२०८३ बैशाख १३
०६१४४५०००, ९८५६०३३३९१

घरघरमै राहदानी पुर्‍याउने सेवाको शुभारम्भ अन्नपुर्ण गाउँपालिका बाट

बालेन सरकारले सरकार गठन भएको भोलिपल्ट चैत्र १४ गते घोषणा गरेको शासकीय सुधारका सय बुदाको कार्यान्वयन सुरु भएको छ । सेवाग्राहीले पाउने सेवालाइ घर घरमा पुर्याउने कार्यलाइ मुर्त रुप दिदै कास्की प्रशासनको अग्रसरतामा राहदानी घरमै पुर्याउने कार्यको शुभारम्भ गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार जारी गरिएको शासकीय सुधारका एक सय कार्यसूचीको वुदाँ नं २७ मा उल्लेखित सरकारी सेवालाई घरमै उपलब्ध गराउने व्यवस्थाको कार्यान्वयनका क्रममा जिल्ला प्रशासन कार्यालयबाट वितरण भईरहेको राहदानीलाई हुलाक निर्देशनालय पोखरा मार्फत अन्नपूर्ण गाउँपालिका कास्कीको समन्वयमा अन्नपूर्ण गाउँपालिकाका हुलाक कार्यालय मार्फत अन्नपूर्ण गाउँपालिका वडा नं ०२ की तारा ढुङ्गाना भण्डारी पहिलो सेवाग्राही र सोही पालिका वडा नं ०१ निवासी गीता अधिकारी दोश्रो सेवाग्राहीलाई प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्मा र गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के.सी.बाट घरमै पुगी वितरण गरि राहदानी घरमै पुर्‍याउने कार्यको शुभारम्भ गरिएको थियो ।


हुलाक सेवाको सुदृढिकरण गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा हुलाक सेवा पुर्‍याउन, समयमै चिठी, पार्सल तथा कागजात पुर्‍याउने विषयमा छलफल भई पालिकाबाट समन्वय गर्ने प्रतिवद्धता व्यक्त भयो । हाललाई राहदानी घरमै पुर्याउने कार्यमा हुलाक कार्यालयले पार्सल सेवा पुर्याउने छ । सेवाग्राहीको इच्छा बमोजिम घरमै पुर्याउने कि लिन आफै आउने भन्ने छनोट गर्न दिने र घरमै पुर्याउने भएमा हुलाक पार्सल बापत रजिस्ट्री शुल्क लिन सकिने गरि कार्य अगाडि बढिरहेको बताइएको छ । त्यसो भएमा सुक्दै गएको हुलाक सेवाले कामको चाप बढ्ने अपेक्षा गरिएको छ । एउटा पासपोर्ट घरमा पुर्याउन जम्मा ५५ रुपैया हुलाक रजिस्ट्री शुल्क लाग्ने हुलाक निर्देशनालयका निर्देशक नारायण आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्