२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

पोखराका फोहोरमैला ब्यबस्थापक भन्छन ” निजि क्षेत्रको मान मर्दन भयो !”

पोखराको फोहोरमैला ब्यबस्थापन गर्दै आएका ६ वटा कम्पनी सन्चालकहरुले एक बिज्ञप्ति प्रकाशन गर्दै निजि क्षेत्रले फोहोरमैला ब्यबस्थापनमा योगदान गर्नेहरुको मानमर्दन कार्य भएको भन्दै गुनासो गरेकाछन । उनिहरुले जारी गरेको बिज्ञप्तिमा पोखरा महानगरपालिका र जनप्रतिनिधिसङ्ग मिलेमतो गरि फोहोरमैला सङ्कलन र ब्यबस्थापन कार्यमा भ्रष्टाचार भएको लाल्छ्ना लगाइ विभिन्न सन्चार माध्यम र सामाजिक सन्जालमा समाचार प्रकाशन तथा प्रशारण भएकोमा ध्यानाकर्षण भएको जनाइएको छ । ” बिज्ञले दिएको अध्ययन रिपोर्ट अनुसार तोकिएको राजस्व ” दरमा काम गर्दै आएको दावी ब्यबस्थापकहरुले गरेका छन ।
यस अघि पोखरा १४ बाच्छेबुढुवामा संचालित ल्यान्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय बिमानास्थल सन्चालनमा आउनु अगाबैबाट बन्द भएपछी पोखरा ३२ को लामेआहालको अस्थायी ल्यान्डफिल साइटमा फोहोर डम्पिङ गर्ने कार्य भएको थियो । पोखरा १४ मा करिब ७ किमि दुरि थियो भने पोखरा ३२ मा १९ किमि दुरि रहेको छ । ढुवानिको दुरि बढेको कारण सन्चालन खर्च बढेको कुरालाइ लिएर हामिमाथी भ्रष्टाचारको मिलेमतोको आरोप लगाइदा अपमान भएको महसुस गराएको एक कम्पनिका सन्चालकले दुख ब्यक्त गरे ।
लामेआहालको अस्थायी ल्यान्डफिल साइटमा फोहोर पुर्याउदा लाग्ने लागत इस्टमेट गरे अनुसार महानगरको फोहोरबाट उठ्ने राजस्व केही कम भएको बारेमा आलोचना भएको थियो । यहि बिषयमा अनियमितता भएको भन्दै फोहोर सङ्कलक कम्पनिहरुलाइ समेत मुछेर सामाजिक सन्जालमा आलोचनात्मक प्रतिक्रिया आइरहेको बिषयलाइ लिएर पोखराको फोहोर मैला ब्यबस्थापनमा कार्यरत कम्पनिहरुले बिज्ञप्ती मार्फत असन्तुष्टि जनाएका छन ।
पोखरा महानगरसङ्ग सार्बजनिक निजि साझेदारी कार्यक्रम अन्तरगत संचालित कार्यमा आबद्द बातावरणिय सुन्दर नेपाल प्राली , वैस्ट मेनेजमेन्ट रिसाइक्लिङ प्राली , भद्रकाली वैस्ट मेनेजमेन्ट प्राली , पोखरा फोहोरमैला ब्यबस्थापन प्राली , प्रगती सन्चार नेपाल प्राली र नेपाल पब्लिक हेल्थ एन्ड इन्भाइरोमेन्ट फर डेभलपमेन्ट प्रा लि ले सयुक्त रुपमा बिज्ञप्ती जारी गरेका हुन ।


पोखराको फोहोरमैला ब्यबस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । ग्रामिण वडाहरु महानगर सङ्ग जोडिएको भएपनी ती वडाहरुको खाली जग्गामा ल्याण्डफिल साइट सन्चालन गर्न स्थानिय देखि वडाका जनप्रतिनिधि हरु समेतले बिरोध गर्दै आएका छन । फोहोर उठाउन समेत चुनौती थपिएको बेलामा भैरहेको ब्यबस्थापन प्रती तीखो आलोचना हुदा थप समस्या बल्झने देखिन्छ । हाल कार्यरत कम्पनिहरुले फोहोर मैला उठाउने काम रोक्ने हो भने पोखराको दुर्गन्ध महिनौ सम्म नलम्बेला भन्न सकिन्न । पोखरामा फोहोरमैला ब्यबस्थापनको लागि यसबारेमा सरोकारवाला सबैको बेलैमा ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्