२०८२ माघ २२
०६१४४५०००, ९८५६०३३३९१

आम चुनाव २०८२ विशेष , कास्किमा त्रिपक्षिय प्रतिस्पर्धा हुने ,

फागुन २१ गते हुने आम चुनावमा देश होमिएको छ । पर्यटकिय राजधानी रहेको पोखरामा भने हेविवैट र चर्चित उम्मेदवार नभएका कारण चर्चामा छैन । केबल सङ्ख्या पुर्याउनका लागि मात्र कास्किमा चुनाव हुँदैछ भन्ने भान गराएको छ ।
यसपालिको चुनाव कास्किमा त्रिपक्षिय प्रतिष्पर्धा हुने छनक देखाएको छ । तिनवटै ठुला दावी गर्ने दलहरुले वाह भन्ने उम्मेदवार उठाएका छैनन । केन्द्रका नेताहरु पनि कास्किमा आएका छैनन । भएका जे छन तिनै मध्यबाट उम्मेदवार उठाइएपछी शान्त प्राय छ कास्की ।
कस्तो छ चर्चा र यथार्थता ?

कास्किको १ नम्बर क्षेत्र – यो क्षेत्रमा एमालेका बैन बहादुर क्षेत्री , काङ्ग्रेसका तिलक रानाभाट , रास्वपाका गणेश पौडेल बीच प्रतिष्पर्धा देखिन्छ । त्यहा सम्बिधान सभाका सदस्य राजकाजी गुरुङ करण नेकपाबाट उठेका छन उनले पनि सम्मानजनक मत ल्याउने देखिन्छ । घन्टिका गणेश पौडेल बालेनका अनुयायी हुन । उनले हरेक वडामा पुगेर मतदाताको पल्स रिपोर्ट लिएर ढुक्क देखिन्छन । उनी भन्छन खुलेका र नखुलेका मतहरुले म ढुक्क छु । जनताले परिवर्तन चाहानु र आफू उम्मेदवार हुनु शुभ सयोगको रुपमा लिएका छन ।
एमालेका उम्मेदवार बैन बहादुर क्षेत्री पनि स्थानिय माटोमा चिनिएका उम्मेदवार हुन । तल्लो तह सम्मको सङ्गठन उनको भर हो । पार्टीबाट अन्तरघात नभए उनी बलिया छन । तर मतदाताले परिवर्तन साच्चिकै खोजेका हुन भने क्षेत्री पनि रेड जोनमा पर्नेछन । बिगतका चुनाव जितेकाहरुले गरेको कामको मुल्यांकन को प्रतिफल यो चुनावमा आउने अचुक अबसरको रुपमा लिइएको छ ।
काङ्ग्रेसका उम्मेदवार तिलक रानभाट मतदातामा खासै परिचित फेस होइन । उनी जिल्लाको राजनिती भन्दा राजधानी काठमाडौका मेनपावर ब्यबसायी हुन । धनाड्य नेताको रुपमा पर्चित रानाभाट काङ्ग्रेसका नयाँ सभापति गगन थापालाइ सहयोग गर्ने पात्र भएकै कारण टिकट हत्त्याउन सफल भएको काङ्रेस बृतमा चर्चा छ । कास्की काङ्ग्रेसका परिचित अनुहार कृश्न केसि , भानु ढकाल , कोपिला रानाभाट , गिरिराज गौतमलाई उछिन्नु जादुगरी नै भएपनी चुनाव जित्नु सहज रुपमा लिइएको छैन । गगन थापाले पनि प्रभावमा परेर टिकट दिएको यो नमुना बनेको भन्दै सोचे जस्तो अनुकुल तिलक रानाभाट्लाइ देखिन्न । पैसा खन्याएर चुनाव जित्ने रानाभाट पक्षको आशामा भरोसा गर्न नसकिने काङ्ग्रेस जनकै ठहर छ । तीन अङ्कको अन्तरमा तीन दलिय प्रतिस्पर्धालाई कास्की १ मा हेरिएको छ त्यसमा पनि सुर्य र घन्टी मध्य एकले बाजि मार्ने लगभग निश्चितै रहेको राजनीतिक बिश्लेषकहरु बताउछन ।

क्षेत्र न २
रश्मि आचार्य (सुर्य )- यो क्षेत्रमा एमालेका उम्मेदवार सुरुमा कृष्ण थापालाइ टिकट दिने निर्णय गरियो , तुरुप फालियो त्यसमा व्यापक मिडिया ट्रायल भयो । रातभरमा रश्मि आचार्य नामको अग्राख पलायो । जसरी मेयरको चुनावमा दिपक पौडेलको बिबाद झिकियो र कृष्ण थापालाइ टिकट दिइयो र थापालाई हराइयो त्यस्तै भएको छ अहिले । रश्मिलाइ पनि पार्टी भित्रैबाट हराउने गोप्य खेल नहोला भन्न सकिन्न । केन्द्र देखि चिरिएको पार्टी जिल्लामा पनि असर पार्ने देखिन्छ । युवा उम्मेदवार रश्मि बजारी क्षेत्रको मत पाउन अपेक्षाकृत कमजोर मानिन्छ । परिवर्तनको जनचाहना अर्को पेचिलो अस्त्र बनेर ठिङ्ग उभिएको त छ नै जेनजी आन्दोलनको दोष टाउकोमा बोकेको केन्द्रीय नेतृत्व र जिल्लाको युवा नेता बीच सिद्दान्त र ब्यबहारमा तादात्म्यता देखिन्न यद्दपी एमालेका रश्मि आफैमा दाग नलागेका बलिया उम्मेदवार भने हुन । उनी प्रतिस्पर्धाका एक सशक्त दाबेदार हुन ।
माधव बास्तोला मधु (रुख )- काङ्रेसका उम्मेदवार माधब बास्तोला सादगी पात्र हुन । दलिय कित्ता बिभाजन र प्रदेश सभापति सुक्रराज शर्माको आशिर्वादले टिकट प्राप्त गर्न सफल बास्तोला चुनाव लड्न चतुर खेलाडी भने होइनन । उनले चुनाबमा परिवर्तनका पक्षमा उभिएका मतदाता सङ्ग सामना गर्नुपर्ने देखिन्छ । एमाले र रास्वपाका युवा उम्मेदवार सङ्ग लड्नु उनको चुनावी कठिन छ । तारा चिन्हका आफ्नै सिमित भोट यताउती हुने सम्भावना कम भएकोले उनक्क लडाइ घण्टी र सुर्य सङ्ग रहेको छ । पार्टिका कार्यकर्तालाइ नबिझाएका भएपनी बास्तोला चुनावी तडक भडक गर्न पछाडी नै देखिन्छन जबकी चुनावमा त्यो मुख्य गुण मानिन्छ नेपालमा ।

