पोखरामा केही महिनाअघिसम्म ८ हजारमा हुँदै आएको साहसिक खेल प्याराग्लाइडिङ उडानको मूल्य हाल ह्वात्तै घटेको छ । आलोपालो प्रणाली हटाएर उडान खुला गरिएपछि केही कम्पनी तथा पाइलटलाई तत्काल फाइदा पुगे पनि समग्र व्यवसायमा असर पर्नुका साथै उडान सुरक्षामा समेत जोखिम बढ्न सक्ने व्यवसायीहरुको भनाई रहेको छ । हाल एक तिहाइ प्रतिशतले उडान शुल्क घटेसंगै ५ हजारमा प्याराग्लाईडिङ उडान हुदै आएको कम्पनीहरुले बताएकाछन ।
झन्डै दुई बर्ष सम्म नाको आलोपालो प्रणालीमार्फत उडान सञ्चालन हुँदा दुर्घटनाको अवस्था न्यून रहेको नेपाल हवाई खेलकुद संस्था (ना) ले आरोप लगाएको छ । तर पछिल्लो दुई महिनामै प्याराग्लाइडिङ उडानका क्रममा दुईवटा दुर्घटना भएको बताउछन । ती दुर्घटनामा एक चिनियाँ नागरिकसहित दुई विदेशी पर्यटक घाइते भएको नाले जनाएको छ , ना ले गरेको दाबी र दुर्घटनाका कुरामा ठोस आधार नभै यो केबल आरोपका लागि आरोप मात्र रहेको देखिन्छ । उडानको नियमन नाले गरिरहेको भए पनि हाल एउटै पाइलटले दिनमा दुईवटासम्म फ्लाइट गर्न पाउने अवस्था बनेपछि जोखिम बढेको व्यवसायीहरुको भनाई रहेको छ । पर्यटकको चाप, मौसम तथा उडान समयलाई व्यवस्थित गर्दै पहिले सिफ्टिङ प्रणालीमा उडान सञ्चालन गरिन्थ्यो । अहिले खुला प्रतिस्पर्धाका कारण कतिपय अवस्थामा मौसम प्रतिकूल हुँदासमेत उडान गर्न खोज्ने, हतार गर्ने र बढी फ्लाइट गर्न खोज्ने प्रवृत्ति देखिएको पनि बताउछ्न छन् तर त्यसमा राज्यको आवाज र स्वस्थ्य नियमन देखिएको छैन । दैनिक ६ उडान गर्न पाउने नियम समेत कार्यान्वयन गरिएको छैन । यसको जिम्मा सरकारले नलिएसम्म कार्टेलिङको सिकार भइरहनु पर्ने अबस्था छ ।
“मूल्यमा भारी गिरावट आउनु र उडान खुला छाडिनुले केही कम्पनी तथा पाइलटलाई फाइदा पुगे पनि समग्र प्याराग्लाइडिङ व्यवसायमा असर परेको बताइएन्छ । बिजनेस डिल गर्न नसक्ने , सस्था दर्ताको फर्म देखाएको भरमा एउटै डालोबाट क्लाइन्ट बाढफाड गर्नेहरुको व्यापार चौपट भएको छ । हाल पोखरामा तोरीपानीबाट उडान भरी खपैदीमा अवतरण गर्ने गरिएको छ । ना ले प्याराग्लाइडिङ उडानलाई व्यवस्थित गर्न विभिन्न आठवटा नियमनका आधारमा काम गर्दै आएको ना का अध्यक्ष अनिल केसीले दावी गर्छन । त्यसअन्तर्गत उपकरणको जाँच, पाइलटको लाइसेन्स नवीकरण तथा सिफारिस, दैनिक उडानको नियमन लगायतका काम हुँदै आएका छन् । व्यवसायी उपसमितिमार्फत मौसम र पर्यटकको चापअनुसार पाइलटलाई सिफ्टिङ गरी तोरीपानीबाट टेकअफ गराउने गरिएको उहाँले बताउनुभयो । “पहिले मौसम र पर्यटकको चाप हेरेर सिफ्टिङ गर्ने व्यवस्था थियो । अहिले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उडानको अनुमति दिइएको बताइन्छ ।
