२०८३ बैशाख ८
०६१४४५०००, ९८५६०३३३९१

रेडक्रसका सबै समितिहरु पुरै खारेज , नयाँ चुनावको घोषणा , दलमुक्त रेडक्रस बन्ने अभियान सुरु

नेपाल रेडक्रस सोसाइटी संघीयताको फ्रेममा आएको छ । पुरानो रेडक्रस कार्यसमिति  माथी देखि तलसम्म पुरै खारेज भएको छ । रेडक्रसले ससोधित बिधान २०२० लाइ संशोधन २०८२ ले मुर्त रुप लिन थालेको छ ।  कार्यान्वयनमा  तदारुकता  देखाएको छ । रेडक्रसले गरेको परिपत्र बमोजिम  नेपाल रेडक्रस सोसाइटीले कास्कीमा पालिका स्तरको संरचना निर्माण भै पदस्थापन समेत भइसकेको छ । रेडक्रसको विधान २०२० (संशोधित २०८२) अनुसार सबै पालिका शाखामा तदर्थ समिति गठन भएको हो ।
रेडक्रसमा राजनितिक दलको हालिमुहाली भएको सप्रमाण  खबर  आइ एफ आर सि जेनेभा सम्म पुगेपछी केन्द्रिय अध्यक्ष देखि पदाधिकारी समेत निलम्बन  कारबाहिमा परेका थिए । त्यस पछि सरकारलाइ कि सुधार गर कि खारेज भन्ने चेतावनी  दिएपछी नेपाल सरकारले पुरानो केन्द्रिय समिती बिघटन गरि तदर्थ समिती बनाएको थियो । त्यही समितिले बिधान संशोधन गरेको थियो ।

        ससोधित बिधान बमोजिम देशभरी नयाँ चुनाव हुने सर्कुलर जारी भएको छ । बैशाख ४ गते बसेको केन्द्रिय समितिको बैठकले गरेको निर्णय अनुसार यहि बैशाख २६ देखि जेष्ठ ४ गते सम्म देशभरका पालिका समितिको चुनाव हुनेछ । यस्तै जिल्ला कमिटीको चुनाव  जेष्ठ १५ गते र प्रदेश कमिटिको असार २ गते को लागि तोकिएको छ । केन्द्रिय समितिको चुनाव असार २४ र २५ गते गर्नुपर्ने भएको छ ।
यस अघिका समिति आधारभूत सिद्दान्त बिपरित गै राजनितिक दलको सक्रिय पद जिम्मेवारीमा रहेका ब्यक्ती समेत रेडक्रसको उपशाखा देखि केन्द्र सम्मको  विभिन्न पदमा बसेको भन्दै चर्को आलोचना भएको थियो । पार्टीको भागबन्डामा लाग्ने ,  राजनिति र रेडक्रस  दुबैमा सक्रिय लाग्ने कार्य आगामी चुनावले आरपार गर्ने अपेक्षा गरिएको छ ।   राजनितिक पार्टी , कुनै संघ सङ्ग्ठनको पदाधिकारी वा सदस्य पदमा भएका ब्यक्तिले राजिनामा दिएर मात्र आउने गरि स्वघोषणा गरिनु  तठस्तथाको लागि उत्तम हुने अपेक्षा गरिएको छ भने दलका नेता कार्यकर्ताहरुमा छट्पटी बढेको छ  ।

प्रतिक्रिया दिनुहोस्