२०८३ आश्विन १८
०६१४४५०००, ९८५६०३३३९१

असोज १८ – २६ सम्म पोखराको अमरसिंह चौरमा टिभिएस एक्सचेञ्ज मेलाको तयारी पूरा

पारिजात खराल

नेपालिहरुको महान चाडको अबसर पारेर पोखरा र आसपासकाल उपभोक्तालाई लक्षित गर्दै आगामी असोज १८ देखि २६ गतेसम्म (अक्टोबर ४ देखि १२ तारिख) अमरसिंह चौरमा ९ दिने ‘टीभिएस दसैँ मेगा एक्सचेन्ज इभेन्ट’ सञ्चालनको तयारी पूरा भएको छ ।

नेपालका लागि टीभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको पोखरास्थित आधिकारिक डिलर स्क्वायर मोटर्स प्रालिले यो बृहत् मेला आयोजना गर्न लागेको हो। नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्व २०८३ को अवसर पारेर ग्राहकका लागि विशेष दसैँ योजना सार्वजनिक गरिएको हो।

मेला अवधिभर टीभिएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र विभिन्न सहुलियत र स्किम प्राप्त गर्न सक्ने कम्पनिका म्यानेजिङ डाइरेक्टर बिनोद पोटेले बताए ।

यसका साथै निश्चित उपहारतर्फ ‘गोल्डेन कि’ वा १०० प्रतिशत क्यास ब्याकको व्यवस्था गरिएको छ। ‘चाडपर्वको खुसीलाई थप उत्साहजनक बनाउन हामीले पोखरावासी ग्राहकका लागि यो विशेष मेला आयोजना गरेका हौँ,’ स्क्वायर मोटर्सका सञ्चालक आदर्शमान श्रेष्ठले भने।

मेलामा जुनसुकै ब्रान्डका पुराना बाइक तथा स्कुटर साट्न चाहने ग्राहकलाई बजारमै उच्चतम मूल्यांकनको सुविधा उपलब्ध गराइने भएको छ। नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को भरमै सहज फाइनान्स सुविधा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ। स्कुटर खरिदकर्तालाई फ्री एसेसोरिजका साथै लक्की ड्रमार्फत प्रत्येक दिन ५ वर्षसम्म फ्री सर्भिसिङजस्ता थप सुविधा प्रदान गरिनेछ।

मेलामा टीभिएस इलेक्ट्रिक स्कुटरको खरिदमा १० हजार रुपैयाँसम्म नगद छुट दिइनेछ। इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकका लागि लक्की ड्रमार्फत प्रत्येक हप्ता १ जना भाग्यमानीलाई २.५ ग्रामको सुनको सिक्का (गोल्ड क्वाइन) जित्ने अवसर राखिएको प्रेसमिटमा जानकारी गराइएको थियो ।

‘ग्राहकले नयाँ सवारी खरिद नगरे पनि मेलास्थल पुगेर टेस्ट राइड मात्र गर्दा पनि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्,’ स्क्वायर मोटर्सका प्रतिनिधि सन्तोष पोखरेलले बताए। पोखरामा टीभिएसको ‘आइक्युब इलेक्ट्रिक’ ३.० भेरियन्ट र ३.५ भेरियन्टका साथै ‘टीभिएस अर्बिटर इलेक्ट्रिक स्कुटर’ समेत उपलब्ध गराइएको छ।

इलेक्ट्रिक स्कुटरको ब्याट्री, मोटर तथा म्याचिङ कन्ट्रोल युनिट (एमसियु) सबैमा ५ वर्षसम्मको वारेन्टी दिने नेपालकै एक मात्र कम्पनी टीभिएस रहेको छ। स्कुटर श्रेणीअन्तर्गत १२५ सिसीको टीभिएस एनटोर्क एक्सपी (ब्ल्याक, ब्लु, रेड), एनटोर्क रेस एडिसन (ब्लु, रेड), एनटोर्क डिस्क एफआई (रेड, ब्लु, ग्रे) उपलब्ध छन्। यस्तै ११० सिसीअन्तर्गत टीभिएस जुपिटर (ब्लु, कपर) मोडलहरू पनि मेलामा उपलब्ध हुनेछन्। कम्युटर तथा स्पोर्ट्स बाइक श्रेणीअन्तर्गत १२५ सिसीको टीभिएस राइडर र ११० सिसीको टीभिएस रेडियन मोटरसाइकलहरू बिक्रीका लागि राखिने बिज्ञप्तिमा उल्लेख छ ।

युवामाझ लोकप्रिय रेसिङ डिएनए र प्रिमियम बाइकअन्तर्गत टीभिएस अपाचे आरटिआर सिरिजका १६० २भी, १६० ४भी र २०० ४भी मोडलहरू उपलब्ध गराइएको छ। क्लासिक लुक्स चाहने ग्राहकका लागि २२५ सिसीको टीभिएस रोनिन बाइकको टेस्ट राइड र खरिद सुविधा पनि उपलब्ध गराइनेछ।

स्क्वायर मोटर्सले पोखराको नयाँ बजार, तालचोक र स्याङ्जाको वाडखोलामा शोरुम तथा पोखराको बासपाटनमा वर्कसप र पार्टस सेन्टरमार्फत सेवा दिँदै आएको छ। इलेक्ट्रिक स्कुटरका लागि नयाँ बजारमा छुट्टै बिक्री केन्द्रसमेत सञ्चालनमा रहेको छ।
पछिल्लो समय TVS ब्रान्डको स्कुटरले बजारमा आक्रामक ढङ्गले व्यापार बढाएको छ । नेपालमै यसको अत्याधिक बिक्रि भएको सर्बेक्षणले बताएको छ । विद्युतीय स्कुटर IQUBE को बिक्री ले पोखरामा रेकर्ड ब्रेक गरेको छ । इन्धनको खपत महङ्गो भएपछी विद्युतीय स्कुटरले मार्केट कब्जा गरेको छ । असोज १८ गते देखि २६ गते सम्म पोखराको अमारसिह चोकको चौरमा TVS महोत्सव हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्