२०८२ जेष्ठ २
०६१४४५०००, ९८५६०३३३९१

कुश्मा १३ को बिध्यालयमा ढुकुटी काण्ड ! कसैको खतबात माफ कसैको पत्तासाफ !!

यदुनाथ बन्जारा
कुश्मा नगरपालिका वार्ड नम्बर १३ वकादीमा रहेको सामुदायिक  बिध्यालय भगवती प्रा बिमा ८ कोठे पक्की भवन छ । चौर खेल मैदान लगाएत  सबै भौतिक  स्रोत साधन उपलब्ध छ्न । तर बिडम्बना बिध्यार्थी छैनन ।
भगवती प्रा बिमा एक जना बालबिकाश शिक्षक , दुई जना स्थायी  शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत छन । तीन जना शिक्षकले पढाउने  बिध्यार्थी जम्मा २ जना रहेका छन ।
  उक्त बिध्यालयमा किरण के सिको अध्यक्षतामा ९ सदस्यीय  ब्यबस्थापन समिती गठन भएको छ । ब्यबस्थापन समिति र बिध्यालय प्रशासन  बिध्यार्थी ल्याउन असफल भएको छ । गाउका  नागरिकहरु बिध्यार्थि च्यापेर सहर झरेको र कतिपय  बिध्यार्थी गाउँकै अन्य बिध्यालयमा पढ्न गएको कारण  बिध्यालयमा बिध्यार्थी शिक्षक भन्दा कम हुन पुगेको बिध्यालयका प्रधानाध्यापक भानुभक्त   ले बताए  । गुणस्तरीय शिक्षा दिने सम्बन्धि कार्ययोजना नभएको कारण  राज्यको लगानी  बालुवामा  पानी हाले झै भैरहदा पनि राज्यको ध्यान जान सकेको छैन ।
         पढाइ होइन ढुकुटी खेलाउने स्कुल 
  भगवती प्रा बिमा पढाइ हुदैन ।त्यहा ढुकुटी खेलाइन्छ । बिध्यालयको आन्तरिक स्रोतमा  रहेको रकम बैकमा राखिदैन । आन्तरिक स्रोतको पैसा  अबैध रुपमा ब्यक्तिगत  रुपमा ब्याजमा लगाइन्छ  विभिन्न सहयोग  चन्दा दाताहरूले बिध्यालयको शैक्षिक  उन्नयनका लागि  दिएको  सहयोगमा  बिध्यालय प्रशासन र ब्यबस्थापन समितीको गिद्दे नजर गएको पाइन्छ ।४ लाख३६ हजार ९९५ रुपैयाँ ढुकुटी  खेलाए झै ब्याजमा लगाएको तथ्य फेला परेको छ । ब्यबस्थापन समितिका अध्यक्ष  किरण के सि स्वयमले आफू र परिवारको नाममा करिब एक लाख रुपैयाँ लगेका छन । अध्यक्ष  केसिले  बिध्यालयको रकम लगेको स्वीकार गर्दै असोज महिना भित्र बैकमा खाता खोलेर जम्मा गरिने बताएका छन ।
   भगवती प्राबिले अक्षय कोष बापतको रकम समेत  बैकमा नराखी  ब्यतिगत रुपमा ब्याजमा लगाएर अबैध काम गरेको पाइएको छ । अक्षय कोषको रकम रु १ लाख ५४ हजार ६२० रुपैयाँ ब्याजा लगाइ ब्यक्तिगत  प्रयोग गर्न दिइएको फेला परेको छ । मौजुदा शिक्षा ऐन २०२८ र नियमावली  २०५९ (संशोधन सहित ) बमोजिम यो कार्यलाई अबैध मानिन्छ ।
        कानुन कार्यान्वयन गर्न नाटकी  पत्र
भगवती प्राबिले ५ लाख ९१ हजार ६१५ रुपैयाँ  बैकमा नराखी ब्यक्तिगत  ब्याजमा लगाएको प्रकरणमा शिक्षा  बिकाश तथा समन्वय  इकाई  कुश्मा पर्बतले गैह्रकानुनी  काम गरेको भन्दै कारबाहीको चेतावनी पत्र थमाएको छ । भगवती प्राबिलाइ इकाइ प्रमुख उद्दिमराज पौडेल द्वारा हस्ताक्षरित च न १९४ मिति २०८०/०६/१० को पत्रमा ब्यक्तिलाइ लगानी  गरिएको रकम यथाशीघ्र  ब्यक्तिबाट असुल उपर गरि शिक्षा नियमावली  २०५९ को दफा १६९ बमोजिम बिध्यालयका प्र अ र बि ब्य स  अध्यक्षको नाममा  जम्मा गरि  इकाइ कार्यालयमा सो को जानकारी  गराउन  भनिएको छ । सरकारी बैकको नाम किटान गरि जम्मा गर्नु , अनियमित  हिसाबले गरिएको लगानिको बर्खिलाप पुन गरिएमा  नियमानुसार हुने चेतावनि दिइएको छ ।  कानुन कार्यान्वयनको दृस्टिमा यसलाइ सकारात्मक  रुपमा लिन सकिन्छ ।
