
कोरोना भाइरसका कारण डेढ महिना लामो वन्दा वन्दी खुकुलो पार्ने वारे चर्चा चलिरहँदा सराङकोट टिमले कास्की प्रवेश को मुख्य नाका पृथ्वीराजमार्गको कोत्रे मजुवा पुगेर स्थलगत अवस्था वुझ्ने प्रयास गरेको छ । चैत्र ११ गते देखि जारी वन्दावन्दीको क्रम २५ वैशाख मध्यरात १२ वजे सकिदै छ । ४५ दिन लामो वन्दावन्दीको कारण संक्रमण नियन्त्रण मै रहिरहेका वेला सरकारका विज्ञ सल्लाहकारहरुले अवको लकडाउनको मोडल परिवर्तन हुने वताएर लकडाउन खुकुलो पार्ने संकेत दिइरहेका छन्।
लकडाउन खुकुलो हुँदा समग्र देशको अर्थतन्त्र चलायमान भएपनि आम नेपाली नागरिकको स्वास्थ्यमा कोरोनाको प्रभाव कस्तो रहन्छ भन्ने वारेमा चिन्ता व्यक्त गरिएको छ । खाउँ भने दिनभरको सिकार नखाउँ भने कान्छा वावुको अनुहार भने झैं लकडाउन गर्दा भोकले मर्ने डर लकडाउन खोल्दा रोगले मर्ने डर रहेको छ ।
राजमार्गबाट विभिन्न वहानामा पोखरा प्रवेश गर्नेहरुको लर्को नै देखिन्छ । विभिन्न वहानामा सवारी पास वनाएर यात्रु ओसार्ने, मोटो भाडा उठाउने कतिपयको धन्दा नै रहेको पाइएको छ । अधिकांस सवारी चालक र यात्रुहरुले विरामीको उपचार, औषधी खरिद भेटघाटलाई वहाना वनाउदै पृथ्वीराज मार्ग भएर पोखरा प्रवेश गर्ने गरेको हामीले देख्यौ । कुन यात्रु कहाँ वाट आएको हो भन्ने एकिन गर्न गाह्रो छ, पहिचान गर्ने संयन्त्र पनि नाकामा उपलव्ध छैन । वीरगंज होस् या नेपालगंज जताको व्यक्ति पनि कास्की छिर्न सहज देखियो ।
खाद्यन्न वोक्ने, ग्याँस, पेट्रोल वोक्ने ट्रक, कन्टेनर, टंयाक्टरबाट समेत यात्रु आवतजावत गर्ने गरेको देख्न सकिन्छ । तनहुँ हुँदै कास्की छिर्ने पोखरा ३२ स्थित कोत्रे नजिकै मजुवामा चेक प्वाइन्ट राखिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा ले स्वास्थ्य परिक्षण गर्ने थर्मल गन बाट ज्वरो नाप्ने) ट्राफिक र जनपद प्रहरीले पोखरा प्रवेश गर्ने यात्रु र चालकहरुको नाम टिप्ने गरी चेक प्वाइन्ट स्थापना गरिएको छ । चेक प्वाइन्टमा सेनिटाइजर टनेल पनि राखिएको छ । २४ सै घण्टा चेक प्वाइन्ट संचालन गरिने त्यहाँ कार्यरत एक प्रहरिले हामीलाई वताए ।
नेपालमा लक डाउन भएको ४१ दिन भइसकेको छ त पनि संक्रमितको संख्याको वृद्धि दर रहस्यमय ढंगबाट वढिरहेको छ । छिमेकी देश भारतमा पछिल्ला दिन भयावह वन्दै छिन् । भारतसँग नाका जोडिएका नेपालका ठूला शहरहरु नेपालगंज र वीरगंजमा कोरोना भाइरस संक्रमितको संख्या तेज देखिनु खतराको संकेत हो ।
नेपाल सरकारले वैशाख २५ पछि लकडाउन खुकुलो वनाउने वताइरहेको छ । खुकुलो वनाउँदा संक्रमित व्यक्तिहरु पनि सहजै प्रवेश गर्न सक्ने प्रवल सम्भावना रहन्छ जुन अत्यन्त किमतलो जोखिम हुन सक्छ । वन्दावन्दी नखुल्दा पनि अर्थतन्त्र नाजुक अवस्थामा पुगेको छ । यसलाई सामान्य वनाउन वर्ष दिन वढी लाग्न सक्छ ।
पोखरा महानगर प्रवेश नाका वार्ड नं. ३२ का वडा अध्यक्ष अक्कल वहादुर कार्की लकडाउन खुकुलो पार्दा चुनौती थपिन सक्ने वताउँछन् । जिल्ला प्रवेशका सवै नाकामा प्रवेश निषेध गर्नु पर्ने र भित्री जिल्लामा मात्र सिमित क्षेत्रमा खुकुलो वनाउनु वडाअध्यक्ष कार्कीले सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्