सराङ्कोट फलो अप
पोखरा १६ को दीप स्थित मुलसडकमा सडक मापदण्ड मिचेर अबैध पर्खाल निर्माण भैरहेको छ । बिबादित लिचिघारी जग्गा धनी इन्द्र गौचन , राजेन्द्र गौचनले करिब २ सय फिट लामो पर्खाल लगाउने काम भैरहेको छ । जग्गाधनीले कानुन मिचेर स्वीकृति नलिइ मापदण्ड मिचेर पर्खाल लगाएकाछन ।
पुरानो पर्खाल भत्काएर सडकको फुटपाथ मिचेर कानुनले तोके भन्दा अल्को पर्खाल निर्माण गरेर पैदलयात्रीमाथी जोखिम बढाएका छन ।
पोखरा महानगरपालिकाले कानुन बनाइ २०८० फागुन २१ मा जारी गरेको भवन तथा पुर्बाधार निर्माण सम्बन्धि राजपत्रको मर्म र भावना बिपरित हुनेगरी मुलसडकको फुटपाथमा सटाएर पर्खाल निर्माण भैरहेको छ । कानुनमा सडकको मापदण्ड (ROW ) छोडेर वडाबाट स्वीकृति लिएर मात्र पर्खाल निर्माण गर्न पाउने ब्यबाथा छ । कानुनमा पर्खाल ४ फिट अग्लो मात्र बनाउन पाउने उल्लेख छ तर गौचन परिवारले ६ फिट अग्लो पर्खाल लगाएकाछन ।

यसरी गैरकानुनी पर्खाल लगाएको जन गुनासो आएपछी सराङ्कोट मिडियाले समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन पश्चात् अख्तियार कार्यालयले छानबिन अघि बढाउदै प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गर्ने सम्बन्धमा महानगरपालिकालाई मिति २०८२ फागुन ११ गते पत्राचार गरेको थियो । महानगरले पत्र पाए लगत्तै वडा नम्बर १६ कार्यालय , निरिक्षण शाखा , पुर्बाधार शाखा लाई पत्र लेखी विवरण माग गरेको थियो ।
अख्तियारको फागुन १ गतेको निर्णय बमोजिम भएको छानबिन र पत्राचरलाइ वडा कार्यालयले बेवास्ता गरेको फाइदा उठाउदै जग्गा धनी गौचन परिवारले पर्खाल निर्माण कार्यलाइ अघि बढाएको छ । निर्वाचनको बिदाको मौका छोपेर गैरकानुनी पर्खाल लगाइएको हो ।
अख्तियारले छानबिन गरेको बिषय नटुङ्ग्याइ बिदाको मौका छोपेर किन कम गरेको भन्ने सराङ्कोटको जिज्ञासामा जग्गाधनी राजेन्द्र गौचनले वडा कार्यालयले काम गर्न भनेको बताए । कानुन मान्न पर्दैन ? उनले भने “गोजिको कानुन किन मान्ने “।
गौचनको अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिएको छ । मुल सडकमा जोखिमपूर्ण र मापदण्ड बिपरित पर्खाल सरचना निर्माण गरिदा त्यसबाट पैदलयात्रुले जोखिम ब्यहोर्नु पर्ने निस्चित छ । कानुन कार्यान्वयन गर्ने निकाय ,स्थानीय ( वडा) सरकारले नागरिकको गुनासो र कानुनको कार्यान्वयन गर्न जरुरी छ भने अख्तियारले गरेको छानबिन अटेर गर्ने कार्यमा क कसको मिलेमतो छ त्यसले पनि जिज्ञासा रेज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्