२०८१ चैत्र १०
०६१४४५०००, ९८५६०३३३९१

ईन्धन ढुवानी ट्याङकर खरिदमा सिण्डिकेट दवदवा

नेपाल सरकारले यातायात लगायत सबै क्षेत्रको संख्यागत एकाधिकार (सिण्डिकेट) अन्त्य गर्ने घोषणा गरेको दुई वर्ष हुन लाग्यो तर यातायात क्षेत्रको मुख्य सिण्डिकेट अझ पनि उस्तैछ । वर्षो देखि जरा गाडेर बसेको पेटो«लियम पदार्थ ढुवानी ट्याङकर व्यवसायीहरुको एकाधिकार तोड्न सरकार असक्षम देखिएको छ ।
सरकारले ग्याँस ढुवानी गर्ने बुलेटहरुमा भारतको एकाधिकार तोडन नेपाल सरकारले आयल निगम मार्फत नेपालको आफनै बुलेट बनाउने निति अगाडी बढाएको थियो । तर भारत सरकारको छायामा उक्त निर्णय कार्यान्वयनमा आएको छैन । यसबाट नेपालका् ठुलो व्यापार घाटा रहेको अर्थविज्ञहरुले बताएका छन् ।
यस्तै नेपालको यातायात व्यवसायीहरुको सिण्डिकेट पेटो«ल ढुवानी टयाङकर व्यवसायीहरुमा रहेको पाइएको छ । सरकारले टयाङकरको दर्ता खुल्ला गर्ने निर्णय गरयो । सोही निर्णय बमोविजम व्यवसायीले टयाङकर खरिद तयार गर्ने देखि नाप जाँच, अनुमति नदिइदा क्यालिव्रेसन सम्पन्न भइसक्दा पनि ढुवानी अनुमती नदिइदा व्यापारीको १२ करोड रुपैया जोखिममा परेको छ ।
२४ पेट्रोल ढुवानी टयाङकरले बैंकबाट ऋण लिएर टयाङकर तयार गरेका छन । आयल निगमले टयाङकर बनाउन अनुपति प्रदान गरेर ३५ हजार राजस्व समेत लिईसकेको छ । तर पनि आयल निगम विभिन्न उल्झन झिकेर ढुवानी अनुमति दिन आलटाल गरिरहेको छ । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले खुल्ला रोक्न निगमलाई दवाव र प्रभावमा राखेको बुझिन आएको छ ।
यस अघि पेट्रोलियम ढुवानी व्यवसायी महासंघले टयाङकर दर्ता,अनुमती र सञ्चालनको लागी आफनो. सिफारिस र संगठनको सदस्यतालाई मुख्य एजेन्डा बनाएको थियो । अत नयाँ दर्ता हुन आएका व्यवसायीहरुले मआसंघ र आयल निगमका सेटिङमा दर्ता भई तयारी हालतमा रहेका ट्याङकरहरुलाई सञ्चालन अनुमति नदिन ठुलो खेल भइरहेको भन्दै पिडित व्यवसायीहरुले अदालत जाने तयारी गरेका छन् ।
पहिला रित पुर्वक अनुमति दिएको आयल निगमले अहिले रोक्ने प्रयास गर्नुमा ठुलै चलखेल हुन सक्ने बताइएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले केही प्रकृया बाँकी रहेकोले ढुवानी अनुमती नदिएको बताएका छन तर के प्रमृया नपुगेको हो भन्ने बारेमा निर्देशकले खुलाउन चाहेनन उनले भने व्यवसायीलाई सोध्नुस ।
राज्य चल्ने सिस्टमले हो । कार्यालय प्रमुख फेरिने वितिकै प्रणाली फेरिने कुरा न्यायोचित र कानुन सम्मता नहुने प्रशासन विदहरु नै बताँउछन । तर शुभलाभका हिसावले फाइल अड्काएर नागरिकलाई दुख दिने चोर प्वालहरु राख्ने निति निर्माताहरुको नियत र निगमको कार्यशैलीको बातम्य राम्रैसँग मिलेको देखिन्छ ।
सिण्डिकेट पक्षहरुको ईहाराहरुको ईशारामा चल्ने सरकारी संयन्त्रले यातायात क्षेत्रलाई अझै स्वतन्त्र र प्रतिस्पर्धी बनाउन सकेको छैन ।आफै धामी आफै बोक्सी बन्नेसरकारी कार्य शैली अन्त्य नभएसम्म सिण्डिकेट अन्त्य नहुने निश्चित रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्