चैत्र १६ गते सोमबार दिउसो नेपाल रेडक्रस सोसाइटी कास्की शाखामा अग्रज रेडक्रस कर्मिहरुको चहलपहल देखिन्थ्यो । सुकिला मुकिला र चिरिच्याट्ट परेर आउ-जाउ भैरहेको थियो । मानौ कुनै उत्सवको तयारी थियो त्यो । चहलपहल कुनै उद्दार , राहत र बिपत ब्यबस्थापनको तयारीमा थिएन थियो त केबल एक हप्ता लामो घुमफिर भ्रमण कार्यक्रमको ।
हो रेडक्रस कास्की शाखाले आफ्ना पदाधिकारी तथा सदस्यहरुको लागि एक हप्ते घुमफिरको प्रबन्ध मिलाएको थियो १६ गते सोमबार देखि २२ गते सम्मको । एक हप्ता लामो घुमफिरको लागि रेडक्रसले बार्षिक साधारणसभा बाटै खर्च पानीको लागि ३ लाख रुपैयाँ बजेट छुट्टयाएको थियो । रेडक्रस कास्कि जिल्ला कार्यसमितिका सभापति उर्मिला खड्का भन्डारीको नेतृत्वमा २४ सदस्यीय भ्रमण दलमा जिल्ला कमिटिका उपमन्त्री डिल्लिराम बराल र उप कोषाध्यक्ष कालिदाश सापकोटा बाहेक पुरै समिती गएको छ । कर्मचारीबाट अर्जुन ज्ञवाली , महेन्द्र केसि , सूचना अधिकारी नवराज भन्डारी र इन्दु थापा, बिन्दु शर्मा पराजुली र केन्द्रीय गोदाम इन्चार्ज लक्ष्मण कोइराला सहित २४ जनाको टोलि सोमबार अपरान्ह घुमफिर यात्रामा निस्किएको छ ।
रेडक्रस कास्किले सोमबारदेखि सुरु गरेको भ्रमण दलले नेपालको बाके , कैलाली र कन्चनपुरका रेडक्रस शाखा अबलोकन गर्ने बताएका छन । नेपालका जिल्ला शाखाको अबलोकन गर्ने बताइएपनी खास भ्रमण छिमेकी राष्ट्र भारतका पर्यटकिय क्षेत्र नैनिताल र हिन्दुहरुको मुख्य तिर्थस्थल हरिद्वार सम्मको भ्रमण तय गरिएको भ्रमण दलका सदस्यहरुले बताएकाछन ।

रेडक्रस बिध्यार्थिको खाजाको पैसा कटाएर जम्मा गरेको र दाताको चन्दा सहयोगबाट चल्ने मानवताबादी पवित्र सामाजिक सस्था हो । कुनै पनि खालको बिपतमा उद्दार गर्नु रेडक्रसको मुल कर्तब्य हो । रेडक्रसको कोष भै परि आउने बिपत र उद्दारमा खर्च गर्नु र अरुले गरेका असल अभ्यासको अनुकरणमा जुट्नुपर्ने ठाउँमा खर्चिनुपर्छ भन्ने मुल मान्यता राख्छ । तर कास्की रेडक्रस थोपा थोपा टिपेर जम्मा भएको कोष , बिरामिलाइ रगत बेचेर , बिध्यार्थिको खाजा खर्च कटाएर जम्मा भएको कोषलाई बार्षिक साधारणसभा बाट बजेटै छुट्टयाइ मन्दिर तिर्थ स्थल र पर्यटकिय गन्तब्यको भ्रमणमा खर्च गर्दै आएको बिषयलाइ कतिपय अग्रज रेडक्रस कर्मिले निको मानेका छैनन । उनिहरुले यो घुमफिरजन्य कार्यक्रममा रेडक्रसको पैसा खर्च गर्न नहुने बताउछन । भ्रमणमा खर्च गरेको ३ लाखले बिपतका घडिमा राहत सामग्री दिन सकियो भने त्यसले ठूलो उद्दार र मानवताजन्य कार्य सफल बनाउन सकिने बताउछन ।
के भ्रमण आवश्यक हो त ? यसलाइ पनि हामिले नेपालका रेडक्रस क्षेत्रमा योगदान गरेका अग्रजहरुको राय लियौ । उनिहरु भन्छन बिशेष अबस्थामा उद्दार पनि हुने , नया र असल अभ्यास पनि सिक्ने ठाउमा सानो र प्रतिनिधिमुलक ढङ्गले जान सकिने अग्रजहरुको धारणा छ । यो त जिल्ला कमिटिको मनोमानी हो पावरमा हुदा जेपनी गर्न सकिन्छ भन्ने सोचको उपज हो ।
कास्की रेडक्रसले भ्रमणको कभरमा उद्दार कोषको गलत प्रयोग गरेको छ भन्ने हरुलाइ यो गतिविधिले प्रमाणित गरेको छ । ३ लाख होइन ३ हजार पनि उद्दारमै खर्च गर्न आवश्यक रहन्छ । रेडक्रसको सिद्दान्त अनुसार व्यबहार गर्न घुमफिर होइन पिडितको घाउमा मल्हम लगाउनुपर्छ त्यसले मात्र रेडक्रसले सार्थकता पाउने जानकारहरुको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्