२०८३ श्रावण ११
०६१४४५०००, ९८५६०३३३९१

जिएमसी अस्पतालको क्यान्टीनमा चरम लापरबाही , बन्द गर्न निर्देशन ,

पोखराको पृथ्वीचोकमा रहेको गण्डकी मेडिकल कलेज, नयाँबजारको क्यान्टिनको सयुक्त बजार अनुगमन समितिले अनुगमन गर्दा भान्छामा फ़ोहोर मैला र पाइएको छ । अस्पतालको क्यान्टीन सरसफाइमा कमी, कम गुणस्तरको खाद्य तेल र उपभोग्य मिति नभएका बस्तुहरु बिक्री गरेको भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा महानगरपालिका, राष्ट्रिय उपभोक्ता महासंघ कास्की, सञ्चारकर्मी एवं सुरक्षाकर्मीसहितको टोलीले आइतबार गरेको बजार अनुगमनमा ती रेष्टुरेण्ट तथा क्यान्टिनका भान्छा फोहोर र अव्यवस्थित भएको पाइएको हो ।

अस्पतालको दुबै क्यान्टिनमा प्रयोग हुने खाद्य तेल गुणस्तरहीन देखिएपछि नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले अस्पतालका २ क्यान्टिनबाट बरामद १२ लिटर खाद्य तेल नष्ट गरिएको र केही लेभलिङ नभएका सामग्री नष्ट गरिएको जानकारी दिए । उक्त क्यान्टिनका भान्छा अव्यवस्थित र सरसफाइ नभएका कारण अस्पतालको दक्षिणतर्फको क्यान्टिनलाई सरसफाइ गरेर मात्र संचालनमा ल्याउन क्यान्टिन सञ्चालक काशीराम लामिछानेलाई निर्देशन दिइएको छ , । प्रहरीलाई नियमित चेकजाँच गर्न निर्देशन दिइएको छ । क्यान्टीन सन्चालकलाइ जिल्ला प्रशासनमा हाजिर हुन भनिएको छ ।

त्यसैगरी, पोखरा बसपार्क उत्तरतर्फ सञ्चालित जैसवाल क्याफेले कर नतिरेको, भान्छा फोहोर र खाद्य तेल गुणस्तरहीन भेटिएपछि क्याफे सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

सोही स्थानको फुड साथी प्रालिले गुणस्तरहीन मेवा, गाजर र लेभल नभएका केही सामग्री बिक्रीका लागि राखेको फेला परेपछि उक्त प्रालिका सञ्चालक रामचन्द्र गैरेलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रजिअ बरालले जानकारी दिए ।
यसैगरी, सोही स्थानको सिसङ मःमः पसल सरसफाइ नभएको, सक्षम खाजाघर, म्याग्दी मगरको थकाली खाजाघर, मामा भान्जा खाजाघरमा समेत अनुगमन गर्दा सरसफाइ नभएको र प्याकिङ गरेर ल्याइएको मःमः मा कुनै लेभल नभएको भेटिएको थियो ।
खाजा पसल , क्यान्टीन , र रेस्टुरेन्टमा देखिएको फोहोर र लापरबाही प्रती गम्भीर चिन्ता ब्यक्त भएको छ । मानव स्वास्थ्यमा खेलवाड गर्ने ब्यबसायीलाइ कानुन बमोजिम कारबाही गर्नुपर्ने माग जनस्तरमा उठेको छ ।

प्रतिक्रिया दिनुहोस्