२०८३ श्रावण ११
०६१४४५०००, ९८५६०३३३९१

“आफ्नो शबदाहघाट आफै बनाउ ” अभियानमा तिब्रता सवा करोड खर्चमा गोस्ते शिवालय घाट निर्माण अन्तिम चरणमा

मानव जीवनको अन्तिम गन्तव्य शवदाह घाट हो । जीवनको यो शाश्वत सत्यलाइ कसैले पनि नकार्न सक्दैन । यसरी आफू जाने गन्तव्य स्थलको जिवित छदै ब्यबस्थापन गर्न आफै कस्सिएका छन पोखरा १६ र १९ का नागरिकहरु ।
पोखरा १६ र १९ का स्थानिय नागरिकहरुले निर्माण समिती नै बनाएर निर्माणको क्रममा रहेको लामाचौरको तल्लो गोस्तेमा ब्यबस्थित शवदाह घाट अन्तिम चरणमा पुगेको छ । क्याप्टेन रामजी भण्डारीको अध्यक्षतामा बनेको शिवालय घाट तथा शवदहन स्थल निर्माण उपभोक्ता समितीले डेढ बर्ष अघिबाट थालेको निर्माण कार्य अब अन्तिम चरणमा पुगेको देखिएको छ ।
नागरिकको स्वतस्फूर्त सहयोगमा १ करोड १५ लाख रुपैया खर्च गरेर ७ रोपनी जग्गामा घाट निर्माण गरिएको छ। यो रकममा पोखरा महानगरपालिकाले १० लाख रुपैयाँ , पोखरा १९ नम्बर वडाले ५ लाख , १६ नम्बर वडाले ५ लाख र गण्डकी प्रदेश सरकारले २५ लाख गरि सरकारको तर्फबाट ४५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ भने ७० लाख रुपैयाँ स्थानिय नागरिक र विभिन्न ब्यक्ती र सस्थाले स्वतस्फूर्त सहयोग गरेको अर्थ सङ्कलन उपसमितिका सयोजक कृश्न प्रसाद अधिकारीले बताए ।
गोस्तेमा शवदहन स्थल मात्र बनेको छैन त्यहा बाताबरण अनुकुलताको लागि ६ वटा वरपीपल र समिका ठुला चौतारी निर्माण गरिएको छ भने ४२ वटा बुटिक चौतारी निर्माण गरिएको छ । ठूलो चौतारो र बुटिक चौतारो निर्माण सौजन्य स्वरुप बनेको छ । चौतारी चिन्ने , ढुङ्गा छाप्ने , बिरुवा रोप्ने र हुर्काउने काम सौजन्य दाताबाट हुँदै आएको छ । एउटा ठूलो चौतारीको लागि २ लाख ५० हजार सहयोग आएको छ भने ४२ वटा बुटिक चौतारोको लागि प्रती चौतारो ३५ हजारका दरले सहयोग सौजन्य आएको समितिका सचिव नवीन भन्डारीले बताए । ४८ वटा चौतारिले शवदाह स्थललाइ हरियाली पार्क सितल र सुन्दर स्थान बनाउने छ । शबयात्रामा जानेहरुको लागि २ वटा ठुलो प्रतिक्षालय पनि निर्माण गरिएका छन । सागर जानेहरुको लागि आराम गर्न २१ वटा फलामका बेन्च समेत निर्माण गरिएका छन , ती बेन्च पनी १६ हजारका दरले सौजन्यमा किनिएको छ ।सुरथेस्वर शिवालयले महायज्ञबाट निर्मित मलामी प्रतिक्षालय भवनको जिर्णोद्दार गरेर आकर्षक बनाइएको छ । आफ्नो घरबास नभएकाहरुको लागि कर्मकाण्ड घरको रुपमा प्रयोग गर्न मिल्नेगरी भवन जिणोद्दार गरिएको छ । यस अघि सती नर्वदा घाटको नाम रहेको यस बिकसित घाटलाइ गोस्ते शिवालय घाट नामाङकन भएको छ । सर्वसाधारण , जेस्ट नागरिक बिरामी जोसुकैलाइ पनि घाटसम्म पुग्न सहजताको लागि ढलान गरेर पक्की बाटो बनाइएको छ ।

समाजसेवी एबम पोखरा १६ का समाजसेवी स्व. पदम बहादुर कार्किका छोरीहरुको ८ लाख ५० हजार सहयोगमा शवदहन ट्रस निर्माण गरिएको छ । ट्रस निर्माण पछि बर्षातको झरिमा पनि शव दहन गर्न सहज हुने भएको छ ।
शवदहन स्थल नमुना बनेको छ । हरियाली पार्कमा टहल्न पाउँदा आफन्तको बिछोडको शोक र सन्तापमा बिह्वल भएको मनलाइ त्यहाको बाताबरणले सितलता दिने समाज सेवी दुर्गा केसि थापाले बताइन दुर्गाले साढे २ लाख खर्छ गरेर समिको चौतारो चिनेकिछिन , उनी त्यो चौतारो हुर्काउन नियमित शिवालय घाट पुगेर गोडमेल गर्दै आएको छिन । बाताबरण मैत्री बनेको छ । घाटमा जानेले शोकलाइ भुल्न सक्ने वातावरण निर्माण गरिएको छ । हरियाली र स्वच्छ वातावरणको अनुकुल बनाइएको छ । नेपालमा यतिको ब्यबस्थित र बाताबरण मैत्री शवदाह स्थल सायदै होला । निर्माण समितिका अध्यक्ष क्याप्टेन रामजी भण्डारी , सचिव नवीन भन्डारी , अर्थ सङ्कलन उपसमितिका सयोजक कृष्ण अधिकारी , सल्लाहकार बेनिबहादुर बस्नेत , कुमार खड्का , सल्लाहकार दुर्गा केसि थापा , कुमार श्रेस्ठ , लगायतको नियमित ड्युटी नै बनेको छ घाट निर्माणमा ।
आफुलाइ जलाएर सतगत गर्ने घाट आफै बनाइरहदा पनि खुसी छन घाट निर्माण अभियन्ताहरु । मृत्यु सत्य छ आफुलाइ बिसर्जन गर्ने घाट आफैले बनाउन पाउनु अहोभाग्य हो भन्दै साझ बिहान खट्टिएर लागेका छन उनिहरु । घाटस्थललाइ धार्मिक स्थल बनाउन २१ फिट अग्लो शिव महादेव मुर्ति स्थापनाको कार्य पनि अघि बढाइएको छ । सहयोगदाताहरुको नामावलीको शिलालेख पनी तयार हुँदै गरेको देखिन्छ । विभिन्न ठाउबाट स्वतस्फूर्त सहयोग जुट्ने क्रम पनि जारी रहेको सचिव नवीन भन्डारीले बताए । केही बर्ष पछि गोस्ते सिवालय घाट टिकट काटेर घुम्ने पार्क जस्तै मनमोहक बन्ने छ ।
सेती नदीको तटमा निर्मित घाटको सरचना र सुकुम्बासी बस्ती सरक्षण गर्न सेती तटबन्ध गर्न जरुरी छ । डेढ दुई करोड खर्छ हुने उक्त योजनामा संघ सरकार र प्रदेश सरकारको लगानी गरि ब्यबस्थापन र सुरक्षा दिन सके यो घाट देशकै नमुना र आकर्षक गन्तव्य मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्