उत्तम पौडेल (घण्टी )- क्षेत्र नम्बर २ मा रास्वपाबाट उम्मेद्वार बनेका उत्तम पौडेल पत्रकारिताको मैदान छोडेर आएका हुन । उनी परिवर्तनको नारा लिएर राजनीतिमा होमिएका छन । उनको प्रतिष्पर्धा एमाले र काङ्रेस सङ्ग हुनेछ । रास्वपाका सभापति रवि लामिछाने सङ्ग राम्रो सम्बन्ध भएका कारण टिकट पाउन सफल भएका पौडेललाई यो चुनाब किमत्तिलो छ । फिल्डमा नभिडेपनी राष्ट्रिय चर्चाको चुनाव चिन्हबाट निर्बाचन जित्नेमा उनी ढुक्क छन । राष्ट्रिय स्वतन्त्र पार्टी बैकल्पिक शक्तिको रुपमा स्थापित हुँदै गएकोले उनको सम्भावना अनुकुल रहेको जिल्लामा चर्चा छ । सुशासनका लागि उनले आफ्नो बिजयी सम्भावना बोकेका छन । कुमार खड्काको चुनाब क्षेत्र भएकोले पनि बलियो सम्भावना देखिन्छ ।

क्षेत्र न ३ –
दामोदर पौडेल बैरागी (सुर्य) , मनोज गुरुङ (रुख ) , बिना गुरुङ (घन्टी) बीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । यो निर्वाचन क्षेत्रमा दामोदर पौडेल पुराना उम्मेदवार हुन । यो क्षेत्र एमाले ,काङ्ग्रेस र माओबादि तीनवटैको प्रभाव क्षेत्र हो । ३५ बर्ष सम्म यिनै तीन दलको वरिपरि घुमेको ३ नम्बर क्षेत्रमा टक्कर दिन रास्वपा आएको छ । पौडेल पुराना उम्मेदवार हुन , उनको पालामा खासै परिवर्तन र बिकास नभएको जन गुनासो रहेको छ त्यसको फाइदा उनको प्रतिष्पर्धि नेकाका मनोज गुरुङ प्रबल दाबेदार हुन ३ नम्बरमा । जीवनभर राजनीति गरेका भुगोल र मतदातासङ्ग परिचित मनोज सम्भावना बोकेका पात्रको रुपमा लिइएको छ । माथिल्लो ग्रामिण क्षेत्रमा उनको पक्कड राम्रो छ ।
बिना गुरुङ रास्वपाको उम्मेदवार हुन । उनको परिचय खासै जनस्तरमा सहज छैन । तर परिवर्तनमा आशा गरेका मतदाताले घन्टी चिन्हलाइ माया गर्ने र जिताउने उनले आशा गरेकिछिन । गुरुङ बाहुल्यता रहेको ३ नम्बर क्षेत्रको भोट मनोज गुरुङ र बिना गुरुङ्मा बाडिने र आफ्नो पल्ला भारी हुने दामोदरले आशा गरेका छन । दलित मत पनि राम्रो रहेको यो क्षेत्रमा उनिहरु निर्णायक देखिन्छन । रास्वपा समानुपातिकमा परेकी बिष्णु गुरुङ एकताले सकृयता देखाएको कारण तमुस्यो र परिवर्तनको मत एकोहोरिन गै बिना गुरुङले जित्न सक्ने उतिकै सम्भावना रहेको चर्चा चलेको छ । उम्मेदवारको अनुहार हेर्नेकी पार्टिको नीति र चुनाब चिन्ह हेर्ने भन्ने बहसको बिषय बनेको छ ।
नेपालका तीन ठुला दलले प्रधानमन्त्रीको नाम घोषणा गरेर चुनावमा होमिएका छन । जेनजी आन्दोलन ताका गठजोड गरेका सरकारका दल एमाले काङ्ग्रेस सभापती केपि ओलि र गगन थापा अनि रास्वपाका बालेन शाह बीचको चुनाब हो यो । मतदाताले परिवर्तन खोज्छन या पुरानै स्वीकार्छन भन्ने कुरा २१ गते थाहा हुनेछ प्रतीक्षा गरौ ।

प्रतिक्रिया दिनुहोस्