
“हाम्रो नेपाल हामी नेपाली अभियान”का अभियन्नताहरुले पोखराको पृथ्विचोकमा अमेरेकी सहयोग मिलिनियम कर्पोरेसन च्यालेञ्ज (एमसिसि) को विरोधमा विरोध सभाको आयोजना गरेका छन् । अभियान संयोजक नारायण हरि तिवारीको नेतृत्वमा उपस्थित अभियन्नताहरुले विभिन्न प्लेकार्ड प्रदर्शन गर्नुका साथै एमसिसि विरुद्ध विभिन्न नारा लगाएका थिए ।
विरोध सभामा बोल्दै सयोजक तिवारीले यतिवेला सिङ्गो देस विश्व कोरोना भाइरस कोभिड १९ को महामारीले ग्रस्त भएको र लकडाउनको चपेटामा परिरहेको बेला साथै भारत द्वारा सिमा अतिक्रमण गरी रहेको बेला सरकारले एमसिसि पास गर्न हतारो गरेकोमा आपत्ति जनाएका थिए। देसमा लकडाउन भइरहेको यो विषम परिस्थिति लाई मध्यनजर गर्दै आफुहरुले साङ्केतिक विरोध स्वरुप विरोध सभाको आयोजना गरेको र यदि सरकार यस विषयमा गम्भीर भएन र सरकारले एमसिसि पास गर्ने कुनै पनि कदम चालेमा आफूहरु अझै शसक्त रुपले सङ्घर्षका कार्यक्रम ल्याउने बताए ।
प्रतिक्रिया दिनुहोस्