२०८३ बैशाख २
०६१४४५०००, ९८५६०३३३९१

बिमा डुबाउने खेलमा प्रहरिको मेल , यता मापसे कारबाही, उता बिमाको सिफारिस !

यदुनाथ बन्जारा

मापसे गरि टिल्ल भएको चालकले चलाएको सवारीबाट भएको दुर्घटनाको क्षतिपूर्ति दावी न बिमा कम्पनीले दिन मिल्छ न यातायात व्यावसायि समितिलेनै दिन्छन । तर राज्यका जिम्मेवार निकायले चाहे भने जस्तो सुकै अबस्थामा घटना घटाएपनी बिमा दावी लिएरै छोड्छन यातायात ब्यबसायीहरुले । निर्जिवन बिमा कम्पनिहरको आफ्नो अनुसन्धान फितलो हुने र त्यही फितलो पनको फाइदा उठाएर प्रहरिले नक्कली कागज बनाएर दिने गरिदा सडकमा अराजकता मौलाएको छ भने बिमा कम्पनिहरु गैरकानुनी भुक्तानी दिएर बिमा कम्पनी नै डुवाउने गतिबिधिमा लागेको पाइएको छ ।
धेरै यस्ता अस्वभाविक घटना ,दुर्घटनाहरु प्रहरी , बिमा कम्पनी र दुर्घटना गराउने चालक र साहुको त्रिपक्षिय मिलापले साटाकसुटुक मिलाइन्छ । ती मध्य केहि मात्र त्यस्ता दुर्घटनाका केशहरु मिडिया सम्म आइपुग्छन । आएका प्रकरणहरु रहस्यमय लाग्छन । सत्यतथ्य बुझ्न र प्रमाण जुटाउन धेरै पापड पेल्नुपर्ने हुन्छ । नपत्याउदा लाग्ने केशहरु राज्यका जिम्मेवार निकाय मानिने प्रहरीका हातबाट काम तमाम पारिएका हुन्छन ।
एउटै जिल्लामा रहेका दुई प्रहरी कार्यालयमा दुई थरी कार्यशैली अपनाएर व्यबहार गरिन्छ भन्ने कुरा पत्याउनै सकिन्न तर पत्याउनै पर्ने भएको छ । हामिले प्रमाण जुटाएर यो रिपोर्ट तयार पार्दै छौ । टिल्ल मापसे गरेर गाडी दुर्घटना गराउने चालकका चालक र साहुले कसरी प्रहरिको चित्त बुझाएर क्षतिपूर्ति बिमा दावी लिएरै छाडे भन्ने कुरा यहाँ पेश गर्दै छौ ।

दुर्घटना  बिबरण यस्यो थियो –

२०८२ साल पुषको २१ गते झिसमिसे बिहान मुग्लिन तर्फबाट आएको लोड मालबाहक ट्रक डुम्रेको बिमलनगरमा झ्याप्प रोकिन्छ । नारायणी यातायात प्रालि हेटौंडाको समितिमा दर्ता रहेको म प्र ०३-००२-ख ४२२५ नम्बरको उक्त ट्रक चालक दलबहादुर कार्किले चलाएका थिए । ट्रक भन्दा केही पछाडि मुग्लिन तर्फबाट आएको बा -प्र – ०३-००१-ख २५०७ नम्बरको यात्रु बस आइरहेको थियो । अगाडी रोकिएको ट्रक अनियन्त्रित भै ब्याक भयो र बसको अघिल्लो भागमा ठोक्कियो । बस पृथ्वी राजमार्ग कम्पनिमा आबद्द थियो ।
घटना यहि हो । डुम्रेमा रहेको ट्राफिक प्रहरी , र प्रहरी चौकीमा रहेका जनपथ प्रहरीको सयुक्त टोलि घटनास्थल पुगेर अनुसन्धान गरे । ट्रक चालक दल बहादुर कार्की टिल्ल मादक पदार्थ सेवन गरेको अबस्थामा थिए , उनलाइ नियन्त्रणमा लिइयो । ट्राफिकले ब्रेथलाइजर ल्याएर चेक गर्दा मापसे (अल्कोहल) पोजेटिभ देखियो । उनलाइ चिट लेखेर राजस्व तिर्न र मापसेको क्लास लिन दमौली जाने चिट थमाइयो । ट्रक चालक कार्किले २०८२ पुस २७ गते जिल्ला ट्राफिक कार्यालय दमौली गएर मापसे बिरुद्दको सचेतना कक्षा पनि लिए मापसे गरेर गाडी चलाएको आरोपमा ५ सय जरिवाना पनि तिरे । मापसे गरि लापरबाही पुर्बक दुर्घटना गराएको भन्दै ट्रक धनी आकास बस्यालले चालक दल बहादुर कार्किलाई चालकबाट हटाएको बताए ।
दुर्घटनाबाट क्षती पुगेको वा प्र ०३-००१-ख २५०७ बस धनी रघुनाथ सेढाइ र ट्रक धनी आकास बस्यालको सहमतिमा पोखराको चाउथेमा रहेको चन्दनको ग्यारेजमा गाडी मर्मत गरियो । करिव १ लाख १० हजार रुपैयाँ खर्च भएको र मापसे चालकलाइ हटाइएको ट्रक धनी आकास बस्यालले हामिलाइ बताए ।

