स्वास्थ्य सेवा विभागमा सरुवा आतंक

सराङकोट न्यूज
30 November, 2018 3:00 am
Advertisements

नेपालको सरकार कति लथालिंग छ भन्ने कुरा वुझ्न टाढा जानै पर्दैन सरकारकै स्वास्थ्य मन्त्रालय र मातहतका अड्डाको गतिविधि नियाले प्रष्ट हुन्छ । संघिय समाजवादी फोरमका नेता उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालय सम्हालेपछि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग लथालिंग भएको स्वास्थ्यकै कर्मचारीहरु वताउँछन् ।
स्वास्थ्य सेवा विभाग मन्त्री यादव र उनका आसेपासेका चंगुलमा रुमलिएको देख्नु सामान्य भइसकेको छ । स्वास्थ्य सेवा विभागमा यतिखेर सरुवा गराउने र माग्नेहरुको भिड लागेको देख्न सकिन्छ ।
सराङकोट साप्ताहिक टिम स्वास्थ्य सेवा विभागमा स्थलगत रिपोटिङमा पुग्दा त्यहाँ आकर्षक ठाउँमा सरुवा गराइदिन भन्दै विभागका महानिर्देशक र उनका पि.ए. र निकटवर्तीहरुका वरिपरि वाक्लो झुण्ड देखिन्थ्यो महानिर्देश डा. गुणराज लोहनी कार्यकक्षमा भेटिएनन् । सरुवाको लागि मन्त्री र सचिवको आदेश र दवाव थेग्न सकस परेपछि उनले आफ्नो पि.ए.को जिम्मा लगाएको पाइएको छ ।
स्वास्थय सेवा विभागका पि.ए. सँग सरुवा को लागि काम मिलाइदिन भन्दै चिट थमाइरहेको र कान फुकिरहेको देख्नु सामान्य लाग्छ । खासगरी तराई मुलका कर्मचारीहरु विभागमा धाइरहेका छन् । लाग्छ स्वास्थ्य सेवा विभाग जनताको काम गर्ने भन्दा कर्मचारीको चाकरी सुन्ने र सरुवाको चलखेल गर्ने अड्डा हो । जिल्लामा वरिष्ठ जनस्वास्थ्य प्रसाशक हुँदा राम्रो छवि वनाएका गुणराज लोहनी विभागको महा निर्देशक वनेपछि निरिह वनेर जसो जसो मन्त्री उसै उसै स्वहा गर्न थालेको बुझिएको छ ।
उपेन्द्र यादव स्वास्थ्य मन्त्री वने यता स्वास्थ्य मन्त्रालयमा ईमान्दार राष्ट्रसेवक कर्मचारीहरु पाखा लगाइएका छन् भने वेइमान र स्वार्थ समूहको हाली मुहाली चलेको त्यहाँ कार्यरत कर्मचारीहरुले वताएका छन् । विना पैसा कुनै काम हुदैन, कि पैसा वुझाउ कि पाखा लागको अवस्था स्वास्थ्य सेवा विभागमा रहेको छ ।
केहि समय अगाडि विभागमा महानिर्देशक वनाइएका तारानाथ पौडेल मन्त्री र सचिवको चित्त वुझाउन नसकेका कारण १ महिना २० दिनमै पाखा लगाइएका थिए जो हाल प्रदेश स्वास्थ्य निर्देशनालय पोखरामा छन् । कमाइ गर्न सक्ने अड्डाहरुमा प्रमुख खटाइँदा टेण्डर नै हुने गरेको स्रोतले वतायो । जसले वढी पैसा वुझायो उसैले रोज्जाको अड्डा पायो ।
सरकारले आफ्नै मन्त्रालय र विभागको सेवा प्रभावकारी वनाउन नसक्दा चरम वेथिति वढेको छ। मन्त्रीहरुनै ठूला ठूला भ्रष्टाचार काण्डमा मुछिएका श्रंखलावद्ध खवरहरु सार्वजनिक भइरहेका छन् तर प्रधानमन्त्री के.पी. ओली म भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्दै साना तिना कार्यालयमा स्टिकर टाँस्न लगाएर जनतालाई भुल भुलैयामा पार्दै आएका छन् । सिंह दरवारले आफ्नो ढोका अगाडिको भ्रष्टाचार रोक्न नसकेको अवस्थामा आदर्श वचन फ्लाकेर मुलुकले कहिले सुशासन पाउने ?
जनताको स्वास्थ्य सँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र स्वास्थ्य सेवा विभागको वेथिति र मन्त्री र सचिवको झुण्डको चंगुलमा फसेको स्वास्थ्य सेवा विभागले मातहतका कार्यालयलाई समेत डुवाउने संकेत मिलेको छ । दुई जहार वढी कर्मचारी र चिकित्सकहरुको सरुवा भइसकेको छ तर अझै पनि सरुवा सूचि सार्वजनिक नगरेर कर्मचारीवाट पैसा उठाउदै सरुवा गरिदिने आश्वासन दिइरहेको समेत बुझिएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: