
पोखरा महानगरपालिका वार्ड नं. ३० खुदी स्थित सुके डाँडाको सालका दुई सय वढी रुखहरु रहस्यमय ढंगवाट काटेर निकासी पैठारी भएको प्रकरणका सम्वन्धमा सव डिभिजन वन कार्यालय लेखनाथले छानविन अगाडि वढाएको छ ।
केहि हप्ता मात्र अगाडि लेखनाथ सुकेडाँडाका दुई सय वढी सालका रुखहरु रहस्यमयी ढंगवाट गायव पारिएको घटनाको फेहरिस्त सराङकोट साप्ताहिक पत्रिकाले प्रकाशन गरेको थियो । समाचार प्रकाशन लगत्तै सरोकारवाला निकायको वल दवावमा छानविन सुरु गरिएको छ । सालधारी काट्दै ओसार्दै गर्दा गर्दै सव डिभिजन वनकार्यालय लेखनाथ, ईलाका प्रहरी कार्यालय हंसपुर मुकाम डाँडाको नाक, वडा न) ३० का वडा अध्यक्ष श्रीराम पोखरेल समेत घटनास्थल पुगेका थिए । घटनास्थल पुग्दा करिव आधा रुख ठाडै रहेको प्रत्यक्षदर्शी स्थानिय र वडा अध्यक्ष श्रीराम पोखरेल ले वताएका थिए ।
रुख कटान गरी गायव पार्ने कार्यमा जग्गाधनीहरु र केहि स्थानिय व्यक्तिको मिलेमतोमा रहेकोको सव डिभिजन वन कार्यालयको प्रारम्भिक छानविनवाट खुलेको स्रोतले दावी गरेको छ । भेषरत्न शाक्यको नाममा १ कित्ता, सुर्यरत्न शाक्यको नाममा २ कित्ता र विवेक रत्न शाक्यको नाममा २ कित्ता जग्गामा २१० वटा रुखहरु कटान गरी गायव पारिएको वनले गरेको प्रारम्भिक छानविनले देखाएको छ । ति मध्य १९ वटा चिलाउनेकार १९१ वटा सालका रुखहरु रहेको पाइएको सहायक वन अधिकृत राम बहादुर विकले वताएका छन् ।
जग्गा धनीहरुको ईशारामा स्थानियले जग्गा खाली गराउन चोरीको नाटक रचिएको वुझिन आएको भन्दै प्रतिवन्धित सालको रुख काट्न इशारा दिने चोरी भयो भन्दै हल्ला गर्ने तर उजुर वाजुर कतै नगर्ने जग्गा धनीहरु उपर वन कार्यालयले छानविनका लागि वोलाएर वयान लिएको छ । वयान सकिए लगत्तै स्थलगत मुचुल्का र काटिएका रुखका क्षती विवरण सहित मुद्दा चलाउने तयारी वन कार्यालयले गरेको छ ।
जग्गा प्लेटिङ गर्न सालका रुखले अवरोध गरेपछि प्लटरहरुले सेटिङ मिलाएर रुखै गायव पार्ने खेल खेलेका थिए । पोखरा महानगरपालिकाका केहि उच्च अधिकारीहरु समेतको इन्टे«ष्ट मा बन फडानी पश्चात प्लेटिङका लागि डाँडा कटान अनुमती दिन पहल कदमी गर्ने आश्वसान दिएको खवर सराङकोटलाई प्राप्त भएको छ । वन कटान विरुद्ध छानविन वढेपछि मुखको गाँस पनि उम्कियो भन्दै टाउको समातेका छन् भने कतिपयले यो गुह्य रहस्य वाहिरिन्छ कि भन्दै चिन्तित वनेका छन् ।
वन फाँडिए लगत्तै जग्गा प्लटरहरुले ७४ घडेरी वनाउने योजना स्वरुप डाँडा कटान अनुमतीको लागि महानगर र वडा कार्यालयमा निवेदन हाल्न गएवाट पनि साल वन फडानी गर्ने योजना भेद खुलेको छ ।
निजि आवादी कै भए पनि सालका रुख कटान गर्न प्रतिवन्ध लगाइएको छ । आफ्नै जग्गामा रहेको सालका रुखका कारण जग्गा कटान गर्न नपाए पछि जग्गाधनीले नौटंकी रचेको पाइएको छ तर उक्त भु कटान र प्लाटिङ योजना जग्गाधनी वाहेकका व्यक्तिहरुले गरेको पाइएको छ ।
रहस्यमयी वन फडानी कार्य छताछुल्ल भएपछि जग्गा कटान कार्य तत्काललाई रोकिएको छ । जग्गा व्यवसायीहरु सलवलाएका छन् । वन कार्यालयले मुद्दा चलाउने तयारी गरेको छ । वनको मुद्दा टु·िएपनि डाँडा कटान अनुमती दिने वारेमा सकस पर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्