ट्राफिकमा राजस्व ! जनपदलाइ खाजस्व !!

यो दुर्घटना सङ्ग जोडिएको बिमाको भुक्तानी रहस्यमय छ । मापसे गरेको चालकले गराएको सवारी दुर्घटनामा बिमा कम्पनिबाट क्षती भुक्तानी लिइएको छ । यो बिमा पोलिसी बिपरित कार्य हो । ट्रकको तर्फबाट बिमा गरिएको सलिको बिमा कम्पनिले बस मर्मत खर्च बापत करिव १ लाख ३० हजार बिमा दावी भुक्तानी लिइएको ट्रक चालकको भनाइ छ । चन्दन ग्यारेजमा १ लाख १० हजार बुझाएको ट्रक मालिक बस्यालले बताए । बिमाबाट २० हजार बढी बिल स्वीकृत भै भुक्तानी भएको छ । ग्यारेजले पनि बिमा ठग्न बढि बिल बनाएको खुल्यो । फाइदा त्यही ट्रकले पाएको छ ।
डुम्रेका ट्राफिक सहायक प्रहरी हवल्दार रमेश अर्यालले दुर्घटना स्थलमा ब्रेथलाइजर बाट मापेसे चेक गर्दा अल्कोहल पोजेटिभ आएपछी जरिवाना तिर्न दमौली पठाएका थिए । पुस २७ गते ५ सय जरिवाना तिरेको र मापसे सचेतना कक्षा लिइएको भएपनी माघ ८ गते इलाका प्रहरी कार्यालय आबु खैरेनिले दुर्घटना प्रमाणित पत्र दिइएको तथ्य पाइएको छ । इप्रका आबुखैरेनीका प्रहरी निरिक्षक प्रदिप सुबेदीले हस्ताक्षर गरेको दुर्घटना जानकारी सम्बन्धमा शिर्षकको च न १८२३ मिति २०८२/१०/०८ को पत्रमा दुर्घटना गराउने चालकले मापसे गरेको कुरा लुकाइएको छ । मापसे लुकाएर दिएको पत्रका कारण सलिको इन्स्योरेन्सले दुर्घटना बिमाको नीति बिरुद्द बिमा दावी भुक्तानी गर्न बाध्य भएको पाइयो ।
ट्राफिक प्रहरिले तत्काल गरेको जाचमा मापसे प्रमाणित भएको र जरिवाना समेत काटेको केशमा इलाका प्रहरी कार्यालय आबुखैरेनीले मापसे लुकाउने कार्यमा प्रहरी चौकी डुम्रे सङ्गको मिलेमतो हुनसक्ने बस्तुस्तिथिले पुष्टि गराएको छ । डुम्रे प्रहरी चौकिले उक्त दुर्घटना केशमा माघ ७ गते दुबै पक्ष बीच मिलापत्र गराइएको थियो । त्यही मिलापत्र कागजलाइ आधार बनाएर माघ ८ गते आवुखैरेनिले मापसे लुकाएर दुर्घटना प्रमाणित कागज दिएको खुलेको छ । लाइन मिलाइ मिलाइ डुम्रे प्रहरी र इप्रका आबुखैरेनिले मापसे लाई सुनपानी छर्केर चोख्याइदिएकाछन । उक्त ट्रक र चालक ५ पटक कारबाही परिसकेको अभिलेखबाट पुस्टि हुन आएको छ

प्रहरी प्रमुखमा प्रनानी बिजयनाथ याबव छन । यादव दोस्रोपटक डुम्रेमा कार्यरत छन उनको दरबन्दी गुल्मी हो । पुस २१ गते भएको उक्त दुर्घटनामा डुम्रे प्रहरी पुरापुर जानकार रहेको छ । मापसे चालक दल बहादुर कार्किले चलाएको ट्रक ब्याक गएर बसलाइ क्षती पुर्याएको र मापसेमा जरिवाना तिरेको तथ्य राम्रै सङ्ग बुझेका थिए तर ट्रक चालक र ट्रक साहुले खुसामद गरेपछी डुम्रे प्रहरिले प्रकरणलाई ट्विस्ट गरेको थियो । मापसे चालकबाट घटेको दुर्घटनाको बिमा दावी भुक्तानी कसरी पाउनुभो त ? हाम्रो जिज्ञासामा ट्रक मालिक आकाश बस्यालले आफ्नो चालकले डुम्रे प्रहरिको माग बमोजिम तेल हाल्ने बजेट दिएर कागज मिलाएको बताए , बजेट चौकी आसपासको खाजा घरमा दिएर छोड्ने गरेको पनि खुलेको छ तर पुष्टि हुन बाकी छ । डुम्रे प्रहरिको चित्त बुझाएपछी डुम्रेको लाइन इप्रका आबुखैरेनी सम्म मिलेको कारण बिमा दावी भुक्तानी लिन मिल्नेगरी दुर्घटना प्रमाणित कागज बनेको र सोही बमोजिम बिमा भुक्तानी भएको खुलेको छ ।
बिमा पोलिसिले प्रहरी रिपोर्ट र मिलापत्र कागजलाइ भुक्तानिको मुख्य आधार मानेको छ । बिमा नीति अनुसार सवारी चालक अनुमतिपत्र नभएको र मापसे लापसे गरेका चालकबाट भएको दुर्घटनामा बिमा दावी भुक्तानी हुदैन एक बिमाका जानकार कर्मचारीले बताए तर प्रहरी अधिकृतबाट हुने मिलेमतोका कारण लाइसेन्स नभएको चालक फेर्ने देखि मापसे रिपोर्ट लुकाउने सम्मको गतिबिधिले दिने कागजका कारण बिमा डुबाउने कार्य हुँदै आएको पाइन्छ । भ्रष्टाचारमा शून्य सहनशीलता दावी गर्ने प्रहरी बाटै अनियमित बाटो समाएर फरक रिपोर्ट दिने कार्य गरिदा सार्बजनिक लगानिका बिमा कम्पनी डुबाउने खेल हुनेगरेका छन ।
एकै ठाउको एउटै घटनामा ट्राफिक र जनपद प्रहरीको कार्यशैली परस्पर बिरोधी नतिजा आउने खालका हुनु बिडम्बनाको बिषय हो । ट्राफिक प्रहरिले गरेको चेकमा मापसे दुर्घटना हुने जनपदले गर्दा मापसे नभै सामान्य दुर्घटना हुने रोगले सुशासन कहिले सम्म थला पर्ने ? कतै दुर्घटनालाइ सामान्य बनाउन ब्याक डेटको मेडिकल रिपोर्ट त बनाइएको छैन ? रहेछ भने अचम्म मान्नु नपर्ने स्रोतको दावी छ ।
राजमार्गमा प्रहरिको कार्यशैली कहिले सुध्रने ? रिस्वत नलिइकन असल पुलिसिङ गर्न गुल्मि दरबन्दीका प्रनानी बिजयनाथ यादव दोस्रोपटक डुम्रे आएका हुन कि लाइन मिलाएर बिमा डुबाउन ? इप्रका आवुखैरेनीका इन्चार्ज प्रनि प्रदिप सुवेदीलाई राजमार्गको दुर्घटनाको यथार्थ रिपोर्टिङ नभएको होकि लाइन मिलेर आँखा चिम्लेको यी बिषय प्रहरिको तालुक अड्डाले गर्ने अनुसन्धानबाट खुल्ने नै छ । बिमा कम्पनी डुवाउने गरि हुने चुहावट , फर्जी प्रमाणित र मिलेमतोमा प्रहरिको भुमिका निस्पक्ष र पारदर्शी हुन सक्यो भने नक्कली चालक देखि मापसे लापसेका कारण हुने सडक दुर्घटना स्वत न्यूनीकरण हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्