पर्यटन नगरी पोखरामा आफ्नो टोलको सुरक्षा र बिकास आफै गरौ भन्ने लहर नै चलेको छ । टोल बिकास सस्था र आमा समूह यसको नमुना हो । यसै क्रममा पोखरा १६ अमला बिसौनी धोविनिपाटन टोल बिकास सस्था एउटा नमुना बनेको छ ।
२० बर्ष अगाडि स्थापित उक्त टोलबिकास सस्थाले १६० सदस्यलाइ गोलबन्द गरेर दुख सुखमा साथ र ऐक्यबद्धता देखाउदै आएको छ । आफ्नो टोलमा आइपर्ने सबै गतिविधिमा सम्लग्न हुँदै साथ र समाधान गर्दै आएको सस्थाले आन्तरिक सुरक्षा , सरसफाइ र आर्थिक गतिविधि गर्दै आएको छ । टोलबिकासका सदस्यहरुलाइ सानोतिनो गर्जो टार्न बैक ,सहकारी र मिटर ब्याजी गिरोहको चङुलमा फस्नु परेको छैन । टोल समितिले सङ्कलन गरेको सानो रकमले सदस्यहरुको गर्जो टार्ने काम गर्दै आएको छ । टोलको सरसफाइ , आन्तरिक सुरक्षा , र सानातिना बिबाद समाधानमा समेत टोलबिकास सस्थाले सकारात्मक भुमिका निर्बाह गर्दै आएको छ ।

हालै मात्र सस्थाले २० औ साधारणसभा तथा १० औ अधिबेशन सम्पन्न गरेको छ । १० औ अधिबेशनले युवा उध्यमी खगेन्द्र थापालाइ दोस्रो कार्यकालको लागि सर्बसम्मत चयन गरेको छ । खगेन्द्र थापाको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी श्रेस्ठ ,सचिबमा राजु खड्का , सहसचिबमा गङ्गा कार्की , कोषाध्यक्षमा भुवन कुमार पौडेल र सह कोषाध्यक्षमा भुवन बस्नेत सर्बसम्मत निर्बाचित भएकाछन । यस्तै सदस्यहरुमा सीता थापा, लक्ष्मी पौडेल , राधा खत्री ,कमला थापा ,सन्तोष थापा ,श्रीदेवी थापा ,र रिता भन्डारी खड्का निर्बाचित भएका छन ।
साधारणसभा तथा अधिबेशन पोखरा १६ को अर्मला फाटमा आयोजना गरिएको थियो । वडा अध्यक्ष अमृत शर्मा तिमल्सिना ,हिमालय क्लबका अध्यक्ष मोहन थापाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्