भोटीखोलामा पाइप भासिएपछि

सराङकोट न्यूज
24 May, 2018 3:44 am
Advertisements

पोखरा–१९ मा पानी हाहाकार

पोखरा १९ जिमिरेका भिमप्रसाद पौडेलले आफ्नो टोलदमा ५ दिन देखि खानेपानी नआएको गुनासो गरे । जिमिरे निवासी करिव २ सय घर धुरीले सेती गण्डकीको पानी वोकेर गुजारा गर्नु परेको उनिहरुले वताए । खानेपानीको वितरण घर वनाउनको लागि वढि दिएका कारण जिमिरेवासी काकाकुल वन्नु परेको भन्दै पानीको वितरण न्यायपूर्ण हुनुपर्ने स्थानियको माग रहेको छ ।
पोखरेलीहरु अहिले खानेपानीको समस्यामा छन्। पोखरा ल्याइएको पानीको पाइप भोटीखोलामा भासिएपछि १६ इञ्च पाइपवाट आउने पानी पूर्णतया अवरुद्ध भएको छ । भासिएको पाइपवाट पानी सुचारु गर्न अझै १५ दिन लाग्ने खानेपानी संस्थान विन्दुवासिनी शाखाका प्रमुख दिनेश्वर यादवले वताए । दैनिक डेढ करोड लिटर पानी आउने पाइप अवरुद्ध भएपछि वाँकी पानी समानुपातिक रुपले वाडिएको यादवले वताए। भासिएको ठाउँमा पिल्लर उठाएर पाइप जोड्ने काम तिव्र रुपले अगाडि वढाएको उनले वताए । पोखरामा पानीको पूर्ण आपूर्ति सहज गर्न अझै केहि समय लाग्ने हुँदा ग्राहकहरुलाई धैर्य धारण गर्न पनि यादवले अनुरोध गरे । उपलब्ध भएको पानी समानुपातिक वितरण गरिने उनले वताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: