२०८१ चैत्र ५
०६१४४५०००, ९८५६०३३३९१

हात धुन चोक चोकमा जनचेतना

कोभिड–१९ बाट जोगिन जनचेतना फैल्याउने उद्देश्यले सामुदायिक सेवा केन्द्र वगरले स्वास्थ्य सन्देश सहित चोक चोकमा हात धुने व्यवस्था मिलाएको छ ।
कोरोना संक्रमणबाट जोगिन हातलाई २० सेकेण्डसम्म मिचिमिचि सावुन पानीले धुने त्यसपछि सेनिटाइजर लगाउन र मास्क प्रयोग गर्न सामुदायिक सेवा केन्द्र वगरका अध्यक्ष तथा सदस्यहरुले सुझाव सहित पदयात्री तथा सवारी चालकहरुलाई सवारी रोकेरै वोलाई वोलाई सिकाएका थिए । जेष्ठ ७ गते देखि सुरु भएको जनचेतनामुलक कार्यक्रम पोखराको मिरुवा, नदिपुर र वगर ट्याक्सी चोकमा आयोजना गरिएको थियो ।
सावुन, पानी सेनिटाइजर, मास्क सहित सहभागि भएका सामुदायिक सेवा केन्द्र वगरका अध्यक्ष मनपति भण्डारी, पूर्व अध्यक्षहरु पुरुषोत्तम श्रेष्ठ, जीवन अधिकारी, दर्जन वढि सामुदायिक कर्मीहरुले जनचेतना सहित कोभिड १९ बाट जोगिन लक डाउनको परिपालना गर्न र हातको सरसफाइमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्