२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

पोखराका ३ जना सचिव यता र उता , ३ बर्ष पछि ९ बाट २३

कर्मचारी र जनप्रतिनिधि अनुकुल भएपछी सरुवा जानै पर्दैन किलो गाडेर थपक्क एकै ठाउमा बस्न पाइन्छ । संघीय मामिला मन्त्रालयले हामिलाइ दिएको सुचनामा पनि सरुवा लाई गुनासो आएपछि गरिने कारबाहीको रुपमा लिनेगरेको जवाफ दिएको थियो ।
स्थानिय तहमा जनप्रतिनिधिले रुचाएका कर्मचारी बर्षौ सम्म एकै कार्यालयमा बस्ने गरेको पाइन्छ । यस्तै छ पोखरा महानगरपालिकाको वडा कार्यालयको अबस्था । ४ बर्ष भन्दा बढी एउटै वडामा जरा गाडेर बस्नेहरुलाइ सरुवा चलाउन महानगर प्रशासनलाई हम्मे हम्मे पर्ने गरेको छ ।
पोखरा ९ नम्बर वडाका सचिब कुलराज पौड्याल ३ बर्षमा बल्ल २३ नम्बर वडामा सरुवा भए । उनलाइ गत बर्ष ३१ नम्बरमा सरुवा गरेको थियो तर उनी जान मानेनन । वडा अध्यक्ष दिपेन्द्र मर्सानीको बलबुत्ताले भ्याएसम्म बल लगाएर उनको सरुवा रद्द गराए । कार्य पालिका बैठकमै सचिब पौड्यालको बचाउ गरे ,प्रशासन शाखाका कर्मचारीलाई थर्काएर उनको सरुवा थमौती गराइ छाडेका थिए ।
कर्मचारी र जनप्रतिनिधिले सचिव र अध्यक्षको मिलापलाइ अर्थपूर्ण रुपमा लिएर चर्चा गरेका थिए । कर्मचारीको सर्कल सन्तुष्ट नहुने , राजस्व , प्रशासन , पन्जिकरण योजना मात्र होइन दोस्रो बरियतालाइ दिनुपर्ने सुचना अधिकारीको जिम्मेवारी पनि आफै लिने गरेका सचिब पौड्याललाई २३ नम्बर वडामा सरुवा पठाइएको छ , मिना भुजेललाइ ९ नम्बरको सचिब बनाइएको छ । सबै तिरबाट गुनासो आएपछी उनलाइ सरुवा गरिएको बताइन्छ । उनी ६ नम्बर वडामा रहदा कर्मचारीलाई दिनुपर्ने ३९० लिटर पेट्रोल एक्लै बिल बनाएर खाएको समाचार प्रकाशन भएपछी अख्तियार पोखरा कार्यालयले छानबिन गर्न महानगरलाइ पत्र लेखेको थियो ।
२३ नम्बरका सचिब कृष्ण प्रसाद गौतमलाई २० नम्बर वडामा र महानगर पर्यटन शाखाका सचिब महेस्वर अर्याललाइ २८ नम्बर वडा कालिकामा पठाइएको छ २८ का बिष्णु लामिछानेलाइ महानगर तानिएको छ । पोखराको २ नम्बर वडा सचिव याचना खवास , ५ नम्बरका लक्ष्मण शर्मा , १३ नम्बर वडा सचिव अन्जु गुरुङ लामो समयदेखि एकै वडामा कार्यरत रहि आएकाछन । वडा सचीव र कर्मचारीहरुलाइ एकै ठाउमा राख्दा विभिन्न गुनासो आउने गरेको अनुभव सुनिदै आएको छ । कर्मचारीलाई सरुवा गर्दा जनप्रतिनिधिहरुले हस्तक्षेप होइन सहयोग आवश्यक छ । पालिकाहरुले कर्मचारी सरुवा सम्बन्धी कार्यबिधी बनाएर लागू गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्