२०८३ बैशाख १७
०६१४४५०००, ९८५६०३३३९१

३५ दिने सूचनाले यता के गर्ला ? पोखराका वडा अध्यक्ष नै सरकारी जग्गा कब्जा गरि सुकुम्वासी बनेपछी …..!!

पोखरा महानगरपालिकाका वडा अध्यक्ष नै सरकारी जग्गा अतिक्रमण गरेर सुकुम्वासी बस्तिमा बसेका छन भन्दा जो कोहिलाइ पत्याउन मुस्किल पर्छ । सरकारी तथा सार्वजनिक जग्गा सरक्षण गर्नुपर्ने वडा अध्यक्ष नै सार्वजनिक जग्गा हडपेर बसेका ठाउमा नागरिकलाइ कसले सम्झाउने बुझाउने र नियमन गर्ने ?
तर पोखरा महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ यस्ता जनप्रतिनिधि हुन जो आफै सार्वजनिक  जग्गामा सुकुम्बासी बनेर बसेका छन । तर उनी अध्यक्ष पदमा जितेपछी सार्बजनिक जग्गामा सुकुम्बासी बनेका भने होइन । गुरुङ २०७९ सालको स्थानिय चुनावमा एमालेबाट २९ नम्बर वडाको अध्यक्षमा बिजयी बनेका हुन । वडा अध्यक्ष गुरुङ २०४६”सालको प्रजातन्त्र प्राप्ती लगत्तै साबिक लेखनाथ नगरपालिकाको भन्डारढिकको सार्वजनिक चौरमा घर बनाएर बसेको श्रीप्रसाद गुरुङले बताए । ४६-४७ सालतिर भन्डारढिकमा सार्वजनिक चौरमा आइ बसेपनी २०३२ -३३ साल तिर आफ्नो परिवार हालको पोखरा २३ पन्चासे सिदानेबाट पोखरा झरेको गुरुङले बताए ।
झन्डै ३५ बर्ष अघिबाट सुकुम्बासीको रुपमा बसेको दावी गरे पनी गुरुङले जग्गाधनी पुर्जा भने पाएका छैनन । उनको दल नेकपा एमाले पटकपटक सरकारमा गयो , सुकुम्बासी समाधान आयोग बनायो तर समस्या समाधान किन भएन त ? गुरुङ भन्छन “मलाइ त २०५२ को आयोगले पुर्जा लिन भनेको थियो तर मैले लिइन ” आफू वडा अध्यक्ष भएपछी गङ्गा पोखरेल कास्किका भुमी आयोगको अध्यक्ष हुदा पनि पुर्जा लिन भनेका थिए तर नागरिकहरुले नलिइ म लिन्न भनेर नलिएको उनले भने ।

गुरुङ सहितले ओगटेको जग्गाको गुगल म्याप


गुरुङका अनुसार उनले भन्डारढिकको नेपाल आदर्श स्कुल सामुन्ने आगाडीको साढे २ रोपनी जग्गा आफुले ओगटेका छन । त्यस जग्गामा वडा अध्यक्ष गुरुङले पहिला होटल चलाएका थिए अहिले सिरिशको फुल नामको मन्टेस्वरी सन्चालनको लागि दिएकाछन । आफन्तलाइ दिएको गुरुङले भने पनी भाडामा दिएको बुझिएको छ । उक्त जग्गा वडा अध्यक्ष गुरुङको आमाको नाममा सुकुम्बासी जग्गा प्राप्तिको प्रकृयाको लागि निवेदन दिएको भएपनी परिवार त्यही बस्दै आएकाछन ।
पोखराको २९ नम्बर वडामा भन्डारढिक क्षेत्र राजमार्ग सङ्ग जोडिएको मुल्यवान जग्गा हो । भन्डारढिकका बहुमुल्य जग्गा सुकुम्वासीको अतिक्रमणमा परेको छ ।सार्वजनिक चौर , चौतारी ,नहर कुलो पैनी , खोला घाटको जग्गा मिच्न गाउँ पहाडका खेतबारी बाझो राखेर सहर झर्ने रोग २०४७ सालको प्रजातन्त्र आएपछी ह्वात्तै बढेको छ । त्यसमा पनि राजनीतिक कार्यकर्ता , जग्गा ब्यापारी टाठाबाठाहरु बढि सक्रिय रहदै आएको पाइन्छ । काठमाडौको मनहरामा कम्युनिस्ट नेता गोपाल किराँतीको घर नै सुकुम्बासी बस्तिमा बनेको थियो जुन गत हप्ता हटाइयो ।
पोखरामा कार्यपालिका सदस्य आफै सार्वजनिक चौरमा आएर सुकुम्बासीमा दर्ज भएकाछन तर ३५ बर्ष सम्म आफ्नो पार्टिको शासन अबधिमा समेत बैधानिकता नपाएको ठाउमा बालेन सरकारले के गर्ला यो चासोको बिषय बनेको छ । अहिले विधि बनाउने ठाउमा रहेकाहरुले अपनाएको यो बाटो त्यति सहज भने देखिदैन । वास्तविक सुकुम्वासी हुन या होइन भन्ने कुरा राज्यले तठस्त छानबिन गरिनु आवश्यक छ । महानगरपालिकाले प्रकाशन गरेक ३५ दिने सुचना यी वडा अध्यक्षलाई लागू हुन्छ कि हुन्न त्यो भने प्रतिक्षाको बिषय बनेको छ  ।

वडा अध्यक्ष श्रीप्रसाद गुरुङले ओगटेको सार्वजनिक जग्गा जहाँ हाल मन्टेस्वरी रहेको छ 

 

प्रतिक्रिया दिनुहोस्