
कोरोना महामारीले देश जर्जर भइरहेको थाहा हुँदा हुदै नेपाल नर्सिङ परिषद्ले लाइसेनिङ (नाम दर्ता) परीक्षाको सूचना निकाल्यो । नर्सिङ काउन्सिलका रजिस्टार विन्दा घिमिरे लगायत अधिकांस वोर्ड मेम्वरहरुको असहमतीका वावजुद लाइसेन्सिङ, परीक्षा संचालनको जिम्मा लिएकी लक्ष्मी तामाङको जोडवलमा लकडाउन मै परीक्षाको सूचना निकाल्ने हतारो गरेको वुझिन आएको छ।
काउन्सिलकी वोर्ड सदस्य लक्ष्मी तामाङले कान्तिपुर र गोरखापत्र दैनिकमा २५ औं नामदर्ता परीक्षा सम्वन्धि सूचना २०७७ जेष्ठ २ गते प्रकाशन गरेकि थिइन् परीक्षा २०७७ असार २० गते हुने गरी मिति तय भएको थियो । लकडाउन हट्ने निश्चित नभएपछि २०७७ जेष्ठ १५ गते काउन्सिलको वोर्ड वैठकले परीक्षा सम्वन्धि सूचना र तालिका रद्द गरिएको छ ।
कोरोना महामारीका कारण चैत्र ११ गतेबाट जारी लकडाउनका वीचमा परीक्षाको सूचना जारी गरिएपछि देशभरी छरिएर रहेका विद्यार्थीहरु उच्च तनावमा रहेको जनाउँदै सूचना रद्द गर्न हार गुहार गर्दै आएका थिए । एसइई, दश जोड दुई लगायत विश्व विद्यालयका सवै परीक्षा वन्द रहेको यो विषयम परिस्थितिमा लोक सेवा आयोगले समेत सवै परीक्षा अनिश्चित कालका लागि वन्द गरेका वेला परिस्थितिको गम्भिरता समेत आकंलन नगरी नर्सिङको लाइसेन्स परीक्षा गर्न हतारिनुलाई अर्थपूर्ण हेरिएको छ । यो समय बाच्ने बचाउने र कोरोनालाई परास्त गर्ने हो ।
प्रतिक्रिया दिनुहोस्