
“ओरालो लागेको मृगलाई वाच्छाले पनि खेद्छ” भने झै भएको छ पोखरा–१४ का नागरिकलाई पोखराभरीको फोहोरमैला व्यहोर्न परेको छ । १४ नम्वर वडावासीले क्षेत्रीय एअरपोर्ट निर्माणका कारण संयौले कौडीको भाउमा मु–आव्जा वुझेर सडकमा आउनु परेको छ । १४ नम्वर वडावासीलाई अहिले आएर फेरि नयाँ उपहार थपिएको छ अस्फाल्ट प्लान्ट जडान ।
केहिदिन मात्र अगाडि निर्माणाधिन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय एअरपोर्टको पूर्व उत्तर दिशामा अलकत्रा र गिट्टी पकाउने अस्फाल्ट प्लान्ट जडान गरिएको छ । उक्त वृहत् प्लान्ट पि.के. कन्स्ट्रक्सन कम्पनीले जडान गर्दै रहेको वुझिएको छ । उक्त प्लान्ट जडान भइरहँदा स्थानिय युवाहरुले उक्त अस्फाल्ट प्लान्टले स्थानिय वासिन्दालाई वातावरणीय प्रभाव पार्न सक्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजना क्षेत्रीय अन्तराष्र्टिय विमानास्थल पोखरा–१४ परिसरमा उक्त प्लान्ट निर्माण भइरहेको विषयमा स्थानियको असन्तुष्टि वारे वडा अध्यक्ष प्रेम वहादुर कार्कीले भने अस्फाल्ट प्लान्ट जडान भइरहेको वारे अनविज्ञता प्रकट गरेका छन् । हामीसँगको टेलिफोन सम्वादमा वडा अध्यक्ष कार्कीले भने “उक्त प्लान्ट जडान भइरहेका बारे आफूलाई जानकारी नै नभएको र कुनै सिफारिस पनि गरेको छैन ।
स्थानियको असन्तुष्टि र वातावरण प्रभाव वारे वुझ्ने वडाअध्यक्ष प्रेम बहादुर कार्कीले वताएका छन् । यस वारेमा अस्फाल्ट प्लान्ट राख्दै गरेको पि.के. कन्स्ट्रक्सनका साइट कर्मचारी पदम केसीले महानगरपालिका लगायतका राज्यका निकायबाट अनुमती लिइएको वताए ।
पोखरा एअरपोर्ट निर्माणका नाममा यस अघि पनि विना स्वीकृति ल्याएका यस्तै प्लान्ट र एउटा क्रसर उद्योग स्थानियको विरोधपछि संचालनमा आउन सकेको छैन । यो प्लान्टले पनि राष्ट्रिय गौरवको आयोजनाको नाममा अस्फाल्ट प्लान्ट खोलेर वाहिरी व्यापार त गर्न खोजेको हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ । त्यसको पुष्टि गर्न भने केहि समय निगरानी जारी राख्नु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्