२०८२ चैत्र २
०६१४४५०००, ९८५६०३३३९१

नेपाल रेडक्रस सोसाइटीले सदस्यता खुलायो चैत्र २४ गते सम्म सदस्यताको आबेदन दिन पाइने

नेपाल रेडक्रस सोसाइटीले आफ्नो सदस्यता वितरण अभियान सुरुभएको एक सूचना मार्फत सार्वजनिक गरेको छ। सो अभियानअन्तर्गत इच्छुक नेपाली नागरिकहरूलाई समाजको सदस्य लिनको लागि अवसर दिइएको छ। यसबारे जानकारी दिँदै नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय कार्यालयले सदस्यता वितरण अभियान मिति २०८२ फागुन २६ देखि चैत्र २४ सम्म एक महिना सञ्चालन हुने जनाएको छ।
सोसाइटीले फागुन २४ को निर्णय अनुसार फागुन २६ गते जारी गरेको सूचनामा जनाइए अनुसार अभियानमा इच्छुक व्यक्तिहरूले आफ्नो नजिकको पालिका, जिल्ला वा प्रदेश कार्यालय मार्फत सदस्यता लिन सक्ने छन्।नया सदस्यताका लागि साधारण सदस्यको लागि ६ सय रुपैयाँ र आजिवन सदस्य बन्न २ हजार ६ सय र बिशिस्ट सदस्यको लागि ५० हजार रुपैयाँ तोकिएको छ । सदस्य बन्ने प्रक्रिया सरल र पारदर्शी बनाएको छ ।
रेडक्रस सोसाइटीले अभियानको उद्देश्य, मूल्य तथा आदर्शलाई आत्मसात गर्दै, सदस्यता प्राप्त गर्ने इच्छुक व्यक्तिहरूलाई पालिका, जिल्ला, प्रदेश र केन्द्रिय कार्यालयमार्फत सुविधा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ। यसरी प्राप्त सदस्यताले सोसाइटीको मानवीय सेवा तथा राहतकार्यमा सक्रिय सहभागितालाइ सुनिश्चित गर्नेछ।
सदस्यता आबेदन सम्बन्धी कार्य र सम्पर्कका लागि नेपाल रेडक्रस समाजका विभिन्न पदाधिकारीहरूलाई सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ। उनीहरूमध्ये रेडक्रसका केन्द्रिय महामन्त्री श्री मिनबहादुर मल्ल, निर्देशक श्री विपुल न्यौपाने, र प्रशासकिय अधिकृत श्री रमा ढकाललाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरेकोछ।


नेपाल रेडक्रस सोसाइटीले यो सदस्यता अभियानमार्फत समाजको पहुँचलाई अझ सशक्त बनाउने र मानवीय सेवा तथा आपतकालीन राहत कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्य राखेको छ। यसले जनचेतना बढाउने साथै स्थानीय स्तरमा रेडक्रसको काममा समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
कुनै पनि नेपाली नागरिक जुनसुकै उमेर वा पेशाभन्दा स्वतन्त्र रूपमा सदस्य बन्न इच्छुक ब्यक्तिले अभियानको अवधिभर चैत्र २४ गते सम्म सदस्यता लिनका लागि नजिकको रेडक्रस कार्यालय वा सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
नेपाल रेडक्रस सोसाइटीको सदस्यता अभियानले देशव्यापी मानवतावादी सेवाको क्षेत्रमा नागरिकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने अपेक्षा राखिएको छ। यस अभियानमार्फत सदस्यहरूले स्वास्थ्य, आपतकालीन राहत, सामाजिक सेवाका कार्यक्रमहरूमा योगदान पुर्‍याउने अवसर पाउनेछन्।
रेडक्रसको ससोधित बिधान २०८२ ले सदस्यता बितरणमा सहज बनाएको रेडक्रस सोसाइटी गन्डकी प्रदेश अध्यक्ष सुर्य प्रसाद ढकालले बताए । यस अघि सदस्यता प्रदान गर्दा राजनितिक आस्थाका आधारमा दिने त्यसको लागि दलिय भागबण्डालाई आधार मानिन्थ्यो । जिल्ला शाखा र उपशाखाहरुको चुनाव हुदा दलिय दबदवाले काम गर्थ्यो र जिल्लामा हुने चुनाव पनि दलिय अस्तित्वको लडाइ हुदै आएको थियो । अहिले खुल्ला गरिएको सदस्यबाट जो आएपनि निर्वाचनमा भाग लिनेलाई दलिय आबद्दताबाट अलग राख्न निर्वाचन आयोगले बनाउने आचारसंहितामा कडाइ गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्