६०”वटा दर्ता मध्य हाल पोखरामा ५३ वटा प्याराग्लाइडिङ कम्पनी नवीकरण गरि सन्चालनमा छन् भने सातवटा कम्पनी नवीकरण भएका छैनन् । करिब चार सय पाइलटले लाइसेन्स लिएका छन् । तीमध्ये करिब ६० जना पाइलट अहिले पेशाबाट निष्क्रिय रहेको र करिब एक सय ९० जना सक्रिय रूपमा उडानमा रहेको नाले जनाएको छ । । अफसिजनमा अहिले दैनिक करिब एक सय ५० वटा प्याराग्लाइडिङ उडान हुने गरेको अध्यक्ष केसी बताउछन । एउटा उडानका लागि प्याराग्लाइडरसहितको उपकरण व्यवस्थापनमा मात्रै करिब रु १ हजार ५ सय खर्च हुने गरेको छ । यस्तो अवस्थामा उडानको मूल्यमा अस्वाभाविक रूपमा भारी गिरावट आउँदा व्यवसायीलाई आर्थिक रूपमा समेत समस्या पर्ने गुनासो छ । व्यवसायी उप समितिले प्याराग्लाइडिङ सञ्चालनका क्रममा टेक–अफमा हुने भीड, पालैपालो उडान, आकाशमा हुने एयर ट्राफिक तथा मौसम व्यवस्थापनलाई आधार मानेर पालो प्रणाली लागू गरेको थियो। तर हाल सबै कम्पनीहरूलाई एकैपटक आफ्नै कम्पनीका यात्रुहरू टेक–अफमा लैजाने व्यवस्था गरिएमा टेक–अफमा अत्यधिक भीड बढ्नुका साथै आकाशमा समस्या हुने र मौसम प्रतिकूल हुँदा जोखिम अझ बढ्ने सम्भावना रहेको बताइन्छ ।
पोखरामा प्याराग्लाइडिङलाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न सके वल्र्ड कप गर्ने सम्भावना समेत रहेको छ । पोखरामा यसअघि लगातार दुई वर्ष प्रि–वल्र्ड कप आयोजना भइसकेको र सन् २०१७ मा एसियन च्याम्पियनसिप समेत आयोजना भएको स्मरण गर्दै उहाँले भविष्यमा विश्वकप आयोजना गर्ने सम्भावना बलियो रहेको दाबी गर्नुभयो । विश्वका उत्कृष्ट पाँच प्याराग्लाइडिङ गन्तव्य मध्ये पोखरा पर्ने विज्ञहरूको दाबी रहेको छ । यहाँको प्याराग्लाइडिङलाई कमजोर बनाउनेभन्दा अझ व्यवस्थित र सुरक्षित बनाउनुपर्नेमा जोड दिइएक छ । “पोखराको प्याराग्लाइडिङलाई डाइभर्ट गर्ने प्रयासमा केही तत्व लागेको आशङ्का ब्यक्त भएको छ तर त्यसको मुख्य कारण सरकारको अकर्मण्यता हो । सरकारले नीति बनाएर स्वच्छ प्रतिस्पर्धाको बाताबरण तय गर्न नसक्नुले पनि पोखराको प्याराग्लाइडिङ ब्यबसाय आलोचित हुन पुगेको छ ।
बीचमा जे जस्ता आरोप भएपनी पोखराको प्याराग्लाइडिङमा अघोषित कार्टेलिङ छ । गरिखाने र बसि खानेका बीच लामो लडाइ छ । राज्यलाइ यो कुरा माथी सम्म थाहा छ तर कानुन बमोजिम नियमन हुन सकेको छैन । बजारमा छवि कमाएकाहरुले स्वस्थ्य प्रतिस्पर्धा गर्न पाएका छैनन । राज्यले गम्भीरता पुर्वक छानबिन गरिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्