      आफ्नाले गरेका खतबात माफ ! अरुको पत्तासाफ !!
 भगवती प्रा बिलाइ लागेको कानुन सोही वडा न १३ को खौला लाकुरी मा बिलाइ नलाग्दो रहेछ भन्ने तथ्य बाहिरिएको छ । खौला लाकुरी माबिले बिध्यालाको आन्तरिक स्रोतमा रहेको ३० लाख भन्दा बडि रकम ब्यक्तिगत ढुकुटी झै ब्याज खाने नाममा ब्यक्तिगत लगानी गरेको एक बर्ष अघि नै पुष्टि भएको  थियो । त्यति खेर पनि शिक्षा बिकाश तथा समन्वय इकाइ पर्बतमा उनै उद्दिमराज पौडेल प्रमुख थिय ।
 खौला लाकुरी माबिले दान , चन्दा र महायज्ञबाट उठेको ३० लाख भन्दा बडि रकम अनियमित प्रक्रिया बाट अपचलन गरिएको सम्बन्धामा सन्चारमाध्यमहरुले तथ्यांक सहित भन्डाफोर  गरेका थिए ।त्यति हुदा पनि शिक्षा बिकाश तथा समन्वय  इकाइ पर्बतले रकम असुल गरेर बैकमा खाता खोली राख्न कुनै पत्र पठाएको थिएन बरु अख्तियारले छानबिन गर्न खोज्दा जोगाउन स्वयम् इकाइ प्रमुख लागि परीको स्रोतले  बताएको थियो ।
 सानो रकममा भगवती प्राबिलाइ डाम्न खोज्नेले ठूलो रकम अनियमित  गर्ने  खौला लाकुरी माबिलाइ जोगाउन खोज्नुको मक्सद अर्कै रहेछ ।
 इकाइ प्रमुख उद्दिमराज पौडेलकी श्रीमती हिरा कुमारी शर्मा त्यही खौला लाकुरी माबिकी राहत शिक्षक रहेकिछन । आफ्नै श्रीमतीको जोडबलमा प्रभावित भइ  इकाइ प्रमुखले कानुन कार्यान्वयनमा बेवास्ता  गरि दण्डहीनतालाई प्रशय दिएको खुलेको छ ।  राहत शिक्षकले बैदेशिक घुमफिर बिदा  पाउने प्राबधान कानुनमा छैन तर किर्ते कागजको भरमा राहत शिक्षक  हिराकुमारी  ंबिदेश गएकी थिइन ।  अमेरिकाबाट  फर्केपछी किर्ते मेडिकल रिपोर्ट  लगाएतका कागज बनाएर तलब पनि खाइन जागिर पनि जोड्न पाइन । खौला लाकुरी मा बिका प्रधानाध्यापक  मिना भन्डारीले इकाइ प्रमुख उद्दिमराज पौडेलकी श्रीमतीको जागिर थमाइदिएको गुन तिर्न उनले बिध्यालयले ढुकुटी खेलाए झै गरेको आर्थिक अनियमिततामा असुल गर्न र बैकमा तत्काल जम्मा गर्न न कुनै पत्र लिखित पत्र पठाएका  छैनन । बिध्यालयका प्र अ मिना भन्डारी सङ प्रतिक्रिया  लिन खोज्दा “मौखिक भनेका छ्न” भनिन अनि फोन काटेर सम्पर्क बिछेद भएकी थिइन ।
 यो विभेद निर्लज्ज र एकाकी छ ।एउटै कानुन उस्तै अपराधमा कसैलाइ लाग्नु कसैलाई  नलाग्नु दन्डहिनताको पराकाष्ठा  सिवाए के हो ? बर्षौ देखि पर्बतमा जरो किलो गाडेर बसेका इकाइ प्रमुखले भगवती प्रा बि वकादी लाई गरेको कारबाहीको चेतावनी पत्र  उनकी श्रीमतीले जागिर खाएको स्कुल खौला लाकुरी मा बि मा कहिले पठाउलान ?
 अख्तियारले गम्भीरतापूर्वक  छानबिन  गरेको खन्डमा खौला लाकुरी मा बिको अनियमितता र मतियार सबै कारबाहिको दाएरामा आउने निश्चिति छ । ६ लाख डुबाउने कारबाहिमा पर्ने तर ३० लाख बडि डुबाउनेलाइ चोख्याउने खेल कहिले सम्म हुन्छ ?  हामी निरन्तर  खबरदारीमा छौ

प्रतिक्रिया दिनुहोस्