पोखरा महानगरको २७ लाख अझै गायव, वाउन्स चेकको ११ लाख जम्मा

सराङकोट न्यूज
15 January, 2020 10:27 am
Advertisements

पोखरा महानगरको नाममा जम्मा गर्न सेवाग्राहीले मुक्तिनाथ वैंक न्यूरोड मार्फत जम्मा गरिएको ३० लाखको चेक मध्यवाट जम्मा ३ लाख मात्र क्लियरिङ पठाएर २७ लाख गायव गरिएको घटनाका पात्रहरुले उक्त रकम अझै जम्मा नगरेको वुझिन आएको छ । घाट खानीको ठेक्का वापत महानगरपालिकालाई वुझाउनु पर्ने रकम मध्य ३० लाख वापत महानगरपालिकालाई वुझाउनु पर्ने रकम मध्य ३० लाख रुपैयाँको माछापुच्छ्रे बैंकको चेक खाता भुक्तानी (क्लियरिङ) को लागि महानगरपालिकाको तत्कालिन अवस्थामा खाता रहेको मुक्तिनाथ विकास वैंकमा जम्मा गरिएको थियो।
मिर कन्स्ट्रक्सन प्रा.लि.ले मुक्तिनाथ वैंकमा जम्मा गरेको माछापुच्छ्रे बैंकको ३० लाख मूल्यको चेकवाट माछापुच्छ्रे बैंकको क्लियरिङ हाउसले जम्मा ३ लाख मात्र जम्मा गरेको रहस्य ढिला गरी पत्ता लागेको थियो ।
यो प्रकरण गत हप्ता सराङकोटले सार्वजनिक गरेको थियो । घटनाको भित्री जानकारी दुई हप्ता अगाडि नै भएपनि महानगरले गुमाएको २७ लाख रुपैयाँ आज सम्म वेखवर रहेको छ । वैकिङ प्रणाली संचालन गर्ने कर्मचारीवाटै भएको लापरवाहीको सिकार महानगरपालिका भएको छ।
चेक दिने व्यक्तिको खातामा पैसा हुँदा हुदै २७ लाख रुपैयाँ कम जम्मा गरिदिने माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारीको कारण महानगरको २७ लाख रुपैयाँ गुम्न वाट वाल वाल जोगिएको छ । मुक्तिनाथ विकास वैंक जसले आफ्नो ग्राहकको चेक वुझेको छ भौचर दिएको छ तर पनि भौचर अनुसारको रकम जम्मा भए नभएको वारेमा कुनै चासो नदिएका कारण महानगरपालिकाको ढुकुटीमा हानी नोक्सानी पुग्ने अवस्था आएको छ तर मुक्तिनाथ विकास वैंकले मिर नेपाल कन्सट्रक्सनको तर्फवाट जम्मा हुन आएको चेकको रकम महानगरको खातामा जम्मा गर्ने विषयमा चासो नदिएको वुझिएको छ ।
पोखरा महानगरपालिकाले गायव पारिएको आफ्नो खातामा जम्मा हुनुपर्ने २७ लाख रुपैयाँ तुरुन्त जम्मा गर्न पत्राचार गरिएको वताएको छ । राजस्व प्रशासन शाखाका कर्मचारी गणेश पाण्डेले चेक वमोजिमको रकम दाखिला गर्न पत्राचार गरिएको पुष्टि गरे ।
माछापुच्छ्रे बैंक “क” श्रेणीको वाणिज्य वैंक हो भने मुक्तिनाथ विकास वैंक पोखराको नाम चलेको विकास वैंक भित्र गनिन्छ । अग्र पंक्तिमा गनिने वैंकहरुका यस्ता गंभिर लापरवाहीको सिकार हुनु पर्ने अवस्था कहिले सम्म रहने ? महानगरको गुमेको पैसा दाखिलामा ढिलासुस्ती वारे कानूनी कारवाही खोज्नु पर्ने अवस्था नआउला भन सकिदैन । यो घटना एउटा नमुना हुन सक्छ । यस्ता लापरवाहीका काण्डहरु कति छन् सुक्ष्म छानविन जरुरी रहेको छ ।
यस्तै महानगरपालिकालाई पैसा नभएको खाताको चेक दिएर ठेक्का हत्याउन सफल आरजे कन्सट्रक्सनले महानगरलाई ११ लाख रुपैयाँ जम्मा गरिदिएको छ । करिव तीन महिना अघि ठेक्का वापत दिइएको चेक वाउन्स भएर वसेको थियो । यस वारेमा गत हप्ता सराङकोट साप्ताहिकले महानगरको चेक महिनौ देखि वाउन्स रहेका वारे समाचार छापेको थियो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: