सदस्य (थारु-महिला) पदका लागि २ (दुई) नवोदिता चौधरी
सुनिता राना
४१ केन्द्रीय सदस्य (थारु-खुल्ला) पदका लागि दुई २ सुरेन्द्र प्रसाद चौधरी
गोपाल दहित
४२ केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुल्ला) पदका लागि १ (एक) दिपक जंग शाह


प्रतिक्रिया दिनुहोस्